नेपालमा क्रिप्टोकरेन्सीको कारोबार भइरहेको राष्ट्र बैंकको आशंका

अर्थ राजनीति  ~   कानुनतः ‘क्रिप्टोकरेन्सी’ नेपालमा प्रतिबन्धित छ । यद्यपि आर्थिक मन्दीका बिच नेपालमा यसको अवैध कारोबार हुनका साथै ठूलै परिमाणमा बाहिरिने गरेको आशंका केन्द्रीय बैंकले गरेको छ । बिटक्वाइन, ईथर, टीथर, बीएनबीजस्ता सयौँ अभौतिक मुद्रालाई प्रयोग गरी सट्टेबाजीमा गिरोहहरूले नेपालबाट लगानी बाहिर लगिरहेको हुन सक्ने आशंका केन्द्रीय बैंकले गरेको हो । नेपालमा विदेशी विनिमय […]

घरजग्गा बजारमा चरम मन्दी, घरको मूल्य आधा करोडसम्म घट्यो

अर्थ राजनीति   ~   चरम मन्दीका कारण घरको मूल्य आधा करोड रुपैयाँसम्म घटेको छ। काठमाडौं उपत्यकामा घरजग्गा व्यवसायीहरुले निर्माण गरेका कोलोनी, हाउजिङ तथा अपार्टमेन्टहरुको बिक्री मूल्यमा गिरावट देखिन थालेको हो। तरलता अभावका साथै महँगो ब्याजदरका कारण करिब वर्षदिन यता घरजग्गा कारोबार प्रभावित बनिरहेको छ। जसका कारण रियल इस्टेट कम्पनीहरु हायलकायल भएका छन्। निर्माण गरेर राखेका युनिट […]

बैंकिङ क्षेत्रमा मडारिएको संकट

अर्थ राजनीति  ~  पछिल्लो समयमा देशका विभिन्न स्थानमा बैंक तथा वित्तीय संस्थाहरूविरुद्ध दबाब र त्रास फैलाउने अराजक गतिविधि बढ्दै गएको समाचार दिनहुँजसो बाहिरिरहेका छन् । यस्ता घटनक्रमले बैंक तथा वित्तीय संस्थाका क्रियाकलापलाई प्रभावित पारी देशको अर्थतन्त्रलाई थप संकुचनमा पुर्याउने हो कि भन्ने चिन्ता बढाएको छ । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय […]

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

अर्थ राजनीति  ~  अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई औपचारिक रुपमा गिरफ्तार गरिएको र प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ । अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने उनी पहिलो पूर्वराष्ट्रपति हुन् । उनले मंगलबार अपरान्ह म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका थिए । मंगलबार न्युयोर्कको अदालतमा आत्मसमर्पण गरेका ट्रम्प विरुद्ध विभिन्न ३४ वटा आपराधिक […]

ऋण उठाउन नसकेपछि एनआईसी एशिया बैंकले गुहार्‍यो कम्पनी रजिष्ट्रार

अर्थ राजनीति  ~   विगतमा आँखा चिम्लेर जथाभाबी लगानी गर्ने, बैंक सञ्चालक र कर्मचारीहरूको मिलेमतोमा जोखिमपूर्ण लगानी गर्दै आएको एनआईसी एशिया बैंकले अर्को अनौठो हर्कत गरेको छ । यस बैंकले ऋणीबाट ऋण असुल्न कम्पनी रजिष्ट्रार कार्यालयलाई पत्रचार गरेको तथ्य फेला परेको छ ।  ऋण असुली न्यायाधिकरणमा पनि ऋण असुल्न मुद्दा हाल्नेको पहिलो नम्बरमा रहेको एनआईसी एशिया बैंकले […]

शेयरबजारप्रति अर्थमन्त्री डा. महतको चासो

अर्थ राजनीति  ~  पछिल्लो समय शेयरबजार निरन्तर घटिरहेको छ । छोटो समयमै २२७७ सम्म पुगेको धितोपत्र बजारको सूचक नेप्से फेरि १८ सयको लाइनमा आएको छ । सोमवार बजार बन्द हुँदा नेप्से १ हजार ८७१ दशमलव ८८ विन्दुमा छ । यही बेला नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयरबजारप्रति चासो देखाएका छन् । सोमवार उनले लगानीकर्ता बोलाएर […]

ब्याज नघटाउने दबाबमा बैंक

अर्थ राजनीति ~  नेपाल राष्ट्र बैंकले नीतिगत दरहरु नघटाउने हो भने बैंकहरुले वैशाखमा निक्षेपको दर यथावत राख्‍ने भएका छन्। गत माघ र चैतमा घटाइएको निक्षेपको दरका कारण आधार दर केही कम भए पनि थप ब्याज घट्ने सम्भावना भने टरेको छ। १० वटा बैंकहरुको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत नजिक रहेको र अन्य दुई नियामकीय […]

एनआईसी एसिया मर्जर पार्टनर खोज्दै

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकको दबाबपूर्ण मर्जर नीतिलाई कतिपय ठूला बैंकहरुले स्वीकार गरिसकेका छन् । बाँकी रहेका केही चर्चित बैंकहरुको मर्जरको चर्चाले अहिले पनि बजार भने तातिरहेको छ । तुरुन्तै मर्जरमा जानुपर्ने दबाबमा रहेको एउटा ठूलो बैंक हो, एनआईसी एसिया बैंक । तर, सो बैंकसंग मर्जरमा जाने इच्छा भने कुनै बैंकहरुले देखाइरहेका छैनन् । […]

राष्ट्र बैंकले २८ अर्ब रुपैयाँ ५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले सोमबार (आज) २८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको छ । बैंकले २८ दिन अवधिको ४ अर्ब, ९१ दिन अवधिको ७ अर्ब ७५ करोड रुपैयाँ, १८२ दिन अवधिको ५ अर्ब ३० करोड रुपैयाँ र ३६४ दिन अवधिको ११ अर्ब रुपैयाँ गरी कुल २८ अर्ब ५ करोड रुपैयाँ बराबरको […]

कोरोना महामारीयताकै सर्वाधिक पर्यटक भित्रिए

अर्थ राजनीति  ~   सन् २०२३ को मार्चमा ९९ हजार ४२६ जना पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मार्चमा सन् २०२० मा सुरु भएको कोरोना महामारीयताकै सर्वाधिक पर्यटक नेपाल भित्रिएका हुन्। सन् २०२२ को यही महिनामा ४२ हजार छ जना पर्यटक आएका थिए भने सन् २०२१ को मार्चमा १५ हजार २५४ जना […]