ऋण भाखा नाघेको ३० दिनभित्र भुक्तानी गरे जरिवाना नलाग्ने
अर्थ राजनीति ~ नेपाल राष्ट्र बैंकले कर्जाको साँवा/ब्याज तिर्ने भाखा नाघेको तीस दिनभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने ब्यवस्था गरेको छ। अर्ध वार्षिक समीक्षामार्फत तर्जुमा भएका व्यवस्थालाई राष्ट्र बैंकले शुक्रबार सर्कुलर जारी गर्दै कार्यान्वयन गर्न निर्देशन दिएको हो। २०८० जेठ मसान्तसम्ममा भुक्तानीको भाखा रहेको साँवा/ब्याजमा पेनाल ब्याज लिन नपाइने भएको छ। छुट पाउने अवधिभित्र कर्जाको […]
