हिमालयन बैंकका पाँच जना खलनायक कर्मचारीका कारण बैंक बदनाम

Machchapuchchre

अर्थ राजनीति  ~  हिमालयन बैंक र नेपाल ईन्भेस्टमेन्ट बैंकबिचको मर्जर भाँडेर हिमालयन बैंक आफै आन्तरिक गुटबन्दीमा रुमलिन थालेको छ । बैंकको दोस्रो त्रैमासिकको विवरण हालसम्म प्रकाशित भएको छैन । बैंकभित्रको चरम गुटबन्दी, गलत नियतले जन्माएको कर्मचारी माझको असन्तुष्टि रहेको बुझिएको छ । बैंकमा बिना ठोस कारण उच्च पद ओगटेर बसेका पाँचजनालाई मात्रै बलमिचाईकै भरमा बढुवा गर्दा असन्तुष्ट व्यवस्थापन तहमा समेत स्पष्ट देखिने गैरजिम्मेवारीपूर्ण कार्यसम्पादन आदिले यसपालिको विवरणले सबै सामु प्रष्ट चित्र देखाईसकेको छ । अझै अनैतिकताको पराकाष्ट पार गर्दै यही पाँचजना मात्रै रहेको कर्मचारी व्यवस्थापन समितिले स्वयंआफै पाँचजनालाई समय अगावै बढुवाका लागि सिफारिस गरिएको थियो । त्यसमा प्रमुख कार्यकारी अधिकृतले सही थपेर बढुवा गराएका थिए। के आधारमा, कसरी गरिएको हो भनेर समेत कसैलाई जानकारी अहिलेसम्म गराईएको छैन , न त समस्त कर्मचारीवर्गमा साधारण जानकारी नै पनि गराईएको छ । यसरी नियम–कानून विरुद्ध गएर गरिएका पाँचजना कर्मचारीहरूमा सुनिल गोर्खाली, समीर आचार्य, सतिश जोशी, शंकर जोशी र ज्ञानेन्द्र श्रेष्ठ परेका छन्  । उनीहरुलाई व्यवस्थापनले लेबर (श्रम) कमिटिमा राखेर निश्पक्ष र पारदर्शि तरिकाले कर्मचारीहरुका सरुवा–बढुवा गर्ने जिम्मा दिएको थियो । तर, यस कमिटिले सम्पूर्ण कर्मचारीले खाईपाई आएको तलब–भत्ता काट्ने, केही पहुँच नभएका कर्मचारीहरुलाई जबर्जस्ती स्वेक्षिक अवकासमा पठाउने र एकदमसित महान काम गरे जसरी समय अघावै आफैलाई मात्रै बढुवाका लागि सिफारिस गर्ने जस्ता काम गरेका थिए ।

ति पाँचजनालाई समय अगावै बढुवा गर्नुको कारण पनि राणाले मर्जरपछिको बैंकमा मुख्य–मुख्य मानिएका तहमा आफ्नै मान्छे राख्नलाई गरेको प्रपञ्च नै थियो । यी पाँच महत्वपूर्ण पद भनेको कर्जाको प्रमुख, कर्मचारी व्यवस्थापन, प्रशासन, बागमति प्रदेशका प्रमुख र वित्तिय प्रमुख थिए । यही पाँचजनालाई मर्जरको एम. ओ.यू. सहि हुनुभन्दा एक दिन अघाडि मर्जरलाई नकारात्मक प्रभाव पार्ने नियतले गरिएको कार्यले गर्दा नै ईन्भेस्टमेन्टमा करिब ५०० जना एकै साथ बढुवा भएको थियो । यसले हिमालयनका कर्मचारी माझ झनै असन्तुष्टि बढाउने काम गर्यो। यसमा जसले जे भने पनि मुख्य भुमिका भनेकै प्रमुख कार्यकारी अधिकृत राणाको जिद्धिपन, अब जे गरे पनि हुन्छ भन्ने भावना, कर्मचारीवर्गमा पर्न जाने नकारात्मक असरको बेवास्ता नै हुन् र हाल सम्म यसलाई ठिक गर्न तर्फ केही गरेको समेत देखिंदैन । अबका दिनहरुमा यस्ता विषयले पक्कै प्रवेश पाउनेछन् र साधारण भाषा प्रयोग गर्ने हो भने वर्तमान अध्यक्षले नैतिकताको आधारमा र संचालक समितिका बैठक संचालन गर्न स्वयं असक्षम् घोषणा गरेर आफै राजिनामा दिनु बाहेक अरु कुनै बाटो देखिन्न । अध्यक्षले आफ्नै इज्जत जोगाउनलाई समेत यो नै उत्तम उपाय हुनेछ भन्दा फरक नपर्ला । तर उनीहरुको विगतका काम गराई र सोच हेर्दा “हिमालयन बैंक डुबे–डुबोस् तर आफ्नो परिवारको वर्चश्व कायम रहिरहनुपर्छ“ भन्ने खालको सोचाईले र काम गराईले गर्दा उपाय सोचे जस्तो सजिलो छैन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्