राष्ट्र बैंकप्रति उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय रुष्ट

अर्थ राजनीति  ~  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राष्ट्र बैंकले अत्यावश्यक वस्तुको आयातमा कडाइ गरेको निर्णयप्रति आपत्ति जनाएको छ । बजारमा प्रत्यक्ष प्रभाव गर्ने अत्यावश्यक वस्तुका आयातमा कडाइ गर्दा अभाव भई उपभोक्तालाई महँगो पर्ने भन्दै मन्त्रालयले आपत्ति जनाएको हो । बैंकले मन्त्रालयलाई जानकारी नदिएर एकलौटी निर्णय गर्दा यसले व्यापारमा असर पर्ने भन्दै मन्त्रालयले त्यसको विरोध […]

आयात निरुत्साहित गर्न राष्ट्र बैंकद्वारा कडा नियम लागु

अर्थ राजनीति  ~  तरलता अभावले आर्थिक संकट बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले आयात निरुत्साहित गर्न थप कडाइ गरेको छ । सोमबार बैंक तथा वित्तिय संस्थाहरुलाई परिपत्र जारी गर्दै नेपाल राष्ट्र बैंकले डेढ दर्जन बढी वस्तु आयातका लागि एलसी खोल्नुअघि अनिवार्य नगद जम्मा गर्नुपर्ने नियम लागु गरेको हो । अब आयातका लागि एलसी खोल्ने अनुमति प्राप्त […]

सुनको मूल्यमा सामान्य वृद्धि, सोमबार तोलाको ९३ हजार ८ सय रुपैयाँ

अर्थ राजनीति  ~  साताको पहिलो दिन घटेको सुनको मूल्य सोमबार पुनः बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २ सय रुपैयाँ बढेर कारोबार मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। गत शुक्रबारका तुलनामा ४ सय रुपैयाँ घट्दा आइतबार प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदी प्रतितोला १२ सय ४५ […]

अन्तत: हिमालयन बैंक – नेपाल इन्भेष्टमेन्ट बैंक मर्जर निर्णय भयो

अर्थ राजनीति ~  नेपाल राष्ट्र बैंकले दुई पटक समय थप गरिदिएपछि अन्तत: हिमालयन बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने औपचारिक निर्णय गरेको छ। राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिएपछि हिमालयन बैंकका तर्फबाट मर्जर प्रक्रिया अवरुद्ध भएको थियो। यही बीचमा बैंक सञ्चालक समितिको अध्यक्ष तुलसीराम गौतमका ठाउँमा प्रचण्डमान श्रेष्ठ आएपछि मर्जर प्रक्रिया रोकिएको थियो। मर्जर रोकिएपछि राष्ट्र […]

ग्लोबल आइएमई बैंकले बेलायतबाट ३ अर्ब ऋण ल्याउदै

अर्थ राजनीति  ~  ग्लोबल आइएमई बैंक लिमिटेडले बेलायतबाट ऋण लिने भएको छ । बैंकले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपबाट २५ मिलियन अमेरिकी डलर अर्थात करिब ३ अर्ब नेपाली रुपैयाँ ऋण लिने सहमती पत्रमा हस्ताक्षर भएको हो । बुधबार बैंकमा आयोजित एक समारोहबीच ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा सीडीसी ग्रुपका कन्ट्री […]

सुनको मूल्य तोलाको ९३ हजार रुपैयाँ

अर्थ राजनीति  ~  बिहीबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको बिहीबारको कारोबार मूल्य ९३ हजार रुपैयाँ तोकिएको छ । बुधबार छापावाल सुनको प्रति तोला मूल्य ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको बिहीबारको खरिद बिक्री मूल्य ९२ हजार ५ […]

नेताहरूको सेयर बजारबारे गैरजिम्मेवार पूर्ण अभिव्यक्ति

अर्थ राजनीति  ~  सेयर बजार निरन्तर ओरालो लाग्ने क्रम जारी रहेको छ । केही समयअघि ३२ सयको हाराहारीमा पुगेको सेयर बजार सोमबार ७९ अंकले घट्दै २२८१ बिन्दुमा आइपुगेको छ । यसै क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले औद्योगिक क्षेत्रमा लगाउनुपर्ने पुँजीको लगानी पुँजीबजारमा हुनु साम्राज्यवादको विकसित रूप भएको अभिव्यक्ति दिएसँगै त्यसको चौतर्फी […]

नबिल बैंक एसएसइ फेलोसिप ६ महिने कार्यक्रम गर्दै

अर्थ राजनीति  ~  नबिल बैंकले एसएसइ फेलोसिप कार्यक्रम घोषणा गरेको छ।  यस फेलोसिपका लागि बैंकले त्रिभुवन विश्वविद्यालयको ब्यवस्थापन संकायको स्कुल अफ म्यानेजमेन्टसँग सम्झौता गरेको जनाएको छ। फेलोसिप अन्तर्गत बैंकले एक वर्षसम्म आवश्यक सहयोग सहित ४० जनालाई संलग्न गराउने सम्झौता बैंकले गरेको हो। नबिल फेलोसिप कार्यक्रम आवासीय तालिममा आधारित छ। यसकालागि बैंकले ४० सहभागीलाई ६ महिने […]

१५ दिनदेखि लगातार ओरालो लागेको नेप्से परिसूचक पुन: तलतिर

अर्थ राजनीति  ~   मौद्रिक नीतिको समिक्षा पछि १५ दिनदेखि लगातार ओरालो लागेको नेप्से परिसूचक पुन:  तल झरेको छ । आइतबार सेयर बजार मापक नेप्से परिसूचक ८८.७० अंक घटेर २३६१.२७ विन्दुमा झरेको छ । ८८.७० अकले घटेको नेप्से परिसूचक २३ सयको विन्दुमा रोकिएको छ । गत बिहिबार नेप्से सूचक ५.८४ प्रतिशतले घटेर परिसूचक २४४९.९७ विन्दुमा रोकिएको […]

ऋणको ब्याजदर अझै बढ्दै, माघदेखि कम्तीमा एक प्रतिशत ब्याजदर बढ्ने

अर्थ राजनीति  ~  बैंकहरूले आउँदा केही महिना निक्षेपको ब्याज स्थिर राख्न खोजे पनि कर्जाको ब्याजदर कम्तीमा एक प्रतिशत बढ्ने भएको छ । गत कात्तिक र मंसिरमा निक्षेपको ब्याजदर वृद्धि भएपछि बैंकहरूको लागत (खर्च) बढेको छ । लागतमा भएको वृद्धिका आधारमा आउँदो पुस मसान्तमा बैंकहरूको आधार दर (बेस रेट) वृद्धि हुने र त्यसले कर्जाको ब्याजदर पनि बढाउने बैंकहरूले […]