बेलायतमा एकैदिन १२ सय भन्दा बढी मानिस ओमिक्रोनबाट संक्रमित

अर्थ राजनीति  ~  बेलायतमा एकैदिन ओमिक्रोन भाइरसबाट १ हजार २३९ नयाँ संक्रमित थपिएका छन् । आइतबार एकै दिन १२ सय भन्दा बढी संक्रमित भएपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ‘ओमिक्रोन आपतकाल’ घोषणा गरेका छन् । जोनसनले ओमिक्रोनको व्यापक लहर आउन लागेको भन्दै आपतकाल घोषणा गरेको बीबीसीले जनाएको हो । ‘ओमिक्रोनको भीषण लहर आउने कुरामा कसैले पनि […]

एमसीसी सम्झौताको विरोधमा आज चितवन बन्द

अर्थ राजनीति  ~  मिलिनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) सम्झौताको विरोधमा आज चितवन बन्द गरिएको छ । एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले चितवन वन्दको आह्वान गरेको हो । बन्दका कारण विहानैदेखि कम सवारी संचालन भएका छन् । एमसीसी देश र राष्ट्रियताकै खिलाफ रहेको भन्दै यसको खारेजीको माग गर्दै बन्दको आह्वान गरिएको विप्लव माओवादीका केन्द्रीय सदस्य […]

बालुवाटारमा बंकरसहितको प्रधानमन्त्री निवास बन्दै

अर्थ राजनीति  ~ बालुवाटारमा सुविधासम्पन्न प्रधानमन्त्री निवास तयार भएको छ । प्रधानमन्त्रीका लागि ४० करोड खर्चेर बनाइएको नयाँ भवनमा आज वास्तु पूजा गरिंदै छ । नवनिर्मित भवनमा वास्तु पूजा गरिसकेपछि प्रधानमन्त्री सर्ने उनको सचिवालयले जनाएको छ । पुरानो प्रधानमन्त्री निवास साँघुरो र पुरानो भएको भन्दै त्यसलाई भत्काएर तीन-तीन तलाका दुई वटा नयाँ भवन निर्माण गरिएको […]

शहर सफा बनाउने अभियानमा जुट्दै शहरी विकास मन्त्री झाँक्री

अर्थ राजनीति  ~   काठमाडौं शहरको एउटा विशेषता नै बनिसकेको छ, जताततै अव्यवस्थित फोहोरको डङ्गुर देखिनु । तर, शहरी विकास मन्त्रालयको जिम्मेवारीमा युवा नेतृ रामकुमारी झाँक्रीको प्रवेश भएपछि भने शहरका फोहोर विस्तारै व्यवस्थित हुन थालेका छन् । जसका लागि मन्त्री झाँक्री आफै पार्कहरूमा पुगेर निरीक्षण गर्ने र विभिन्न विभागहरूलाई तत्काल कामको सुचारू गर्ने निर्देशनसमेत दिन थाल्नुभएको […]

देशभर चिसो बढ्दै

अर्थ राजनीति   ~  काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ५.४ डिग्री मापन गरिएको छ । शुक्रबार उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री थियो । न्यूनतम तापक्रम घटेसँगै देशभर चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा […]

जुम्लामा आज राष्ट्रपतिबाट एमबीबीएस शुभारम्भ गरिंदै

अर्थ राजनीति  ~  आजदेखि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा एमबीबीएसको औपचारिक रुपमा शुभारम्भ हुँदैछ । एमबीबीएस लगायत शैक्षिक कार्यक्रमको आज राष्ट्रपति विद्या भण्डारीले शुभारम्भ गर्ने प्रतिष्ठानले जानकारी दिएको छ । एमबीबीएस कार्यक्रम  शुभारम्भका लागि बिहान ११ बजे हेलिकोप्टरमा राष्ट्रपति भण्डारी जुम्ला पुग्ने  कार्यक्रम छ । प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतका राष्ट्रपतिले ७६ करोडमा बन्न […]

” सबै क्षेत्रमा जलविद्युत् ऊर्जा पुर्याइन्छ ” : ऊर्जामन्त्री भुसाल

अर्थ राजनीति  ~  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशमा खपत हुने ऊर्जामा विद्युतीय ऊर्जाको हिस्सा बढाउँदै लैजाने बताएकी छिन। सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालको छैटौँ राष्ट्रिय महाधिवेशनमा आज उाले आम जनतामा विद्युत्को पहुँच बढाउँदै सबै क्षेत्रमा विद्युतीय ऊर्जा पुर्याउने अभियानमा सहयोग गर्न सम्बन्धीत सबै पक्षसँग आग्रह गरेकी छिन् । मन्त्री भुसालले भनिन्, “उद्योग, […]

पुस ४ गतेदेखि १२ देखि १८ वर्षकालाई कोरोना खोप

अर्थ राजनीति  ~  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२–१८ वर्षका बालबालिकालाई पुस ४ गतेदेखि कोभिड–१९ विरुद्धको खोप दिने भएको छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेकुमार लालका अनुसार ५७ जिल्लाका बालबालिकालाई मोडेर्ना खोप दिइने छ । हिमाली जिल्लासहित ५७ जिल्लाका विद्यालयमै खोप केन्द्र तोकेर बालबालिकालाई खोप दिइने उनले बताए । यसअघि फाइजर […]

खोपले ओमिक्रोन भेरिअन्टविरुद्ध काम गर्ने डब्ल्यूएचओको भनाइ

अर्थ राजनीति  ~  कोभिडविरुद्धका खोपहरूले नयाँ भेरिअन्ट ओमिक्रोनबाट सङ्क्रमित भएकाहरूलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन सक्षम रहेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ। दक्षिण अफ्रिकामा गरिएको पहिलो प्रयोगशाला परीक्षणमा नयाँ भेरिअन्टले फाइजर खोपलाई आंशिक रूपमा छल्न सक्ने देखिएको विवरणपछि डब्ल्यूएचओले यस्तो भनेको हो। तर ओमिक्रोन भेरिअन्टमा खोपको असर अन्य भेरिअन्टको तुलनामा कम हुने कुनै सङ्केत नदेखिएको […]

बेलायतले लैजाने नेपाली नर्सको तलब वार्षिक ७५ लाखसम्म हुने

अर्थ राजनीति  ~  सरकारले थालेको छलफल अनुसार नेपाली नर्सले बेलायतमा मौका पाएमा आकर्षक आम्दानी गर्ने देखिएको छ ।  बेलायतले आफ्ना नर्सहरूले बेलायतमा मासिक ४ हजार पाउन्ड स्टर्लिङसम्म पाइरहेकाले त्यसैअनुसार तलब दिने प्रस्ताव गरेको छ । बेलायतमा नेपाली नर्सलाई रोजगारीको अवसर दिनेबारे दुई देशबीच औपचारिक सम्वाद अघि बढिसकेको छ । बेलायत सरकारले औपचारिक पत्र काटेरै नेपाली […]