सर्वोच्च अदालतमा छ न्यायाधीश नियुक्तिका लागि सिफारिस

Artharajniti  ~  न्याय परिषद्को आजको बैठकले सर्वोच्च अदालतमा रिक्त न्यायाधीशमा छ जनाको नाम सिफारिस गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले उच्च अदालतका न्यायाधीशहरू सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानालाई सिफारिस गरेको हो । त्यस्तै, कानुन व्यवसायीका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई सिफारिस गरेको […]

“बैंक ऋण नतिर्नेमाथि सरकार कडा रुपमा प्रस्तुत हुन्छ ” : प्रधानमन्त्री प्रचण्ड

Artharajniti  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक तथा वित्तीय सस्थाहरुबाट लिइएको ऋण नतिर्नेमाथि सरकार कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । मंगलबार सिंहदरबारमा निजी क्षेत्र र सरकारी निकायसँग गरिएको मुलुकको अर्थतन्त्र सुधारसम्बन्धी छलफलको निष्कर्ष सुनाउँदै प्रधानमन्त्री प्रचण्डले लघुवित्तसहितका बैंक तथा वित्तीय संस्थाहरुको ऋण नतिर्नेमाथि सरकार कडाइका साथ प्रस्तुत हुने बताएका हुन् । उनले व्यवसायी […]

“नागरिकको अधिकार सुनिश्चित गर्न कानुन कार्यान्वयन गर्नुपर्छ ” : अध्यक्ष तिमिल्सिना

Artharajniti  ~   राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानलाई कार्यान्वयनमा ल्याउँदै  नागरिकको मानव अधिकार संरक्षण गर्न जरुरी रहेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को २७ औँ साधारणसभाको सन्दर्भमा आज यहाँ आयोजित ‘आजको सन्दर्भमा मानव अधिकार , संवैधानिक हक र प्रचलन’ विषयक अन्तरक्रियामा उनले संविधान बनाउनेहरूले कार्यान्वयन गर्ने इच्छाशक्ति देखाउनुपर्ने बताए । “संविधान अनुकूलका कानुन […]

चीनबाट ३० करोड बराबरको राहत सामग्री आइपुग्यो

Artharajniti  ~  जाजरकोट र पश्चिम रूकुमका भूकम्प पीडितका लागि चीनबाट करिब ३० करोडको राहत सामग्री नेपाल आइपुगेको छ । बुधबार चिनियाँ राजदुत छन् सङले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई  राहत सामग्री हस्तान्तरण गरेका छन्। बुधबार बिहान पोखरा विमानस्थलमा राजदूत सङले उपप्रधानमन्त्री श्रेष्ठलाई चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत झन्डै ३० करोड मुल्य बराबरको सामग्री ल्याइएको थियो। दुईवटा […]

जयनगर–बर्दिबास रेलमार्ग : तेस्रो चरणको कामको तयारी

Artharajnii   ~   भारत सरकारको सहयोगमा निर्माण भइरहेको जयनगर–बर्दिबास रेलमार्गको तेस्रो चरणको काम चाँडै सुरु हुने भएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाका अनुसार रेल विभागले सूचना जारी गर्दै महोत्तरीको भङ्गहाबाट बर्दिबाससम्म बाँकी रहेको रेलमार्ग निर्माण हुन लागेको जनाएको छ । जारी गरिएको सूचनामा  रेलमार्गमा पर्ने जग्गामा लगाइएको बालीनाली मङ्सिर १५ गतेभित्र भित्र्याउन […]

नागरिक लगानी कोषले माग्यो कार्यकारी निर्देशक

Artharajniti  ~  नागरिक लगानी कोषले कार्यकारी निर्देशक खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्ने भएको छ। योग्य उम्मेदवारलाई कोषले मंगलबारदेखि २१ दिनभित्र दरखास्त बुझाउन आह्वान गरेको छ। गोप्य सिलबन्दी आवेदन सिंहदरबारस्थित अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा दिन सकिने कोषद्वारा जारी सूचनामा उल्लेख छ। कार्यकारी निर्देशक पदमा नियुक्त हुनका लागि नागरिक लागानी कोष ऐन, […]

गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा बागमती सरकारले लगानी गर्ने

Artharajniti  ~   चितवनको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणका लागि बागतमी प्रदेश सरकारले लगानी गर्ने भएको छ । मंगलबार हेटौँडामा बसेको भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबिचको बैठकले उक्त रंगशाला निर्माणका लागि लगानी गर्ने सहमति भएको हो । उक्त बैठकले यस अघि भएका आर्थिक क्रियाकलाप र ऋण सम्बन्धी सम्पूर्ण जिम्मेवारी महानगरपालिका र संघीय सरकारले व्यवस्थापन गर्ने […]

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

Artharajniti  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन् । आज दिउँसो २ बजे सिंहदरबारमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए  । गत शुक्रवार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय र भौतिक रूपमा ठुलो क्षति गरेपछि प्रधानमन्त्रीले उक्त विषयमा र समसामयिक विषयमा छलफल […]

राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्रमा

Artharajniti ~  राष्ट्रपति रामचन्द्र पौडेल आज (मंगलबार)  भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमको निरीक्षणमा जाने भएका छन् । शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति मंगलबार बिहान त्यस क्षेत्रमा जान लागेका हुन् । यसअघि राष्ट्रपति पौडेलले २० कात्तिक देखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गरेका थिए ।

भैरहवा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न स्थानीयको तीव्र दबाब

Artharajniti  ~  नेपाल वायुसेवा निगमले साताको एक दिन मलेसियाबाट भैरहवामानसम्म उडान गर्ने गरेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले हप्ताको एक दिन यही एक मात्रै अन्तर्राष्ट्रिय उडान हुने गरेको छ । नेपालको दोस्रो व्यावसायिक अन्तर्राष्ट्रिय विमानस्थलको भनिएको यो विमानस्थलमा  नियमित हुनुको साटो अन्तर्राष्ट्रिय उडान बेला बेला बन्द हुने गरेको छ । हाल राष्ट्रिय ध्वजावाहकले […]