वाणिज्य बैंकहरूको नाफा कात्तिकमा ३४ प्रतिशत बढ्यो

अर्थ राजनीति  ~  वाणिज्य बैंकहरूले एक महिनामै ३४ प्रतिशतले नाफा बढाएका छन् । असोजको तुलनामा कात्तिकमा वाणिज्य बैंकहरूको नाफा ३४ प्रतिशतको बढेको हो । गत असोजसम्ममा वाणिज्य बैंकहरूले १८ अर्ब ३१ करोड रुपैयाँ नाफा कमाएका थिए । कात्तिकमा बैंकहरूको नाफा २४ अर्ब ५३ करोड रुपैयाँ पुगेको हो । यो करिब ३४ प्रतिशतको बढोत्तरी हो । […]

राष्ट्र बैंकले पाँच अर्बको विकास ऋणपत्र बिक्री गर्ने

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले मंगलबार ५ अर्ब रुपैयाँको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले नेपाल सरकारको राष्ट्र ऋण उठाउने तालिका अनुसार मंगलबार विकास ऋणपत्र बोलकबोल गर्न लागेको हो ।‘विकास ऋणपत्र २०८३’ नाम दिइएको सो ऋणपत्र ४ वर्ष अवधिको रहेको छ । उक्त ऋणपत्रको बोलकबोल मंगलबार र बुधबार […]

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले वृद्धि

अर्थ राजनीति ~  साताको पहिलो दिन सुनको मूल्य बढेको छ। गत साता घट्न थालेको मूल्य पुन: तोलामा ६ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको कारोबार मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ निर्धारण भएको छ। शुक्रवार सुन तोलामा ४ सय रुपैयाँले घटेर कारोबार मूल्य प्रतितोला ९९ हजार ९ सय रुपैयाँ […]

बजारको गति अस्पष्ट, एक सातामा ३४ अंक घट्यो नेप्से

अर्थ राजनीति  ~  केही समयदेखि निश्चित बिन्दुमा तलमाथि गरिरहेको (साइडबेज मुभमेन्टमा) नेप्से परिसूचक १८६८ को न्यून बिन्दुबाट बढ्ने प्रयासमा देखिएको छ। तर, अझै पनि नेप्सेको दिशा स्पष्ट नभएको प्राविधिक विश्लषणहरूले देखाउँछ। गत साता भने बजार परिसूचक नेप्से ३४.६८ अंकले घटेर १८८२ मा बजार बन्द भएको छ। सातामा कारोबार रकमका समेत ११ प्रतिशतले घटेको छ। अघिल्लो साता चार […]

पुषभरी चालु पुँजी कर्जा ठप्प, सीमा बढाउन र नवीकरण गर्न नपाउने

अर्थ राजनीति  ~  बैंक तथा वित्तीय संस्थाले आजबाट एक महिनासम्म चालु पुँजी कर्जा ठप्प पार्ने भएका छन्। राष्ट्र बैंकको नियामकीय प्रावधान अनुसार एक महिना चालु पुँजी कर्जा ठप्प हुने भएको हो। कात्तिक १ बाट लागू भएको मार्गदर्शनको सबैभन्दा कडा व्यवस्था पुस १ बाट लागू भएको हो। चालु पुँजी कर्जा सम्बन्धि मार्गदर्शनको १०.१२ नम्बरको बुँदामा भएको व्यवस्थाले […]

लागत कम गर्न स्थायी तरलता सुविधाको दर घटाउने तयारीमा राष्ट्र बैंक

अर्थ राजनीति  ~   चर्को ब्याज दरका कारण ब्यापार व्यवसाय ठप्प भएको भन्दै उद्योगी/व्यापारी आन्दोलित भइरहेका बेला नेपाल राष्ट्र बैंकले नीतिगत दरहरु घटाउने गृहकार्य गरेको छ। राष्ट्र बैंकले साविकभन्दा १ प्रतिशत विन्दु घटाउने गृहकार्य गरेको हो। मौद्रिक नीतिमार्फत ७ प्रतिशतको स्थायी तरलता सुविधा (एसएलएफ) लाई साढे ८ प्रतिशत पुर्‍याएपछि बैंकहरुले निक्षेपको ब्याज बढाएका छन्। महँगोमा निक्षेप […]

सिद्धार्थ बैंक अवार्डबाट सम्मानित

अर्थ राजनीति  ~  सिद्धार्थ बैंक लिमिटेड ‘दोस्रो बेस्ट म्यानेज्ड कर्मसियल बैंक’ अवार्डबाट सम्मानित भएको छ । न्यू बिजनेश एजले आयोजना गरेको सातौं न्यूबिज बिजनेश कन्क्लेभ एण्ड अवाड्र्समा बैंकलाई उक्त अवार्डको उपाधिबाट सम्मान गरिएको हो । उक्त अवार्ड सिद्धार्थ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले ग्रहण गरे । आफ्ना ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप […]

“अन्तर मन्त्रालय र विभागबिच समन्वय जरुरी “: वरिष्ठ उपाध्यक्ष ढकाल

अर्थ राजनीति  ~  नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अन्तर मन्त्रालय र विभागबिच समन्वय हुन नसक्दा विभिन्न  समस्या  आएको बताएका छन् । बुधवार काठमाडौंमा भएको नेपाल आर्थिक पत्रकार संघको १३ औँ वार्षिक साधारण सभा एवम् छैठौँ महासभामा उनले यस्तो बताएका हुन् । कार्यक्रम बोल्दै उनले भने, ‘अन्तर मन्त्रालय र विभागबिच समन्वय हुन सकेको […]

पुसमा तरलता संकट थप गहिरिने बैंकरको विश्लेषण

अर्थ राजनीति  ~  गत असार मसान्तको तुलनामा वाणिज्य बैंकहरुको कुल निक्षेप एक खर्ब र ऋण ५० अर्ब रुपैयाँले बढेको छ।आर्थिक वर्षको सुरुवातमा घटेको निक्षेप मंसिर लागेपछि सुधार हुन थालेको हो। मंसिरमा मात्रै ३७ अर्ब रुपैयाँले निक्षेप बढेको छ।बढ्दो निक्षेपका बीच ऋण लगानी सुस्त भएको छ। निक्षेप संकलनमा भएको सुधारले बैंकहरुले अहिले राष्ट्र बैंकसँग लिने सापटी […]

तरलतामा सुधार भएको गभर्नर अधिकारीको दाबी

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ प्रणालीभित्र तरलतामा सुधार आइरहेको बताएका छन् । नेपाल बैंकर्स संघको वार्षिक साधारणसभाको अवसरमा काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा उनले अन्तरबैंक दर साढे ८ बाट ७.०७ प्रतिशतमा झरेको समेत जानकारी दिए । उनले वित्तीय क्षेत्र अब ट्रयाकमा आएको दाबी गरे । गत वर्ष ९० अर्ब निक्षेप दोहोरो […]