प्रधानन्यायाधीशलाई महाभियोग लगाउन पर्याप्त आधार छन् : बार

अर्थ राजनीति  ~  नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउन राजनीतिक दलहरूलाई आह्वान गरेको छ । आफूमाथि गम्भीर आरोप लाग्दासमेत पदबाट राजीनामा नदिएको र संवैधानिक दायित्व पूरा गर्न नसकेको भन्दै प्रधानन्यायाधीशविरुद्ध महाभियोगको पर्याप्त आधार रहेकाले त्यसतर्फ अगाडि बढ्न राजनीतिक दलहरूलाई बारले आह्वान गरेको हो । प्रधानन्यायधीश राणामाथि निरन्तर प्रश्न उठेर गम्भीर आरोप लाग्दा […]

नारायणहिटी ठेक्का प्रकरण : कार्यकारी निर्देशकले दिए राजीनामा

अर्थ राजनीति  ~  नारायणहिटी दरबार संग्राहलय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् । नारायणहिटी दरबार परिसरको जग्गा बतास समूहलाई ठेक्कामा दिएको विषयमा छानविन गर्न मन्त्रालयले बनाएको समितिले सोमबार मात्र कार्यकारी निर्देशक दाहालाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यसको भोलिपल्ट मंगलबार दाहालले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा […]

” प्रचण्ड र विप्लव दुवैसँग एकता सम्भव छैन ” : महासचिव बैद्य

अर्थ राजनीति  ~  नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव मोहन बैद्य किरणले पुष्पकमल दाहाल प्रचण्ड र नेत्रविक्रम चन्द विप्लवसँग पार्टी एकता सम्भव नभएको बताएका छन् । अब क्रान्तिकारी कम्युनिस्टहरूबीच ध्रुवीकरण गरेर अघि बढ्ने उनको दाबी छ । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बैद्यले प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपा र मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसालसँग […]

आजदेखि १२ देखि १८ वर्ष समूहलाई कोरोनाको फाइजर खोप दिन शुरु

अर्थ राजनीति  ~  काठमाडौं र ललितपुरमा आजदेखि १२ देखि १८ वर्ष उमेर समूहलाई कोरोनाको फाइजर खोप लगाउन शुरु गरिएको छ । २०६१ मंसीरदेखि २०६६ मंसीरसम्म जन्म मिति रहेका बालबालिकाहरुले खोप लगाउन पाउने छन् । स्वास्थ्य कार्यालय र स्थानीय तहको समन्वयमा माघ ७ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने छ । २ सय भन्दा बढी विद्यार्थी रहेका […]

भारतमा कोरोना संक्रमण तीव्र भएपछि नेपाल आउने बढे, संक्रमण फैलने खतरा

अर्थ राजनीति  ~  भारतका ठूला सहरमा कोरोना संक्रमण बढ्दै जान थालेपछि रोजगारीमा भारतमा गएका नेपालीहरू आउने क्रम बढेको छ । भारतमा रोजगारी गरिरहेका नेपालीलाई कोरोना संक्रमण दर बढेपछि रोजगारदाता कम्पनी तथा साहुहरूले नेपालीलाई रोजगारीबाट छुटाउने गरेका छन् । भारतको मुम्बईमा लामो समयदेखि एउटा घरमा सेक्युरेटी गार्डका रूपमा काम गरिरहेका कालीकोट नरहरिनाथका अवि सार्कीले त्यहाँका घरभेटीले […]

राष्ट्रपति भण्डारीले गरिन् पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

अर्थ राजनीति  ~  राष्ट्रपति विद्यादेवी भण्डारीले३०० औ पृथ्वीजयन्तीको अवसरमा मंगलबार पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् । पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा मंगलबार उनले सिंहदरबारको पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन् । विभिन्न राजनीतिक दलका नेता तथा मन्त्रीसहित सरकार कर्मचारी पनि माल्यार्पण कार्यक्रममा सहभागी भएका छन् । यसैबीच,  पृथ्वी जयन्तीका […]

एमसीसी बहस : आवश्यक छ पास गरौँ, छैन फिर्ता गरौँ

अर्थ राजनीति  ~  अमेरिकी सरकारको मिलिनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) र नेपाल सरकारबीच भएको अनुदान सहयोगसम्बन्धी सम्झौता एमसीसी कम्प्याक्ट आवश्यक भए यथासिघ्र संसदबाट पास गर्नुपर्ने र आवश्यक नभए फिर्ता गर्नुपर्ने विज्ञहरुले बताएका छन् । आइतबार एक बहसमा बोल्दै विभिन्न क्षेत्रका विज्ञहरुले सरकारलाई जतिसक्दो चाँडो एमसीसी कम्प्याक्टको विषय टुङ्गोमा पुर्‍याउन आग्रह गरेका छन् । सडकमा आएका वेतुकका […]

सीसीएमसीसीले गरेको सिफारिस बमोजिम “विद्यालयहरू बन्द गर्ने “

अर्थ राजनीति  ~  कोभिड सङ्कट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीले गरेको सिफारिसबमोजिम “विद्यालयहरू बन्द गर्ने निर्णय गरिने” शिक्षा मन्त्रालयका अधिकारीले बताएका छन्। उनीहरूका भनाइमा माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय कार्यान्वयन गर्नेगरी सीसीएमसीसीको सिफारिस अनुमोदन हुनेछ। विद्यालयबाहेक कलेज र विश्वविद्यालयहरूले पहिले नै तालिका निकालेका परीक्षाहरू रद्द नहुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ताले बताए। कतिपय […]

पृथ्वी जयन्तीको अवसरमा पूर्वराजा ज्ञानेन्द्र सिंहदरबार जाने

अर्थ राजनीति  ~  पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सिंहदरबार जाने भएका छन् ।उनी सिंहदरबारको मुल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गर्न जाने  कार्यक्रम रहेको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिए । उनी मध्यान्ह साढे १२ बजे त्यहाँ पुग्ने कार्यक्रम छ । मंगलबार पृथ्वीनारायण शाहको ३०० जन्मजयन्ती […]

काठमाडौं र ललितपुरमा मंगलबारबाट फाइजर खोप लगाइँदै

अर्थ राजनीति  ~  सरकारले आगामी मंगलबारदेखि १२ देखि १७ बर्ष उमेर समूहका किशोर किशोरीलाई कोरोना विरुद्धको फाइजर खोप दिने भएको छ । काठमाडौं र ललितपुर जिल्लामा मंगलबारदेखि फाइजर खोप सुरु गर्नका लागि सबै स्थानीय तहमा पत्र पठाइसकिएको काठमाडौं जनस्वास्थ्य कार्यालयका प्रमुख शम्भु काफ्लेले जानकारी दिनुभएको हो । भक्तपुरमा भने आजै देखि मोडर्ना खोप लगाउन थालिएको […]