२०८०/८१ मा वाणिज्य बैंकहरूको नाफामा ७ अर्ब वृद्धि

Artharajniti  ~  गत आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य बैंकहरूको नाफा समग्रमा सात अर्ब रूपैयाँले बढेको छ। अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यस्तो नाफा ५६ अर्ब ४८ करोड रहेकोमा गत आर्थिक वर्ष यसमा करिब १२ प्रतिशत वृद्धि भएर ६४ अर्ब ६ करोड पुगेको छ। सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले प्रकाशित गरेको वित्तीय विवरण अनुसार यस्तो देखिएको […]

भारतीय बैंकमा साइबर आक्रमणले ३०० बैंक प्रभावित

Artharajniti   ~   भारतीय बैंकिङ प्रणालीमा बृहत साइबर आक्रमण हुँदा एकैपटक करिब तीन सय बैंक ठप्प भएका छन्। आक्रमणका कारण सयौं बैंकको भुक्तानी प्रणाली प्रभावित भएको हो।सबै बैंकलाई प्राविधिक सहयोग उपलब्ध गराउने कम्पनी सी–एज टेक्नोलोजीमा साइबर आक्रमण भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।तर कम्पनीले यसलाई सफ्टवेयर ग्लिच मात्र भएको बताएको छ।यस कम्पनीले भारतका सबै साना बैंकलाई […]

‘सहकारी किन चाहियो‚ ठग्न ?’ : सूर्यबहादुर थापा

Artharajniti   ~  सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले बचत परिचालनको निम्ति सहकारी नै आवश्यक नभएको बताएका छन्। मंगलवार समितिले सहकारी अभियन्ताहरुसँगको छलफलमा सभापति थापाले सुशासनको सन्दर्भमा सबै सहकारी अभियन्ताहरुले बचाएर ल्याएको सहकारी केही ठगहरुले बिगारेको बताए। उनले समितिले छानबिन गर्नुपर्ने २९ वटा सहकारीमध्ये १२ वटा एउटै […]

मौद्रिक नीतिको प्रभाव पुँजीबजारमा, नेप्से परिसूचक ११३ अङ्कले बढ्यो

Artharajniti  ~  चालु आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल राष्ट्र बैङ्कले ल्याएको मौद्रिक नीतिका व्यवस्थाले पुँजीबजारमा सकारात्मक प्रभाव देखिएको छ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक एक सय १३ दशमलव ४२ अङ्क अर्थात् चार दशमलव ४१ प्रतिशतले बढेर दुई हजार छ सय ८१ दशमलव ५६ को विन्दुमा कायम भएको छ । तीन सय १८ कम्पनीको […]

आज मौद्रिक नीति सार्वजनिक हुँदै ।

Artharajniti   ~ चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक हुँदैछ । नेपाल राष्ट्र बैंकले तयार पारेको नीतिको मस्यौदालाई अनुमोदन गर्न केहीबेरपछि केन्द्रीय बैंकको बोर्ड बैठक बस्ने बताइएको छ । मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने उपायका साथ बैंकमा लगानीयोग्य रकम थुप्रने क्रम बढ्दै गएको सन्दर्भमा कर्जा विस्तारका साथै निर्माण क्षेत्रलाई गतिशील तुल्याउन, सेयर धितो र घरजग्गा कर्जामा […]

आज प्रणालीबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक

Artharajniti   ~  राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ४० अर्ब रूपैयाँ खिच्ने भएको छ। राष्ट्र बैंकले बुधबार निक्षेप संकलन उपकरणमार्फत् २१ दिनको लागि ४० अर्ब रूपैयाँ प्रणालीबाट खिच्न लागेको हो। यसअघि गत साउन २ गते पनि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट निक्षेप उपकरण मार्फत् ३४ अर्ब २५ करोड रूपैयाँ खिचेको थियो। ५० अर्ब निक्षेप राख्ने प्रस्ताव गर्दा १७ […]

सेयर मूल्य उच्च दरमा बढेका यी ५ वाणिज्य बैंक

Artharajniti   ~  एक महिनामा सबैभन्दा धेरै मूल्य बढेका १० कम्पनीमा ५ वटा वाणिज्य बैंकहरू परेका छन् । खासगरी लगानीकर्ता तथा कारोबारीको प्रमुख रोजाइमा सस्तो मूल्यका वाणिज्य बैंक परेको देखिन्छ ।विगत एक महिनामा वाणिज्य बैंकको समूहगत सूचक नै २९ प्रतिशत बढिसकेको छ । ‘टप फाइभ’मा परेका बैंकहरूको मूल्य भने ३९ प्रतिशतभन्दा धेरै बढेको छ । एक महिनामा […]

“चीनसँग क्रस बोर्डर डिजिटल भुक्तानी छिट्टै सुरु गर्दैछौं “: गभर्नर अधिकारी

Artharajniti  ~  नेपालले चीन र श्रीलंकासँग पनि क्रस बोर्डर डिजिटल भुक्तानीका लागि काम सुरु गरेको छ । नेपाली भुक्तानी सेवा प्रदायक कम्पनीहरूलाई चीनको “अली पे” र श्रीलंकाको “लंका पे”सँग क्रसबोर्डर डिजिटल भुक्तानीका लागि सिस्टम इन्ट्रिग्रेसनको स्वीकृति दिएर प्रक्रिया अगाडि बढेको गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए । ‘चीनको एउटा बैंक सेटलमेन्ट बैंकको रुपमा काम गर्न तयार […]

सहकारीका समस्या बारे रजिष्ट्रार र पूर्वरजिष्ट्रारसँग छलफल

Artharajniti ~   सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले संसद्ले दिएको कार्यादेशअनुसार आज सहकारी विभागका रजिष्ट्रार र पूर्वरजिष्ट्रारसँग छलफल गरेको छ । छलफलका क्रममा रजिष्ट्रार एवं पूर्वरजिष्ट्रारले नीतिगत, संरचनागत र प्रक्रियागत सुधार गरिनुपर्नेमा जोड दिएको समिति सचिव बबिता मिश्रले जानकारी दिनुभयो । समितिले सरोकार भएका निकायसँग कागजात मगाएर, ती निकायका कुरा […]

” सहकारीलाई नियमन गर्न छुट्टै निकाय आवश्यक छ ” : गभर्नर अधिकारी

Artharajniti  ~  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीमा अपचलन भएको नागरिकको बचतलाई सुरक्षित गर्न छुट्टै प्राधिकरण बनाउनुपर्ने बताएका छन् । सहकारी संस्था बचत दुरुपयोग संसदीय छानबिन विशेष समितिको बैठकमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले असिमित बचत संकलन गर्न दिदा सहकारी क्षेत्रमा अहिलेको समस्या आएको बताए। गभर्नर अधिकारीले सहकारीसँग सम्बन्धित रहेर तलदेखि […]