रुरु जलविद्युतद्वारा आकर्षक नगद लाभांश सहित बोनस सेयर वितरण

Machchapuchchre

अर्थ राजनीति  ~  रुरु  जलविद्युत परियोजना लिमिटेडले आकर्षक नगद लाभांशसहित बोनस सेयरको घोषणा गरेको छ । गत मंगलबार बसेको परियोजनाको सञ्चालक समितिले गत आर्थिक वर्ष २०७६/७७ र ७७/७८ का लागि कम्पनीको मुनाफाबाट आकर्षक लाभांश घोषणा गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्ता पुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । त्यसैगरी,आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजन) वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश आगामी १५ औँ र १६ औँ वार्षिक साधारण सभाबाट पारित गरेपछि वितरण गरिने कम्पनीले जनाएको छ । कम्पनीले गत चैत २० गतेदेखि चैत २४ गतेसम्म १२० रुपैयाँ दरले कुल ४ करोड ८९ लाख २४ हजार ७२० रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्