नाइमा एक्स्पोमा सवारी किन्न बैंकको अफर, ५.२५ प्रतिशत ब्याजदरमै कर्जा
Artharajniti ~ काठमाडौं। वाणिज्य बैंकहरुले नाइमा मोबिलिटी एक्स्पोलाई लक्षित गरेर सस्तो ब्याजदरका स्किम ल्याएका छन्। अटो शो सवारीसाधन बिक्रीको मुख्य थलो भएका कारण बैंकहरुले ग्राहकलाई आकर्षित गर्न सस्तो ब्याजदरका स्किम ल्याएका हुन्। नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)को आयोजनामा मोबिलिटी एक्स्पो मंगलबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। एक्स्पोलाई लक्षित गरी ग्लोबल आइएमई, सिद्धार्थ र […]
