माछापुच्छ्रे बैंकको चाडपर्व लक्षित कर्जा योजना

Artharajniti   ~  माछापुच्छ्रे बैंकले आउदैँ गरेको नेपालीहरूको महान् चाडपर्वको समयलाई लक्षित गरी एक महिनाको लागि कर्जा सुविधामा छुट गर्ने योजना संचालनमा ल्याएको छ । तीज, दशैं, तिहार तथा छठ पर्वलाई लक्षित योजना अन्तर्गत माछापुच्छ्रे बैंक लिमिटेडले घर कर्जा लिने ग्राहकको लागि बेस रेटमा ०.५% प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ । त्यसैगरी गाडी कर्जा लिन ईच्छुक […]

४० अर्ब तरलता तान्दै राष्ट्र बैंक

Artharajniti   ~  नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुबाट ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि ४० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले बुधबार दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । निक्षेप […]

बैंकहरूमा सेयर कर्जाको माग बढ्यो

Artharajniti   ~  अन्य क्षेत्रमा कर्जाको माग शिथिल रहेका बेला सेयर खरिदका लागि भने माग बढेको छ । यतिबेला सेयरधितो कर्जा माग गर्दै आवेदन दिनेको संख्या बढ्दै गएको बैंकर्स बताउँछन् । नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका सीईओ सुनिल केसीका अनुसार पछिल्लो समय बैंकमा सेयर कर्जाबारे बुझ्न आउने र माग गर्नेको संख्या बढेको छ । […]

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सीइओमा कृष्णबहादुर अधिकारी

Atharajniti  ~  इन्फ्रास्ट्रक्चर बैंकको सीइओमा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन्। बुधबार बसेको बैंक संचालक समितिले अधिकारीलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो। अधिकारीले भदौ देखि बैंकको नेतृत्व सम्हाल्नेछन्। उनले यसअघि नेपाल बैंकको सीइओको रुपमा काम गरेका थिए। गत माघमा तत्कालीन सीइओ रामकृष्ण खतिवडाले राजीनामा दिएपछि इन्फ्रास्ट्रक्चर बैंकमा सीइओको पद रिक्त थियो। खतिवडाको राजीनामापछि संचालक समितिले […]

” केही ठगहरूले सहकारी बदनाम र समस्याग्रस्त बनाए ” : प्रधानमन्त्री ओली

Artharajniti  ~ प्रधानमन्त्री केपी शर्मा ओलीले केही ठगहरूले सहकारीको बदनाम गराएको आरोप लगाएका छन्। स्टार्ट अप नेसन २०३० कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उधमलाई सम्पत्ति राखेर नभई परियोजनाका आधारमा बैंकले ऋण दिनुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ । उनले केही ठग तत्वहरु सहकारीमा छिरेर समग्र सहकारीलाई बदनाम गर्न खोजे पनि सरकारले सहकारीलाई राम्रोसँग […]

बैंकिङ प्रणालीबाट १ खर्ब तरलता खिच्दै राष्ट्र बैंक

Artharajniti   ~  बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले सोमबार १ खर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । आइतबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १ खर्ब तरलता खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ । २१ दिनका लागि बोलकबोल हुने उक्त उपकरणको सावाँ र ब्याज २३ भदौमा भुक्तानी हुनेछ । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोबाट […]

अधिकांश बैंकले घटाए निक्षेपको ब्याज , ८ वटाको स्थि

Artharajniti   ~   वाणिज्य बैंकहरुले औसत ०‍.१९ प्रतिशतले निक्षेपको ब्याजदर घटाएका छन्। २०८१ साउनमा ६.७३ प्रतिशत रहेको मुद्दती निक्षेपको औसत ब्याजदर ०.१९ प्रतिशतले घटेर भदौका लागि ६.५४ प्रतिशतमा झारिएको हो। आर्थिक गतिविधि बढ्न नसकेर कर्जाको माग बढ्न नसकेपछि गत असाज देखि बैंकहरुले निक्षेपको ब्याजदर घटाउँदै आइरहेका छन्। निक्षेप थुप्रिदा कर्जाको माग बढ्न नसकेपछि बैंकहरुले ब्याजदर घटाएका […]

एक घण्टामै साढे ८ अर्बको सेयर कारोबार, नेप्सेले नाघ्यो २९००

Artharajniti   ~  सेयर बजारमा एक घण्टामै साढे ८ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । दिउँसो १२ बजेसम्म ८ अर्ब ५० करोडको कारोबार भएको छ । यो समयसम्म नेप्से परिसूचक ६७ अंक बढेर २९२७ मा कायम भएको छ । एक घण्टासम्मको अवधिमा बैंकिङ ३.४५, विकास बैंक १.७८, फाइनान्स २.२६, होटल तथा पर्यटन ५.२०, हाइड्रोपावर २.२५, […]

सुनको मूल्य आज तोलामा दुई हजार तीन सयले घट्यो

Artharajniti  ~  सोमबार कीर्तिमान कायम गरेको सुनको मूल्य आज तोलामा रु दुई हजार तीन सयले घटेको छ । सोमबार प्रतितोला रु एक लाख ५० हजार कायम भई सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रु एक लाख ४७ हजार सात सय निर्धारण भएको छ […]

ग्लोबल आईएमई बैंकको नाफा ६ अर्ब

Artharajniti   ~ ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा १०.१ प्रतिशत घटेको छ । बैंकले गत आर्थिक वर्ष ६ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ६ […]