बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

अर्थ राजनीति  ~ बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको छ। सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर सार्वजनिक गर्न, मन्त्रिपरिषद बिस्तार, उपनिर्वाचन तयारीलगायत विभिन्न विषयमा छलफल गर्न प्रधानमन्त्री निवासमा आज बैठक बसेको हो। बिहीबार अपराह्न ५ बजे सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी छ। सत्ता गठबन्धन बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर […]

सरकारको साझा न्यूनतम कार्यक्रम भोलि सार्वजनिक गरिने

अर्थ राजनीति  ~  सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने तयारी थालेको छ ।  मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा उक्त कार्यक्रममाथि  छलफल भएको थियो । यसअघि एमाले अध्यक्ष केपी ओली संयोजक भएर बनाएको सरकारको न्यूनतम प्राथमिकता र कार्यक्रमहरू परिमार्जन गरिएको छ । कांग्रेसका रमेश लेखक, माओवादीका शक्तिबहादुर बस्नेत, जसपा राजेन्द्र श्रेष्ठ […]

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

अर्थ राजनीति  ~  अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई औपचारिक रुपमा गिरफ्तार गरिएको र प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ । अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने उनी पहिलो पूर्वराष्ट्रपति हुन् । उनले मंगलबार अपरान्ह म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका थिए । मंगलबार न्युयोर्कको अदालतमा आत्मसमर्पण गरेका ट्रम्प विरुद्ध विभिन्न ३४ वटा आपराधिक […]

प्रधानमन्त्रीको भारत भ्रमणमा विद्युत् बिक्री गर्ने विषयमा सम्झौता हुने

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भम्रणको आन्तरिक तयारी तीव्र रूपमा भइरहेको भए पनि अझै मिति सार्वजनिक गरिएको छैन । परराष्ट्र मन्त्रालयले भने प्रधानमन्त्रीको भ्रमणका लागि प्रस्ताव तयार गर्ने कार्यलाई तीव्रता दिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आवश्यक प्रस्ताव माग […]

शेयरबजारप्रति अर्थमन्त्री डा. महतको चासो

अर्थ राजनीति  ~  पछिल्लो समय शेयरबजार निरन्तर घटिरहेको छ । छोटो समयमै २२७७ सम्म पुगेको धितोपत्र बजारको सूचक नेप्से फेरि १८ सयको लाइनमा आएको छ । सोमवार बजार बन्द हुँदा नेप्से १ हजार ८७१ दशमलव ८८ विन्दुमा छ । यही बेला नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयरबजारप्रति चासो देखाएका छन् । सोमवार उनले लगानीकर्ता बोलाएर […]

पूर्वराजा ज्ञानेन्द्र शाह : ” सामाजिक संरचना च्यात्ने प्रयास भएको छ “

अर्थ राजनीति  ~  पूर्वराजा ज्ञानेन्द्र शाहले ‘अहिले कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर अर्थात् लोभ्याएर सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको’ टिप्पणी गरेका छन् । सोमबार सुनसरीको इनरुवामा आयोजित अभिनन्दन कार्यक्रममा पूर्वराजा शाहले सही राज्यपद्धति, शान्ति एवं अनुशासनबिना स्थायित्व हुन नसक्ने बताएका छन् । ‘आफ्नो देशलाई माया गरेर, आफ्नो देशको अवस्थालाई बुझेर […]

गगनलाई रविको जवाफ : ” स्वर्णिम वाग्ले पाहुना होइनन् “

अर्थ राजनीति ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘जान्नेलाई छान्ने’ नीतिअनुसार यसपालि तनहुँ १ मा उपनिर्वाचन लड्न पार्टीले स्वर्णिम वाग्लेलाई अघि सारेको बताएका छन्। तनहुँमा सोमबार भएको कार्यक्रममा बोल्दै लामिछानेले स्वर्णिम यही माटोमा हुर्किएको समेत बताए। स्वर्णिमलाई पाहुना भन्न नमिल्ने उनको भनाइ थियो। ‘संसारका कयौं देशको अर्थतन्त्र बिग्रँदा सल्लाह लिन बोलाउने स्वर्णिम […]

मिटरब्याजी पीडितको समस्या समाधान गर्न छानबिन समिति गठन

अर्थ राजनीति  ~  सरकारले मिटरब्याजी पीडितको समस्या समाधान गर्न छानबिन समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो । मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय छानबिन समिति गठन गर्न निर्णय गरेको सरकारकी प्रवक्ता समेत रहेकी सञ्‍चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् । उनका अनुसार […]

” सरुवा र बढुवामा हस्तक्षेप गर्न दिइने छैन ” : गृहमन्त्री श्रेष्ठ

अर्थ राजनीति  ~  उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् । प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा गृहमन्त्री श्रेष्ठले सरुवा, बढुवा र पदस्थापनलाई वैज्ञानिक बनाउने बताए । प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै उनले भने–‘सरुवा र बढुवामा हस्तक्षेप गर्न दिइने छैन ।’प्रहरी अधिकृतहरूलाई आफ्नो सरुवा र बढुवाका लागी चाकडी नगर्न मन्त्री श्रेष्ठले […]

राष्ट्रपतिलाई भेटेर उपराष्ट्रपति यादवले लिए स्वास्थ्य अवस्थाबारे जानकारी

अर्थ राजनीति  ~  उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। सोमबार बिहान राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति यादव त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका हुन्। पेट दुख्नेलगायत समस्या देखिएपछि राष्ट्रपति पौडेल  शनिबार अस्पताल भर्ना भएका थिए । यसअघि राष्ट्रपति पौडलेका स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवालगायतले अस्पतालमै […]