श्रम बजारमा प्रवेश गर्ने सबैलाई रोजगारी दिएका छौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम बजारमा आउने नयाँ युवाले रोजगारी पाइरहेको दावी गरेका छन् । शनिबार संसदमा गरेको सम्बोधनमा २ वर्षको सरकारको प्रगति सुनाउने क्रममा उनले श्रम बजारमा आउने नयाँ जनशक्तिले रोजगारी पाइरहेको बताए । ‘श्रम बजारमा प्रवेश गर्ने नयाँ युवालाई रोजगारी दिएका छौं, नयाँ आउने श्रमशक्ति अनुसार रोजगारी बढाएका छौं, श्रम बजारमा […]

मेलम्ची आयोजनाको ९४ प्रतिशत काम सम्पन्न, असार महिनासम्म पानी काठमाडौं झार्ने घोषणा

काठमाडौं । सरकारले आगामी असार महिनासम्म मेलम्चीको पानी काठमाडौं झार्ने घोषणा गरेको छ । मलेम्ची आयोजनाबारे बिहीबार स्वेतपत्र जारी गर्दै खानेपानी मन्त्री बिना मगरले चालू आर्थिक वर्ष २०७६/७७ भित्र मेलम्चीदेखि सुन्दरीजलसम्मको शुरुङ परीक्षण गरी सञ्चालनमा ल्याइने घोषणा गरेकी हुन् । मन्त्री मगरले जारी गरेको स्वेतपत्रमा मलेम्ची आयोजनामा हाल सञ्चालनमा रहेकामध्ये ७ वटा कामहरु चालू आर्थिक […]

राष्ट्रिय वाणिज्य बैंकका सीईओ श्रेष्ठ र मेगा बैंककी सीईओ खुन्जेली सम्मानित

काठमाडौं । नेपाल व्यवस्थापन संघ(म्यान) ले प्रदान गर्ने म्यानेजर अफ दि इअरको उपाधी राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई दिएकाे छ। यस्तै, संघले मेगा बैंककी सीइओ अनुपमा खुन्जेलीलाई पनि उत्कृष्ट महिला व्यवस्थापककाे रुपमा सम्मानित गरेकाे छ । संघकाे साधारणसभाकाे अवसरमा उपराष्ट्रपति नन्द बहादुर पुनले उनीहरुलाई सम्मानस्वरूप उक्त अवार्ड प्रदान गरेकाे हाे । खुन्जेली वाणिज्य […]

कोरोना भाइरसको प्रभावः काठमाडौं – चीन उडान बन्द

काठमाडौं । चीनमा कोरोना भाइरसले महामारीको रुप लिएपछि रोकथामको प्रयास स्वरुप नेपाल – चीन हवाई सेवा पनि बन्द गरिएको छ ।चीनवाट दैनिक नेपाल आउने चार वायु सेवा कम्पनीहरुले उडान स्थगित गर्ने सूचना आएको नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । चिनियाँ एयरलाइन्सले करिब एक महिनाका लागि भन्दै उडान स्थगनको जानकारी गराएका छन्। त्रिभुवन […]

राष्ट्रिय प्रसारणलाइनमा थपियो ६.६ मेगावाट विजुली

काठमाडौं । निजी क्षेत्रको लगानीमा लमजुङमा निर्माण भएको रुदीखोला-बी जलविद्युत आयोजनाले शनिबारदेखि विद्युत उत्पादन सुरु गरेको छ । दशमलब ६ मेगावाट क्षमताको आयोजनाको विद्युतगृह लमजुङको क्वहोलाछार गाउँपालिका-५ सिन्दीमा छ । सो आयोजना बिन्दवासिनी हाइड्रो पावर कम्पनीले निर्माण गरेको हो । आयोजनाबाट उत्पादित बिजुली मिजुरेडाँडा सवस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । १५ दिनसम्म परीक्षण प्रसारणका रुपमा […]

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा धनन्जय रेग्मीलाई नियुक्त गरेको छ । मंगलबार बसेको बोर्ड बैठकले रेग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। पर्यटन बोर्ड संचालक समिति सदस्य तथा छनोट उपसमितिका एक सदस्यले बोर्डमा रेग्मीलाई नियुक्ति गरिएको जानकारी दिए। सीईओ छनोट उपसमितिले धनञ्जय रेग्मी, दीपक बस्ताकोटी र […]

गत वर्ष भन्दा यो वर्ष मूल्य बृद्दी अत्याधिक ( भिडियो )

अर्थ राजनीति  । नेपाल रास्ट्र बैंकले जारि गरेको मूल्य बृद्दीको तथ्याँक अनुसार अघिल्लो वर्ष भन्दा यो वर्ष मूल्य बृद्दी दोबरले बढेको छ  । यो वर्षको पाच महिनामा गत वर्षको तुलनामा मूल्य बृद्दी ६.५५% ले बढेको हो  । गत वर्ष दैनिक उपभोग्य सामानको मूल्य बृद्दी ३.७१% रहेकोमा अहिले यो बढेर, ९.३७% पुगेको छ  ।

नेपाल एयरलाइन्सका २ दर्जन पाइलटद्वारा एकाएक सामुहिक राजिनामा (पत्रसहित)

काठमाडौं । नेपाल एयरलाइन्सका दुई दर्जन पाइलटले सामुहिक राजिनामा दिएका छन्। तीन महिनाको समयसीमा दिंदै उनीहरुले व्यवस्थापन समक्ष राजिनामा बुझाएका हुन्। विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले राजिनामा बुझाएका हुन्। स्थायी उडानदलका सदस्यहरुले तीन महिनापछि लागू हुनेगरी राजिनामा बुझाएका हुन्। उनीहरुले व्यवस्थापनले काममा नेपाली स्थायी कर्मचारीलाई बढी लगाएपनि विदेशीलाई सेवा […]

साझालाई दिएको ३ अर्ब ब्याजसहित फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । सरकारले साझा यातायात प्रालिलाई विद्युतीय बस खरिद गर्नका लागि दिएको दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले साझा यातायातलाई विद्युतीय बस खरिद गर्न दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको जानकारी दिए । निर्धारित समयमा बस […]

उखु किसानले अझै पाएनन् भुक्तानी, ५९ करोड १६ लाख बक्यौता रकम तिर्न बाँकी

काठमाडौं । सरकारले उखु किसानलाई बक्यौता रकम भुक्तानी गर्न चिनी उद्योगलाई दिएको समयसीमा आज सकिँदै छ । गत पुस १८ गते माघ ७ गतेसम्म चिनी उद्योग र सरकारबीच उखु किसानको बक्यौता रकम उपलब्ध गराउने विषयमा पाँच बुँदे सहमति भएको थियो । सो सहमतिको समयसीमा आज सकिँदै छ । तर पनि अधिकांश किसानहरुले पूरै भुक्तानी पाउन […]