भारतमा कोरोना संक्रमण तीव्र भएपछि नेपाल आउने बढे, संक्रमण फैलने खतरा

Machchapuchchre

अर्थ राजनीति  ~  भारतका ठूला सहरमा कोरोना संक्रमण बढ्दै जान थालेपछि रोजगारीमा भारतमा गएका नेपालीहरू आउने क्रम बढेको छ । भारतमा रोजगारी गरिरहेका नेपालीलाई कोरोना संक्रमण दर बढेपछि रोजगारदाता कम्पनी तथा साहुहरूले नेपालीलाई रोजगारीबाट छुटाउने गरेका छन् । भारतको मुम्बईमा लामो समयदेखि एउटा घरमा सेक्युरेटी गार्डका रूपमा काम गरिरहेका कालीकोट नरहरिनाथका अवि सार्कीले त्यहाँका घरभेटीले नै कोरोना संक्रमण बढेकाले रोजगारी दिन नसक्ने नेपाल फिर्ता हुन सुझाएकाले आफू घरमा फिर्ता भएको बताए ।  नेपाल भारत सीमा क्षेत्र बाँके जमुनाहा नाकामा सञ्चालन गरिएको हेल्थ डेस्कका प्रमुख चिरन्जीवी ज्ञवालीले दैनिक पाँच हजार बढी नेपाली तथा भारतीय नागरिकहरू नेपालमा आउने गरेको बताए । ‘भारतबाट नेपालमा आउने नेपाली तथा भारतीय नागरिकको संख्या बढेको छ,’ उनले भने, ‘नेपालमा संख्या वृद्धि भए पनि स्वास्थ्य परीक्षण भने कमैको हुने गरेको छ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्