रिलायबल लाइफ इन्स्योरेन्स पाँचौँ वर्षमा प्रवेश

अर्थ राजनीति  ~  रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी पाँचौँ वर्षमा प्रवेश गरेको छ । २०७४ साल भदौ १५ गतेदेखि जीवन बीमा व्यवसाय शुभारम्भ गरेको यस कम्पनी आजदेखि ४ वर्ष पुरागरि ५ औँ वर्षमा प्रवेश गरेको हो ।  कम्पनीले वार्षिकोत्सवको अवसरमा प्रत्यक्ष अप्रत्यक्ष कम्पनीलाई सहयोग गर्ने व्यक्ति तथा संस्था, बीमित, अभिकर्ता, नियामक निकाय बीमा समिति, शेयरधनी, अभिकर्ता, […]

‘राष्ट्र बैंकको सोलोडोलो नीतिबाट संकटमा विकास बैंक र फाइनान्स कम्पनी

अर्थ राजनीति  ~  मौद्रिक नीति र कार्यान्वयनका लागि परिपत्रमा समेत वाणिज्य बैंकलाई एक आपसमा गाभिएको खण्डमा प्रदान गरिने सुविधा तथा छुटको सूची लामै छ। तर उक्त सूचीमा विकास बैंक तथा वित्त कम्पनीलाई सम्बोधन नगरिएकोले अब विकास बैंक र वित्त कम्पनीको मर्जर आवश्यकता छैन भन्ने नेपाल राष्ट्र बैंकको धारणा रहेको स्पष्ट हुन्छ। आर्थिक वर्ष २०७८/७९ को […]

दुई ठुला बिमा कम्पनीको मर्जर तयारी

अर्थ राजनीति  ~  सगरमाथा इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्यारेन्स कम्पनीबीच मर्जरको विषयमा थप छलफल सुरु भएको छ । मर्जर गर्न दुबै पक्ष सहमत भएपनि स्वाप रेसियोको विषयमा सहमति हुन सकेको छैन । श्रोतका अनुसार यी दुई कम्पनीका सञ्चालकहरुबीच मर्जरका लागि २४ साउनमा नै भद्र सहमति भएको थियो । तर, सेयर अनुपात (स्वाप रेसियो) को […]

कुलमान घिसिङ विरुद्धको रिट प्रधानन्यायाधीशको बेन्चमा

अर्थ राजनीति  ~  विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको विरुद्धमा परेको रिट उपर आज सुनुवाइ हुँदै छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफैंले सुनुवाइ गर्नेगरी सो रिटको पेशी तोकेका छन् । कार्यकारी निर्देशक पदमा ‘थमौती गरिपाऊँ’ भन्दै हितेन्द्रदेव शाक्यले साउन ३२ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले प्राधिकरणमा कुलमान घिसिङको […]

सार्क राष्ट्रका सरकार प्रमुखको बैठक बोलाउन प्रधानमन्त्री देउवालाई आग्रह

अर्थ राजनीति ~  दक्षिण एसियाली मुलुक अफगानिस्तानमा राजनीति उथलपुथल र मानवी संकट आइररहेका बेला दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रका सरकार प्रमुखको बैठक हुनुपर्ने भन्दै मानव अधिकार तथा शान्ति समाजले बैठक बोलाउन आग्रह गरेको छ । सार्कको अध्यक्षका रुपमा रहेको नेपालले बैठक बोलाउनुपर्ने समाजको माग छ । समाजले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्दै […]

” निजी क्षेत्रलाई विश्वासमा नलिई आर्थिक समृद्धि असम्भव ” : उद्यमी शेखर गोल्छा

अर्थ राजनीति  ~  उद्यमी शेखर गोल्छा नेपाल उद्योग वाणिज्य महासंघ नेतृत्वमा पुगेको करिब आठ महिना भएको छ । कार्यकारिणी समिति सदस्य, एसोसिएट उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुँदै महासंघ नेतृत्वमा पुगेका गोल्छा आफ्नो व्यवसायमा जस्तै महासंघ राजनीतिमा पनि अनुभवी र परिपक्व मानिन्छन् । महासंघमा आफ्नो पारिवारिक अग्रजहरूको योगदान रहेको उल्लेख गर्दै नेतृत्वका लागि दृढता देखाएका गोल्छा […]

रुरु जलविद्युतद्वारा आकर्षक नगद लाभांश सहित बोनस सेयर वितरण

अर्थ राजनीति  ~  रुरु  जलविद्युत परियोजना लिमिटेडले आकर्षक नगद लाभांशसहित बोनस सेयरको घोषणा गरेको छ । गत मंगलबार बसेको परियोजनाको सञ्चालक समितिले गत आर्थिक वर्ष २०७६/७७ र ७७/७८ का लागि कम्पनीको मुनाफाबाट आकर्षक लाभांश घोषणा गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्ता पुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । त्यसैगरी,आर्थिक […]

घिसिङको नियुक्त विरूद्धको मुद्दा न्यायाधीश रेग्मीको बेञ्चमा

अर्थ राजनीति  ~  नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरूद्ध सर्वोच्च अदालतमा दायर रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ । घिसिङको नियुक्ती बदरको माग गर्दै सर्वोच्च पुगेका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको हो ।प्राधिकरणको कार्यकारी निर्देशक रहेकै बेला ऊर्जा आयोगको विशेष सदस्य बनाइएका शाक्यले आफूले सो पद […]

उपाध्यक्ष डा. केसी: ” एनआरएनए हाँक्नलाई म परिपक्व छु”

अर्थ राजनीति  ~  गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले आफू एनआरएन हाक्नलाई परिपक्व भएको बताएका छन् । गैरआवासीय नेपली संघको दशौं विश्व सम्मेलन तथा महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिने तयारी गरेका डा.केसीले आफू परिपक्व उम्मेदवार भएको बताएका हुन्। उनले भने, ‘म आफैं पनि एनआरएनए हाँक्नलाई म परिपक्व छु भन्नेमा मभन्दा पनि बढी तपाईंहरु […]

छ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

अर्थ राजनीति  ~ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज मंगलबार छ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । हालसम्म  नेप्सेमा पञ्चकन्यामाइ हाइड्रोपावर, जीवन विकास लघुवित्त, खानीखोला हाइड्रोपावर, नेशनल हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र दिव्याश्वरी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको हो । यी कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । त्यस्तै,  नेप्सेमा सामान्य अंकको गिरावट आएको […]