स्थायी तरलता सुविधा (एसएलएफ) बराबर नै अन्तर बैंक सापटी

अर्थ राजनीति  ~  बैंकिङ प्रणालीमा तरलता अभाव चर्किएपछि बैंकहरुले एक आपसमा सापटी नै पाउन छाडेका छन्। पाइहाले यसको ब्याज दर स्थायी तरलता सुविधा (एसएलएफ) बराबर पुगेको छ। अहिले एसएलएफको ब्याज दर राष्ट्र बैंकले ५ प्रतिशत तोकेको छ। आफूसँग भएको ऋणपत्र धितो राखेर बैंकहरुले एसएलएफमार्फत राष्ट्र बैंकबाट ऋण पाउँछन्। अन्तर बैंक सापटीको ब्याज दर तुलनात्मक रुपमा […]

क्रिप्टोकरेन्सीबारे बैंकर्स संघ : ” गैरकानुनी भर्चुअल मुद्राको कारोबार गरेको पाइए कारबाही “

अर्थ राजनीति  ~  भर्चुअल मुद्रा (क्रिप्टोकरेन्सी) बारे नेपाल बैंकर्स संघले पनि आफ्नो धारणा राखेको छ । पछिल्लो समय बढ्दो क्रिप्टोकरेन्सी प्रयोगका बीच वित्तीय बजारमा बहस चलिरहेका बेला यता बैंकर्स संघले पनि सो कार्य अवैध तथा गैरकानुनी भएकाले यस्तो कार्य नगर्न र गरेको पाइएमा कानुन अनुसार कारबाही हुने जानकारी गराएको हो । भर्चुअल करेन्सी तथा नेटवर्क […]

मंगलबार पनि घट्यो सेयर, जम्मा ५ अर्बको कारोबार

अर्थ राजनीति  ~  हिजो मंगलबार पनि सेयर बजार घटेको छ। सेयर बजारको परिसूचक ५.९२ अंकले घटेर २८१४.७४ पुगेको हो। दिनभरमा २२९ कम्पनीको ९७ लाख ८४ हजार २७७ सेयर किनबेच हुँदा ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६२७ रुपैयाँको कारोबार भएको छ। त्यस्तै, कारोबार भएका कुल कम्पनीमध्ये  १०२ कम्पनीको मूल्य घटेको छ भने जम्मा […]

हिमालयन बैंकका पाँच जना खलनायक कर्मचारीका कारण बैंक बदनाम

अर्थ राजनीति  ~  हिमालयन बैंक र नेपाल ईन्भेस्टमेन्ट बैंकबिचको मर्जर भाँडेर हिमालयन बैंक आफै आन्तरिक गुटबन्दीमा रुमलिन थालेको छ । बैंकको दोस्रो त्रैमासिकको विवरण हालसम्म प्रकाशित भएको छैन । बैंकभित्रको चरम गुटबन्दी, गलत नियतले जन्माएको कर्मचारी माझको असन्तुष्टि रहेको बुझिएको छ । बैंकमा बिना ठोस कारण उच्च पद ओगटेर बसेका पाँचजनालाई मात्रै बलमिचाईकै भरमा बढुवा […]

” नेटवर्किङ व्यवसायमा लगानी नगर्नू ” : नेपाल राष्ट्र बैंक

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले नेटवर्किङ व्यवसायमा लगानी नगर्न चेतावनी आग्रह गरेको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै हाइपर फण्ड, जोसियएल, क्राउड वन, सोलेम्याक्स जस्ता पिरामिड व्यवसायमा लगानी नगर्न आग्रह गरेको हो । नेटवर्किङ व्यवसाय गैरकानुनी भएको भन्दै राष्ट्र बैंकले त्यसमा लगानी नगर्न आग्रह गरेको छ । राष्ट्र बैंकले भर्चुअल करेन्सी र क्रिप्टोकरेन्सीमा […]

एनआइसी एशिया बैंकको प्रस्तावित लाभांश रद्ध

अर्थ  राजनीति  ~  एनआइसी एशिया बैंकको लाभांश रद्ध भएको छ । बैंक सञ्चालक समितिको २०७८ कात्तिक ८ गते बसेको सञ्चालक समितिको  बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजवनार्थ ०.७८९४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । तर, बैंकको प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकले […]

विकास पुनसंगै साङ्ग्रिला डेभलपमेण्ट बैंकका म्यानेजर पनि पक्राउ

अर्थ राजनीति  ~  ५० लाख ठगीमा पक्राउ परेका दाङ घोराहीका विकास पुनको मुद्दामा घोराहीको एक बैंक म्यानेजर पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले अनुसन्धानका क्रममा घोराहीको मनटावरमा रहेको साङ्ग्रिला डेभलपमेण्ट बैंकका म्यानेजर सुदर्शन विष्टलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले शाखा कार्यालयबाटै म्यानेजर विष्टलाई पक्राउ गरेको छ । […]

सहकारीको अनुगमन अब राष्ट्र बैंकबाट

अर्थ राजनीति  ~  ठूलो कारोबार गर्ने संस्थाहरू समस्याग्रस्त हुन थालेपछि सहकारीको अनुगमनमा नेपाल राष्ट्र बैंक सहभागी हुने भएको छ । प्रभावकारी नियमन नहुँदा सहकारीमा अनियमितता बढ्न थालेपछि ठूला सहकारीहरूको अनुगमनका लागि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, नेपाल राष्ट्र बैंक र सहकारी विभागको संयुक्त टोली बनाउन लागिएको हो । पछिल्लो समय ८ अर्बभन्दा बढी कारोबार रहेको […]

पाँच कम्पनीको आईपीओ निष्कासन हुँदै

अर्थ राजनीति  ~  सेयर बजार उकालो लागिरहेकै बेला पाँचवटा कम्पनीको प्राथमिक सेयर (आईपीओ) निष्कासन हुने भएको छ । नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनको अन्तिम स्वीकृति प्रक्रिया अगाडि बढाएको छ । बोर्डले पाँचवटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिनेगरी अन्तिम प्रक्रिया टुंग्याएपछि साना लगानीकर्ता हौसिएका छन् । बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज निलम्बनमा परेपछि धितोपत्र बोर्डले आईपीओ निष्कासनका […]

बैंकहरु नाफामा , ६ महिनामा ११ प्रतिशतको वृद्धि

अर्थ राजनीति  ~  वाणिज्य बैंकहरुको नाफा ११ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा चालु वर्षको पुससम्म नाफा २ अर्ब ९४ करोड ३० लाख रुपैयाँले बढेको छ। यद्यपि शुक्रबारसम्म कुल २३ वाणिज्य बैंकले मात्र वित्तीय विवरण सार्वजनिक गरेका छन्। नेपाल बैंक, एनएमबि, हिमालयन र सनराइज बैंकले विवरण सार्वजनिक गर्न बाँकी नै छ। वित्तीय […]