हवाई यात्रुका लागि कोभिड मापदण्ड फुकुवा

अर्थ  राजनीति  ~  सरकारले चार वर्षपछि नेपाल आउने अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि लागू हुँदै आएको कोभिड मापदण्ड फुकुवा गरेको छ। पर्यटन मन्त्रालयले विश्व स्वास्थ्य संगठनले जारी गरेको सिफारिसलाई आधार मानेर कोभिडमा जारी भएको मापदण्ड नै खारेज गरेको जनाएको छ। नागरिक उड्डयन प्राधिकरणले मन्त्रालयले जारी गरेको पत्र अनुसार मुलुकमा उडान गर्दै आएका आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवा […]

बजेटमा मर्जरदेखि एफपीओ बेच्दासम्म कर तिर्नुपर्ने व्यवस्था

अर्थ राजनीति  ~  सरकारले मर्जर तथा प्राप्तिमा भएको लाभ माथि कर लगाउने घोषणा गरेको छ। संस्थाहरु आपसमा गाभिँदा वा प्राप्तिमा हुने बार्गेन पर्चेज गेन बापतको लाभ करयोग्य आयमा दाखिल गर्नुपर्ने बजेटमा घोषणा गरिएको छ। गत आर्थिक वर्षसम्मको यस्तो आयमा लाग्ने कर संस्थाहरुले २०८० मंसिरसम्म तिरिसक्नुपर्नेछ। एक बैंकका प्रमुख कार्यकारी अधिकृतले झन्डै ४० अर्ब हाराहारी करको […]

पेस्तोल देखाएर दिनदहाडै लुटियो बैंक

अर्थ राजनीति  ~  महोत्तरीमा रहेको एनएमबी बैंकको शाखाबाट दिनदहाडै पैसा लुटपाट भएको छ। मंगलबार मध्याह्न साढे १२ बजे महोत्तरी गाउँपालिका वडा नम्बर २ महोत्तरी बजारमा रहेको एनएमबी बैंकको शाखा कार्यालयबाट लुटपाट भएको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिलिपकुमार गिरीका अनुसार ४ जनाले पेस्तोल देखाएर बैंक लुटपाट गरेका हुन्। बैंकमा लुटपाट भइरहेको बेलाको सिसिटिभी फुटेज […]

मेयर बालेन : “सात दिनभित्र छुट सुविधा उपलब्ध नगराए अस्पताल बन्द गराउँछौँ “

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतसँग भेट गरेर स्वास्थ्य उपचारमा उपलब्ध गराउनु पर्ने छुट सम्बन्धी व्यवस्था कार्यान्वयन गराउन ध्यानाकर्षण गराएका छन् । लक्षित वर्गलाई उपलब्ध गराइएको छुट सम्बन्धी विवरण उपलब्ध गराउन महानगरले ज्येष्ठ ६ गते सार्वजनिक सूचनामार्फत स्वास्थ्य संस्थाहरुलाई अनुरोध गरेको थियो । प्रमुख […]

” प्रधानन्यायाधीश नियुक्तिका लागि सुनुवाइ छिटो गर्नुपर्नेछ ” : सभामुख घिमिरे

अर्थ राजनीति ~  प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय सुनुवाइको काम छिटो अघि बढाउनुपर्ने बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको समितिको पहिलो बैठकमा संवोधन गर्दै उनले संवैधानिक परिषद्बाट सिफारिस सर्वोच्चका प्रधानन्यायाधीश लगायतको सुनुवाइको काम ढिलाइ भएको बताए ।सभामुख घिमिरेले भने –‘विभिन्न कारणले समिति गठनमा ढिलाइ हुँदा लामो समयदेखि सुनुवाइ हुन बाँकी छ । बैशाख २७ […]

खुला राजनीतिमा रेशम चौधरी, रिहाइ लगत्तै पुगे कैलाली र बर्दिया

अर्थ राजनीति  ~  नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरी करिब आठ वर्षको जेलजीवनबाट मुक्त हुँदै खुला राजनीतिको बाटोमा आएका छन् । ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको थरूहट आन्दोलनका क्रममा ७ सुरक्षाकर्मी र एक नाबालकसहित आठ जनाको ज्यान गएको घटनामा मुख्य दोषी ठहर भई जन्मकैदको सजाय पाएका चौधरी करिब आठ वर्षको जेलजीवनबाट मुक्त […]

नक्कली भुटानी शरणार्थी प्रकरण : आरोपितको बयान सुरु

अर्थ राजनीति  ~  नक्कली भुटानी शरणार्थी प्रकरणमा तीन आरोपितको बयान सुरु भएको छ । काठमाडौं जिल्ला अदालतमा आरोपितहरु सन्देश शर्मा, इन्द्रजित राई र नरेन्द्र केसीको बयान सुरु भएको हो । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा उनीहरुको बयान लिन सुरु गरिएको छ । यसअघि केशवप्रसाद दुलाल, सागर राई, सन्दीप रायमाझी, लक्ष्मी महर्जन र टंककुमार गुरुङको बयान लिइएको […]

प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा पाँच मन्त्री रहने

अर्थ राजनीति  ~   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण टोलीमा पाँच मन्त्री रहने भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको आसन्न भारत भ्रमण स्वीकृत गर्दैं भ्रमण टोलीमा पाँच जना मन्त्री रहने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। उनका अनुसार भ्रमण टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, उर्जामन्त्री शक्तिबहादुर बस्नेत,परराष्ट्रमन्त्री एनपी साउद लगायतका […]

कांग्रेस र माओवादीका सांसद : “हतारमा कोशी नाम राखेर गल्ती भयो”

अर्थ राजनीति  ~  फागुन १७ मा प्रदेशको नाम कोशी राखेपछि मुख्यमन्त्री हिक्मत कार्कीले सन्तोषको सास फेर्दै भनेका थिए, ‘जता गए पनि नाम राख्नै नसकेको अपजसबाट अब हामीले मुक्ति पाएका छौं।’मुख्यमन्त्री कार्कीले यसरी सन्तोष प्रकट गरेको एक साता नबित्दै प्रदेशमा उनले सोचेभन्दा विपरीत अवस्था सिर्जना भयो। पहिचान पक्षधर शक्तिहरूले सडकमा नामकरणविरूद्ध आन्दोलन थालेपछि अशान्त बनेको प्रदेशको अवस्था […]

रेशम चौधरीलाई माफी दिन मन्त्रिपरिषदको सिफारिस

अर्थ राजनीति  ~  सरकारले टीकापुर घटनामा जन्मकैदको सजाय भएका रेशम चौधरीलाई माफी दिन सिफारिस गरेको छ। आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले चौधरीलाई माफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना, प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। मन्त्रिपरिषदको सिफारिसअनुसार गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलि (सोमबार) चौधरीलाई माफी दिनेछन्। यसअघि सरकारले चौधरीलाई माफी […]