मौद्रिक समीक्षा यसै साताभित्र, घरजग्गामा कडाइ गर्ने संकेत
अर्थ राजनीति ~ नेपाल राष्ट्र बैंकले केही दिनमै चालु वर्षको मौद्रिक नीतिको अर्द्ध-वार्षिक समीक्षा गर्ने भएको छ। राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सरोकारवालाहरुसँग सुझाव लिएर आगामी कार्यदिशाका बारेमा प्रारम्भिक मस्यौदा तयार पारिसकेको छ। नियमन तथा सुपरिवेक्षण विभागका साथै विदेशी विनियम र लघुवित्त सुपरिवेक्षण विभागबाट पनि समीक्षामार्फत समेटिनु पर्ने विषयहरु गइसकेका छन्। भोलि/पर्सितिर नै गभर्नर अध्यक्ष […]