राष्ट्रपति भण्डारीले गरिन् पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

Machchapuchchre

अर्थ राजनीति  ~  राष्ट्रपति विद्यादेवी भण्डारीले३०० औ पृथ्वीजयन्तीको अवसरमा मंगलबार पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् । पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा मंगलबार उनले सिंहदरबारको पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन् । विभिन्न राजनीतिक दलका नेता तथा मन्त्रीसहित सरकार कर्मचारी पनि माल्यार्पण कार्यक्रममा सहभागी भएका छन् । यसैबीच,  पृथ्वी जयन्तीका अवसरमा ट्वीट गरेका गुरुङले भारतले लिपुलेकसम्म सडक बनाइरहेको विषयलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमि लिपुलेकमाथि गरिरहेको दावा भनेका छन् । यस विषयमा नेपाल सरकारले भारतीय सरकारलाई कुटनैतिक नोट पठाएर तुरुन्त वार्तासमेत गर्न जरुरी रहेको उपभापति गुरुङले सरकारसँग माग गरेका छन् । उनले लेखेका छन्, पृथ्वीनारायण शाहलाई सम्झौं। पृथ्वीनारायण शाहप्रति सम्मान गरौं। विदेशी अतिक्रमणबाट देशलाई जोगाऔँ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्