काठमाडौं महानगरपालिका : नीति तथा कार्यक्रम आज सार्वजनिक हुदै

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रम आज (आइतबार) सार्वजनिक गरिंदै छ । दिउँसो ३ बजे राष्ट्रिय सभा गृहबाट मेयर बालेन्द्र साह (बालेन) ले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको हाे। नीति तथा कार्यक्रम अनुमोदन गर्न महानगरपालिकाको कार्यपालिकाको बैठक अहिले बसिरहेको छ । नीति तथा कार्यक्रम बनाउन तीन सदस्यीय समिति बनाइएको थियो […]

१ महिनामा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या ५ लाख ५५ हजार

अर्थ राजनीति  ~  चालू आर्थिक वर्षको ११ महिनामा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या ५ लाख ५५ हजार पुगेको छ। यो सङ्ख्या आर्थिक वर्ष २०७४\०७५ पछिको सबैभन्दा बढी हो। यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा भने तेब्बर बढी हो । गत वर्षको ११ महिनामा १ लाख ४६ हजार युवाले विदेशमा रोजगारीमा जाने जनाउँदै […]

एयर अरेबिया र फ्लाई दुबई पनि गौतम बुद्ध विमानस्थलमा उडान थाल्दै

अर्थ राजनीति  ~   गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीआईए) बाट अन्य दुई विदेशी वायुसेवा कम्पनीहरुले पनि नियमित उडान थाल्ने भएका छन्। यसका लागि उक्त कम्पनीहरुले प्रक्रिया अघि बढाएको विमानस्थल प्रमुख गोविन्द प्रसाद दाहालले जानकारी दिए। ‘एयर अरेबिया’ र युएईको ‘फ्लाई दुबई’ ले भैरहवा विमानस्थलबाट सेवा थाल्ने प्रक्रिया सुरु गरेका हुन्। यी दुवै संयुक्त अरब इमिरेट्स (युएई) […]

आईजीपी नियुक्तिविरुद्ध रिटमा आज सुनुवाइ

अर्थ राजनीति  ~  नेपाल प्रहरीको आईजीपी नियुक्ति बिरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ । सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । कामु प्रधान न्यायाधीश कार्की र न्यायाधीश चुडालले जेठ ३० मा सुनुवाई गरेर मुद्दा असार ५ मा हेर्दाहेर्दैमा राख्ने आदेश गरेका हुन् । वैशाख १८ मा […]

” मन्त्रिपरिषद् पुनर्गठन छिट्टै हुन्छ ” : अध्यक्ष नेपाल

अर्थ राजनीति  ~  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रिपरिषद् छिट्टै पुनर्गठन हुने बताएका छन् मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूले पटक-पटक आग्रह गर्दै आएको पनि उनले बताए। आइतबार बिहान  कुराकानी गर्दै अध्यक्ष नेपालले पार्टीले पुराना मन्त्री फिर्ता बोलाई नयाँ मन्त्री पठाउने निर्णय गरेकोले उक्त निर्णय छिट्टै कार्यान्वयनमा आउने बताएका थिए। ‘छिट्टै मन्त्रिपरिषद् पुनर्गठन […]

प्रतिनिधि सभाबाट विनियोजन विधेयक २०७९ राष्ट्रिय सभामा पेस

अर्थ राजनीति  ~  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका बीच प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७९ राष्ट्रिय सभामा पेस गरिएको छ।  शुक्रबार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले सो विधेयक पेस गरेका हुन्। तर, एमालेका सांसदहरूले भने उठेर त्यसको विरोध गरिरहेका थिए। यसैबीच, सो विधेयकका विभिन्न शीर्षकमाथिको छलफल यही असार ६, ७ […]

” करको दररेटमा राष्ट्रघात भएको छैन “: अर्थमन्त्री शर्मा

अर्थ राजनीति  ~  अर्थमन्त्री जनार्दन शर्माले करको दरहरु कायम गर्दा कुनै राष्ट्रघात नगरिएको दावी गरेका छन् । बिहीबार संसदमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले भने, ‘राजस्वसम्बन्धी समिति बनाएका करका दररेटहरुप्रति म पूर्ण जिम्मेजार छु, जवाफदेही छु, त्यसमा कतै राष्ट्रघात, गद्दारी भएको छ भने त्यसको म पूर्ण जिम्मेवारी लिन्छु, किनकी यहाँ कुनै राष्ट्रघात भएको […]

एमाले सांसदले गरे राष्ट्रियसभा बैठक अवरुद्ध

अर्थ राजनीति  ~  राष्ट्रियसभाको शुक्रबारको दोस्रो बैठक नेकपा एमालेका सांसदले अवरोध गरेका छन् । उनीहरुले अर्थमन्त्रीको विरोध गर्दै संसद बैठक अवरुद्ध गरेका हुन् । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयकमाथि २०७९ विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको थियो । तर दोस्रो बैठक सुरु भएलगत्तै राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले अर्थमन्त्रीलाई […]

एसपीपीबारे अध्यक्ष नेपाल : “निदाएको बेला वा ह्विस्की खुवाएर फसाउन सक्छन् “

अर्थ राजनीति ~ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को वास्तविकता बाहिर ल्याउनुपर्ने बताएका छन् । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आज  बैठकमा नेपालले सार्वजनिक भएको एसपीपी संझौतामा पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीको हस्ताक्षर भएको भन्दै यसबारे सेनाले थप प्रष्ट पार्नुपर्ने बताए । कुन प्रधानमन्त्रीको पालामा कुन […]

पर्यटनमन्त्री आलेद्वारा नेपाल एयरलाइन्सका अध्यक्षलाई कार्यकक्षमै हातपात

अर्थ राजनीति  ~  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीमाथि गाली गलौज र हातपात गरेका छन्। अध्यक्ष अधिकारीलाई आफ्नै कार्यकक्षमा बोलाएर पर्यटनमन्त्री आलेले अश्लील गालीगलौज गर्दै हातपात गरेको पत्रपत्रिकाले छापेको छ। पर्यटनमन्त्री आलेले अध्यक्ष अधिकारीलाई कार्यकक्षमै बोलाएर अश्लील गालीगलौज गरेको अडियोमा  सुनिन्छ। आफूले सिफारिस गरेका मान्छेलाई जागिर दिन ढिला गरेको […]