नबिल दिगो बैंकिङ र नेपाल उद्योग परिसंघबीच अन्तरक्रिया कार्यक्रम

अर्थ राजनीति  ~  नबिल बैंक र नेपाल उद्योग परिसंघ–वूमन लिडरसिप फोरमले महिला उद्यमीहरुका लागि नबिल दिगो बैंकिङ र साना तथा मझौला कर्जा विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले महिला उद्यमशीलताको लागि चालेका कदमहरु र उपलब्ध कर्जाको बारेमा जानकारी गराएका हुन् । दिगो बैंकिङ तथा अन्य महिला केन्द्रित पहलहरुको साथै यसले […]

हप्ता दिनमै विकास बैंकहरुको कर्जा लगानी दोब्बर

अर्थ राजनीति  ~  पछिल्लो साता विकास बैंकहरुमा कर्जा मागको दर ह्वात्तै बढेको छ । अघिल्लो साताको तुलनामा यससाता बैंकहरुको कर्जा लगानी करिब दोब्बर बढीले वृद्धि भएको हो ।  डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपालले बुधबार सार्वजनिक गरेको रिपोर्टअनुसार गत भदौ २६ गतेदेखि असोज १ गतेसम्ममा राष्ट्रिय स्तरका विकास बैंकहरुको कर्जा लगानी ५ अर्ब ३९ करोडले बढेर […]

ग्लोबल आइएमई बैंक र निड्सबीच सम्झौता

अर्थ राजनीति  ~  ग्लोबल आइएमई बैंक र नेपाल विकास अध्ययन संस्थानबीच लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिलाई सहुयितपूर्ण कर्जा साथै वित्तीय साक्षरता एवम् उद्यमशीलता तालिम उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार संस्थानको सिफारिसमा वैदेशिक रोजगारीबाट फर्केका युवा, वैदेशिक रोजगारीमा रहेका श्रमिकका आश्रित परिवार, मानव बेचविखनमा परी उद्घार गरिएकालगायत लक्षित समुदाय तथा क्षेत्रका […]

मुक्तिनाथ विकास बैंकको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरमा भारी वृद्धि

अर्थ राजनीति  ~  मुक्तिनाथ विकास बैंकले असोज १ गतेदेखी लागु हुने गरी व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरमा भारी वृद्धि गरेको छ । बैंकले व्यक्तिगत मुद्दतीमा ३ महिनाको लागि नै सर्वाधिक १० प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुर्ने गरी ब्याजदर दिने भएको छ ।  साथै, बैंकले ३ महिने संस्थागत मुद्दतीमा पनि सर्वाधिक ९.५ प्रतिशत वार्षिक […]

विश्व बैंकसँग शिक्षा र स्वास्थ्यका लागि पौने ६ अर्ब ऋण लिने सम्झौता

अर्थ राजनीति   ~    नेपाल सरकार र विश्व बैंकबीच शिक्षा र स्वास्थ्यको क्षेत्रमा पौने ६ अर्ब सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि पचास मिलियन अमेरिकी डलर अर्थात करिब पाँच अर्ब ८७ करोड बराबरको सहुलियतपूर्ण ऋण विश्व बैंकबाट लिने सम्झौता भएको हो । बुधबार अर्थ मन्त्रालयमा एक […]

राष्ट्रिय वाणिज्य बैंकले उद्यमशीलता विकास र वित्तीय साक्षरता तालिम संचालन गर्ने

अर्थ राजनीति  ~  राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय युवा परिषद् र संखुवासभाको चैनपुर नगरपालिका बीच मंगलबार काठमाडौंमा सम्झौता भएको छ । युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम संचालन गर्ने सम्बन्धमा उक्त सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेल […]

पर्यटन क्षेत्रलाई लयमा ल्याउन निजी क्षेत्रसँगको सहकार्य जरुरीः वरिष्ठ उपाध्यक्ष ढकाल

अर्थ राजनीति  ~  नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले संकटमा परेको पर्यटन व्यवसायलाई पुनः लयमा ल्याउन सरकार र निजी क्षेत्रबीच सहकार्यको जरुरी रहेको बताएका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघको कार्ययोजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै ढकालले कोभिड महामारीबाट पर्यटन क्षेत्रमा सबैभन्दा ठूलो संकट परेकाले यसलाई समाधान गर्न सबै पक्षको सहकार्य जरुरी हुने बताए […]

विकास बैंकहरुको निक्षेप संकलन र कर्जा लगानीमा वृद्धि

अर्थ राजनीति  ~  विकास बैंकहरुले गएको एक सातामा निक्षेप संकलन र कर्जा लगानी दुबैको दायरा थप विस्तार गरेका छन् ।  डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले सार्वजनिक गरेको तथ्यांक अनुसार एक साता (भदौ १९ देखि २५ गते) सम्मको अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरुको निक्षेप ०.२४% प्रतिशतले र कर्जा लगानी ०.७९% ले विस्तार भएको हो । गत हप्ता ४ […]

राष्ट्रिय अभिभावक महासङ्घ : ” विद्यालय खोल्न हतार नगरौ “

अर्थ राजनीति  ~  कोभिड–१९ को जोखिमको विश्लेषणका आधारमा काठमाडौँ र अन्य जिल्लाका स्थानीय तहमा आगामी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने गरी तयारी गरिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारीले मङ्गलबार बोलाएको बैठकमा स्वास्थ्य जोखिमको स्थिति विश्लेषण गरी जिल्ला सङ्कट व्यवस्थापन केन्द्रसँगको समन्वयमा कुन समूह वा सिफ्टमा विद्यालय खोल्ने भन्ने एकरूप कार्ययोजना पेश गर्न […]

सुन धितो कर्जाको विषयमा यसो भन्छ महालक्ष्मी बैंक

अर्थ राजनीति  ~  महालक्ष्मी बैंकले सुनको धितो कर्जाको विषयमा स्पोष्टक्ति दिएको छ । बैंकको कुमारीपाटी शाखामा सुन धितो राखेर कर्जा लिएकी ललितपुरको ईमाडोलकी कर्जा ग्राहक विष्णु महर्जनले कर्जा चुक्ता गरी धितो फिर्ता लिने सन्दर्भमा फरक बुझाई हुनगई तत्काल धितो फिर्ता नभएको विषयलाई लिएर केही सञ्चारमाध्यममा आएका समाचारप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैंकले […]