नेपाल एयरलाइन्सका २ दर्जन पाइलटद्वारा एकाएक सामुहिक राजिनामा (पत्रसहित)

काठमाडौं । नेपाल एयरलाइन्सका दुई दर्जन पाइलटले सामुहिक राजिनामा दिएका छन्। तीन महिनाको समयसीमा दिंदै उनीहरुले व्यवस्थापन समक्ष राजिनामा बुझाएका हुन्। विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले राजिनामा बुझाएका हुन्।

स्थायी उडानदलका सदस्यहरुले तीन महिनापछि लागू हुनेगरी राजिनामा बुझाएका हुन्। उनीहरुले व्यवस्थापनले काममा नेपाली स्थायी कर्मचारीलाई बढी लगाएपनि विदेशीलाई सेवा सुविधा धेरै दिएको आरोप लगाएका छन्।

पाइलटहरुका अनुसार विदेशीले महिनामा ४६ घण्टामात्र जहाज उडाउछन् भने हप्तामा २ दिन छुट्टी पाउVछन्। तलब भने उनीहरुले १५ लाख पाउछन्। कर पनि व्यवस्थापनले तिरिदिएको छ।

तर नेपाली स्थायी पाइलटले महिनामा ९५ घण्टा जहाहज उडाउने तर हप्तामा विदा १ दिनमात्र पाउने गरेका छन्। त्यसमा कर पाइलट आफैले तिर्दै आएका छन्। पछिल्लो समय जानकारी नै नदिइ वर्षको अन्तिमतिर शुन्य तलब दिएको र यो वर्षो सुरुदेखि नै एड्भान्सको नाममा १ लाख रुपैयाँ काट्दै आएको क्याप्ट्न श्रवण रिजालले जानकारी दिए।

उनकाअनुसार तलबमा पनि विदेशी र नेपालीबीच गहिरो खाडल रहेको छ। विदेशीले चोखो १५ लाख तलब बुझ्छन् भने नेपालीले ५ लाख तलब पाउँदै आएका छन्। करारमा आएकाले विदेशीलाई धेरै सुविधा भएको भन्ने व्यवस्थापनले जानकारी दिएकाले नेपालीलाई करारमै राखोस भनेर आफूहरु सबैले राजिनामा दिएको रिजालले जानकारी दिए।

तीन महिनाको समयसीमा पाइलटहरुले दिएका छन्। उनीहरुले मदन खरेल अध्यक्ष हुँदै राजिनामा बुझाउने तयारी गरेपनि हस्ताक्षर संकलनको काम लम्बिएकाले सकेका थिएनन्। पाइलटहरुले व्यवस्थापनलाई दुई विकल्प दिएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्