सीसीएमसीसीले गरेको सिफारिस बमोजिम “विद्यालयहरू बन्द गर्ने “

Machchapuchchre

अर्थ राजनीति  ~  कोभिड सङ्कट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीले गरेको सिफारिसबमोजिम “विद्यालयहरू बन्द गर्ने निर्णय गरिने” शिक्षा मन्त्रालयका अधिकारीले बताएका छन्। उनीहरूका भनाइमा माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय कार्यान्वयन गर्नेगरी सीसीएमसीसीको सिफारिस अनुमोदन हुनेछ। विद्यालयबाहेक कलेज र विश्वविद्यालयहरूले पहिले नै तालिका निकालेका परीक्षाहरू रद्द नहुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ताले बताए। कतिपय शिक्षाविद्ले चाहिँ विद्यालय बन्द गर्नुभन्दा सबै बालबालिकालाई खोप लगाउने व्यवस्था मिलाएर शैक्षिक सत्रअनुसार पठनपाठन जारी राख्नुपर्ने बताएका छन्। सोमवार बिहान शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीसीएमसीसीको सिफारिसलाई मन्त्रालयले कार्यान्वयनमा लाने बताए। उनले भने, “सबै विद्यालयहरू माघ १५ गतेसम्म बन्द गर्ने भन्ने निर्णयलाई हामी तलमाथि गर्दैनौँ।”सीसीएमसीसीले कोरोनाभाइरस सङ्क्रमणलाई वृद्धिलाई दृष्टिगत गरेर विद्यालय बन्द गर्न आइतवार सिफारिस गरेको थियो। उक्त सिफारिसका आधारमा सोमवारको निर्णय भएको अधिकारीहरूको भनाइ छ। मन्त्रालयका भनाइमा विद्यालय बन्द गरिएको अवधिमा सबै विद्यार्थीलाई खोप लगाइसक्ने योजना सरकारको छ। शर्माले भने, “विद्यार्थीहरूलाई यो अवधिमा खोप लगाइसक्ने भन्ने छ। १२ देखि १७ वर्ष उमेरका सबै विद्यार्थीलाई खोप लगाउने, त्यो उमेर समूहका विद्यार्थी सङ्ख्या हेरेर विद्यालयमै खोप लगाउने प्रबन्ध गर्ने हो।”

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्