एनआइसी एशिया बैंकको प्रस्तावित लाभांश रद्ध

Machchapuchchre

अर्थ  राजनीति  ~  एनआइसी एशिया बैंकको लाभांश रद्ध भएको छ । बैंक सञ्चालक समितिको २०७८ कात्तिक ८ गते बसेको सञ्चालक समितिको  बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजवनार्थ ०.७८९४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । तर, बैंकको प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकले अस्वीकृत गरेसँगै बैंकको लाभांश रद्ध भएको छ । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले ‘क्यापिटल कन्भर्सेसन बफर’पर्याप्त नदेखिएको जनाउँदै माघ ९ गते लाभांश अस्वीकृत गरेको पत्र प्राप्त भएकाले लाभांश रद्ध भएको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्