प्रधानमन्त्री ओलीले भोलि मंगलवार ११ बजेका लागि सर्वदलीय बैठक बोलाए

अर्थ राजनीति ~ प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार ११ बजेका लागि सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे बसेर कुरा गर्ने की भनेर सर्वदलीय बैठक बोलाएका हुन् । नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक विवाद बढिरहेका बेला प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन् । ओलीले इच्छा बिपरित नेकपा स्थायी कमिटी बैठक बसेको थियो । […]

खाने तेलको मूल्य बृद्दि

अर्थ राजनीति ~ बजारमा तोरी, सोयाबिन र सूर्यमुखी तेलको मूल्य वृद्धि भएको छ । एक महिनाको अवधिमा दुई प्रकारका तेलको भाउ प्रतिलिटर ४० देखि ५० रुपैयाँसम्मले वृद्धि भएको छ  । होलसेलबाट बढेको मूल्यमा तेल आएको भनेर खुद्रा ब्यापारीलाई जानकारी गराइएको नेपाल खुद्रा ब्यापार संघका महासचिव अमुलकाजी तुलाधरले जानकारी दिए । उपभोक्तालाई एक महिनाको बीचमै तेलको […]

सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ घोषणा मंसिर २३ गते गर्ने

अर्थ राजनीति ~ सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ घोषणा मंसिर २३ गते गर्ने  जानकारी दिएको  छ । नापी विभागको कार्यालय मीनभवनमा सगरमाथाको उचाइ घोषणा तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । विभागका उपमहानिर्देशक सुशील नरसिंह राजभण्डारीले मंसिर २३ गते दिउँसो साढे १ बजे आयोजना हुने उक्त कार्यक्रमका लागि पत्राचारसमेत गरेका छन् । सगरमाथाको उचाइ […]

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु

अर्थ राजनीति ~ पछिल्लो २४ घन्टामा कोरोना भाइरस स‌ं‌क्रमणका कारण  ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको  छ । काठमाडौंका २ जना, झापा, रुपन्देही, सुर्खेत र कैलालीका १/१ जनाको मृत्यु भएको सम्बन्धित अस्पताल र  प्रदेशका सामाजिक विकास मन्त्रालयले जनाएका छन् ।

योगेशकुमार भट्टराईले निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सक्न निर्देशन दिए

अर्थ राजनीति ~ संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सक्न आयोजना प्रमुख र निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार नर्थ वेस्ट कम्पनीलाई निर्देशन दिएका छन् । आयोजना प्रमुख प्रवेश अधिकारीले आयोजनाको काम ९२ प्रतिशत पूरा भइसकेको भन्दै बाँकी काम विदेशमा रहेका जनशक्ति नआउँदा रोकिएको बताए। उनले लकडाउनको समयमा पनि […]

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु

अर्थ राजनीति ~ पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कास्कीका तीन जना तथा सिराहा, काठमाडौं, काभ्रे, धादिङ, चितवन, बर्दिया, कैलाली र कञ्चनपुरका एकएक जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालय तथा सम्बन्धित अस्पतालहरुले जनाएका छन् ।

वामदेव गौतमले प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई पदबाट हटाउन माग

अर्थ राजनीति ~ शनिबार बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र सरकारी पत्रिका गोरखापत्रका विषयमा केही नेताले टिप्पणी गरेका छन । पूर्वप्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेता झलनाथ खनालले केपी ओली पक्षले गोरखापत्र दैनिकको दुरुपयोग गरिरहेको भन्दै असन्तुष्टि प्रकट गरेका हुन् । नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई पदबाट […]

पछिल्लो २४ घन्टामा १०२४ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि

अर्थ राजनीति ~ पछिल्लो २४ घण्टामा  १०२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको  छ । पछिल्लो २४ घण्टामा ६०७४ नमुना परीक्षण गर्दा ४०२ महिला र ६२२ पुरुषमा संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ । उनीहरुमध्ये २ लाख २४ हजार ५३ जना […]

तीन दिनभित्र कोरोना बीमाको मागदाबी भुक्तानी गर्नुपर्ने

अर्थ राजनीति ~ अर्थमन्त्रालयले कोरोना बीमा मागदाबी तीन दिनभित्र भुक्तानी दिन निर्देशन दिएको छ । यो भन्दा अघि पनि मन्त्रालयले निर्देशन दिएको थियो ।  मन्त्रालयले हालसम्म न्यून संख्यामा मात्र भुक्तानी भएको, दैनिक प्रगति प्रतिवेदन नियमितरूपमा मन्त्रालयमा प्राप्त नभएको  जानकारी दिएको छ । कोरोना बीमा मापदण्ड बमोजिम प्रक्रिया तथा कागजात पूरा भएका दाबीहरुको भुक्तानी ३ दिनभित्र […]

४ बजे नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठक बस्दै

अर्थ राजनीति ~ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । ओली राष्ट्रपति भण्डारीलाई भेट्न विहान शीतल निवास पुगेका थिए । बिहीवारको नियमित मन्त्रिपरिषदको बैठक अघि ओलीले राष्ट्रपतिलाई भेटेका हुन् । प्रधानमन्त्री र राष्ट्रपतिबीच भेट भएको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाइले जानकारी दिए । आजै ४ बजे मन्त्रिपरिषदको बैठक बस्दै छ । नेपाल […]