५ महिनामा एक खर्ब नाघ्यो निर्यात : भन्सार विभाग

अर्थ राजनीति  ~  नेपालमा गत आर्थिक वर्ष २०७७/७८ मा पहिलो पटक एक खर्बमाथिको निर्यात व्यापार भएको थियो । तर, त्यसका लागि १०औं महिनासम्मको व्यापार कुर्नु परेको थियो । चालु आर्थिक वर्ष २०७८/७९ मा भने पहिलो ५ महिनामै निर्यात व्यापारले एक खर्बको आंकडा पार गर्दै कीर्तिमान राखेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु […]

अस्तव्यस्त काठमाडौँ महानगरपालिका

अर्थ राजनीति ~  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाको भवन निर्माणको ठेक्का दिने क्रममा गलत लिखत तयार गर्न आदेश दिने ५ उच्च कर्मचारीलाई विशेष अदालतमा मुद्दा दर्ता गरेपछि महानगर अस्तव्यस्त छ । कामपाका अधिकांश कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतले फसाएको भन्दै काम गर्न छाडेका छन् । महानगरका कर्मचारी रामप्रसाद पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘कर्मचारी […]

प्रधानन्यायाधीशको बहिर्गमन : राजनीतिक दलहरूले आफ्नो निर्णय गर्नुपर्ने

अर्थ राजनीति  ~  नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बहिर्गमनको सम्बन्धमा राजनीतिक दलहरूले आफ्नो निर्णय गर्नुपर्ने बताए । मंगलबार बार एसोसिएसनले सर्वोच्च अदालतमा आयोजना गरेको विरोधको कार्यक्रमपछि बार एसोसिएसनको भवन परिसरमा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराको बहिर्गमनका लागि सबै राजनीतिक दलहरूलाई बारले आग्रह गरेकाले यस सम्बन्धमा दलहरूले आफ्नो निर्णय गर्नुपर्ने बताए […]

काठमाडौंमा केबलकार चलाउने फ्रान्सको इच्छा कायमै

अर्थ राजनीति  ~  फ्रान्स सरकारले काठमाडौं उपत्यकामा केबलकार सेवा सञ्चालन गर्ने प्रक्रिया अघि बढाउन सरकारलाई पुनः ध्यानाकर्षण गराएको छ । नेपालका लागि फ्रान्सका राजदूत जिल बुरवाओले सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवसँगको भेटमा यो विषयलाई महत्व दिन आग्रह गरेका छन् ।‘नेपालले चाहेमा केबलकार क्षेत्रको पूर्वाधार विकासमा फ्रान्स तत्काल सहयोग गर्न तयार छ,’ राजदूत […]

राप्रपा नेता लिङ्देन गृहजिल्ला झापामा दौडधूप बढाउदै

अर्थ राजनीति  ~  नेपाली काँग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहका दिन राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले दिएको अभिव्यक्ति र त्यसको प्रत्युत्तरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको चर्चा अझै सेलाएको छैन । उद्घाटन सत्रमा लिङ्देनले ‘नेतालाई गाउँघरमा चोर भनिने’ अभिव्यक्ति दिएपछि ओलीले लिङ्देनलाई ‘बाच्छो’ को संज्ञा दिएका थिए । लिङ्देन र ओली तिनै नेता […]

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै बारको प्रदर्शन जारी

अर्थ राजनीति  ~  प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आन्दोलन जारी राखेको छ। कानुन व्यवसायीहरूले कहिले कालोपट्टि बाँधेर त कहिले नारा लगाएर निरन्तर धर्ना दिँदै आएका छन्। यसअघि सर्वोच्च अदालतको पूर्ण (फुल कोर्ट) बैठकले सर्वोच्च अदालतमा मुद्दाको पेसी तोक्न गोला प्रथा प्रणाली लागू गर्ने निर्णय गरेको थियो। सर्वोच्चमा गोला प्रथा प्रणाली लागू […]

आजबाट लगाइँदैछ बालबालिकालाई मोडर्ना खोप

अर्थ राजनीति  ~ देशभरका ५७ वटा जिल्लामा आजदेखि बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाउन शुरु गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ देखि १७ उमेर समूहका बालबालिकालाई खोप दिइनेछ । आजदेखि शुरु भएको खोप अभियान पुस १४ गतेसम्म चल्ने छ । पहिलो मात्रा खोप लगाएका बालबालिकालाई दोस्रो मात्रा २ माघेदेखि दिइने मन्त्रालयले जनाएको छ […]

साना उद्योग लगानीमा वृद्धि, १ लाख ७० हजारले रोजगार पाउने : उद्योग विभाग

अर्थ राजनीति  ~  कोरोना महामारी संक्रमणकैबीच मुलुकभर लघु, घरेलु तथा साना उद्योग दर्ता तथा लगानीमा वृद्धि भएको देखिएको छ । उद्योग विभागले केही दिनअघि सार्वजनिक गरेको ‘लघु, घरेलु तथा साना उद्योग तथ्यांक २०७७/७८’ अनुसार अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा यस्ता उद्योग दर्ता र प्रस्तावित कुल पूँजी पनि बढेको छ । विभागले सार्वजनिक गरेको उक्त […]

कोभिड-१९ महामारीबाट बन्द भएको अष्ट्रेलिया आजबाट खुल्यो

अर्थ राजनीति  ~  अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा बुधबारदेखि खुला भएको छ। यो सँगै कोरोना भाइरसविरूद्धको मान्यताप्राप्त खोपको दुबै मात्रा लगाएका अन्तर्राष्ट्रिय विद्यार्थी र भिसाबाहकले अष्ट्रेलिया प्रवेश पाउने भएका छन्। सरकारको पछिल्लो निर्णयसँगै भिसा लागेर अष्ट्रेलिया जान नपाएका विद्यार्थी, अभिभावक र अन्य नागरिकहरू निश्चित मापदण्ड पुरा गरेर जान पाउने भएका छन्। कोभिड-१९ महामारीपछि सन् २०१९ को मार्चबाट […]

सर्वोच्च परिसरमा बारको निरन्तर धर्ना

अर्थ राजनीति  ~  प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामा र उच्च र जिल्ला अदालतमा पनि गोला प्रथाबाट पेसी तोक्ने व्यवस्था लागू गर्न माग गर्दै नेपाल बार एसोसिएनले धर्ना निरन्तर दिइरहेको छ। धर्ना कार्यक्रम १२ बजेसम्म जारी रहने बारले जनाएको छ। कानुन व्यवसायीहरूले कहिले कालोपट्टि बाँधेर त कहिले नारा लगाएर निरन्तर धर्ना दिँदै आएका छन्। यसअघि सर्वोच्च अदालतको […]