सुनको मूल्यले बनायो नयाँ कीर्तिमान

Artharajniti   ~  सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्य सोमबार प्रतितोला चार सय रुपैयाँले बढेर नयाँ कीर्तिमान कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार सुन प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुनको मूल्य प्रतितोला १ लाख ५८ हजार […]

बैङ्किङ क्षेत्रको ३० अर्ब तान्दै राष्ट्र बैङ्क

Artharajniti  ~   नेपाल राष्ट्र बैङ्कले आज बैङ्किङ क्षेत्रमा भएको ३० अर्ब रुपैयाँ तान्ने भएको छ । कर्जा प्रवाह नभएर बैङ्क तथा वित्तीय संस्थामा निक्षेप थुप्रिएपछि राष्ट्र बैङ्कले रकम तान्ने भएको हो । निक्षेप सङ्कलनको बोलकबोल माध्यमबाट रकम तान्न लागेको राष्ट्र बैङ्कले जनाएको छ । जसमा बैङ्क तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड रुपैयाँ राख्नुपर्नेछ । […]

” आर्थिक सूचक सकारात्मक हुँदै गएका छन् ” : अध्यक्ष ढकाल

Artharajniti   ~  नेपाल उद्योग वाणिज्य महासङ्घले युवा, महिला एवं साना तथा मझौला उद्यमीको प्रवर्द्धनमा विशेष प्रयास गरिरहेको जनाएको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मङ्गलबार साँझ पत्रकारहरूसँग भएको छलफलमा महासङ्घले मस्यौदा गरेको ‘स्टार्टअप’ नीति पारित भएको बताए । तीन वर्षदेखि निरन्तर स्टार्टअप नेसन कार्यक्रम आयोजना गरी प्रवर्द्धन र पैरवी गरिरहेको जानकारी दिँदै उनले कैलालीमा प्रदेश […]

चार वटा बैंकले बढाउँदा आठ वटाले घटाए निक्षेपको ब्याजदर

Artharajniti  ~  आगामी असोजको लागि बैंकहरूले मुद्दती निक्षेप व्याजदर सामान्य घटाएका छन्। भदौका लागि वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा औसत ६.४७ प्रतिशत ब्याजदर दिइरहेकामा यस्तो ब्याजदर घटेको हो। बैंकहरूले असोजका लागि प्रस्ताव गरेको औसत ब्याजदर ६.४ प्रतिशत छ। चार बैंकले भने ब्याजदर बढाएका छन्। लक्ष्मी सनराइज, प्राइम कमर्सियल, कृषि विकास र नेपाल बैंकको ब्याजदर सामान्य बढेको […]

सहकारी ठगीमा लामिछाने समेतलाई दोषी ठहर गर्दै प्रतिवेदन तयार

Artharajniti  ~  सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहितलाई दोषी ठहर गर्दै प्रतिवेदन तयार गरेको छ । कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको समेत छानबिनबाट […]

असोजमा पनि निक्षेपको ब्याजदर बढ्ने सम्भावना कम

Artharajniti  ~  वाणिज्य बैंकहरूले असोजमा पनि निक्षेपको ब्याजदर नबढाउने सम्भावना देखिएको छ। बैंकहरूमा कर्जाको विस्तार उत्साहजनक नदेखिएको र कर्जा लगानी योग्य पुँजी पर्याप्त नै रहेकोले निक्षेपको ब्याजदर बढ्ने सम्भावना कम रहेको बैंकरहरूले बताएका छन्। ‘गत वर्षकोभन्दा कर्जा लगानीमा केही सुधार भएको त छ तर उत्साह नै जगाउने गरेर भएको छैन,’ नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा […]

” नदी किनारबाट थप २० मि फैसलामाथि सरकार छिट्टै पुनरवलोकनमा जान्छ “: प्रधानमन्त्री

Artharajniti   ~  प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वाेच्च अदालतको फैसलामाथि सरकार छिट्टै पुनरवलोकन (भ्याकेट) मा जाने बताएका छन्। उपत्यका सडक विस्तार पीडित संघर्ष समिति तथा खोला मापदण्ड सरोकार समूहका संयोजक सुमन सायमीसहितको टोलीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले स्थानीय जनता र सरोकार समूहका मुद्दालाई सम्बोधन गर्न सरकार तत्पर […]

बैंकको चेक अनादरमा २ वर्षसम्म कैद सजाय

Artharajniti  ~   चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने गरी कानुनी व्यवस्था गरिएको छ। संघीय संसदको अर्थ समितिले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावार छलफलका क्रममा चेक अनादरको विषयमा सहमति जुटाएको हो। जस अनुसार पाँच प्रतिशत जरिवाना र कैद सजायको हुने गरी व्यवस्था गरिएको समिति […]

” गोर्खा मिडियामा सहकारीको रकम गलत ढंगले आयो ” : सभापति लामिछाने

Artharajnit  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गोर्खा मिडियामा गलत ढंगले सहकारीको रकम आएको बताएका छन् । आज धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै लामिछानेले गोर्खा मिडियामा गलत ढंगले सहकारीको रकम आए पनि त्यसमा आफ्नो कुनै संलग्नता नभएको बताए । उनले भने, ‘गोर्खा मिडिया लगायतका संस्थाहरुमा सहकारीबाट गलत ढंगले पैसा गएको स्थापित भएको कुरा […]

प्रणालीबाट एक खर्ब रूपैयाँ तान्दै राष्ट्र बैंक

Artharajniti   ~ नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार एक खर्ब रूपैयाँ तान्ने भएको छ। राष्ट्र बैंकले निक्षेप संकलन विधिबाट २१ दिनको लागि यो रकम तान्न लागेको हो। यसअघि भदौ २ गते प्रणालीबाट खिचेको एक खर्ब रकम प्रणालीमै फर्किन लागेसँगै राष्ट्र बैंकले यो रकम खिच्न लागेको हो। अहिले बैंकिङ प्रणालीमा पर्याप्त लगानी योग्य पुँजी भएको, कर्जा विस्तार […]