केपी ओली कि कामचलाउ मात्रै कि पदबाट राजीनामा अनिवार्य – माधव नेपाल

अर्थ राजनीति ~  नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कामचलाउ मात्रै भएको भन्नुपर्ने अथवा पदबाट राजीनामा दिएर देश लाई निकास दिनुपर्ने बताएका  छन् । पत्रकारहरुको भेलालाई मंगलबार सम्बोधन गर्दै नेता नेपालले भने, ‘आफैंले संसद विघटन गरेपछि  उनि संसद रहेन, संसद पनि नरहेपछी  उनि प्रधानमन्त्री पनि रहँदैन  त्यसैले उहाँले […]

प्रचण्ड–माधव समूह र कांग्रेसले संसदीय दलको बैठक बोलायो

अर्थ राजनीति ~  प्रदेश १ को हिउँदे अधिवेशनको तयारीका लागि सत्तारुढ नेकपाको प्रचण्ड–माधव समूहले संसदीय दलको बैठक मंगलबार दिउँसो बोलाएको हो भने र  नेकपा ओली समूहको बैठक भने स्थगित भएको छ ।  बहुमत सदस्यको उपस्थिति नहुने भएपछि ओली समूहको बैठक स्थगित भएको हो । तेस्तै, बुधबार दिउँसो २ बजेबाट सुरु हुने अधिवेशनको तयारीका लागि नेपाली […]

भारतको गुजरातमा सोमबार राति ट्रकले किच्दा १५ जनाको मृत्यु

अर्थ राजनीति~ भारतको गुजरातमा सोमबार राति ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ । गुजरातको सुरत भन्ने स्थानको सडक पेटीमा  मजदुरहरुमाथि एक ट्रक अनियन्त्रित भइ गुडेको थियो । यो  घटनामा १५ जनाको घटनास्थलमै मृत्यु भएको र सात जना घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । १३ जनाको घटनास्थलमै र २ जनाको सुरतस्थित स्मीमेर अस्पतालमा […]

संसद् चल्दा कसैले उठाउन नसकोस् भनेर भुइँमा ठोकिए कुर्सी

प्रदेश १ को प्रदेशसभा बैठक बुधबार सुरु हुँदै छ। यसपटक बैठकस्थलको तयारी विगतभन्दा भिन्न रूपमा गरिएको छ। सांसद बस्ने कुर्सी फेर्नेदेखि कुर्सीका खुट्टालाई एकअर्कामा जोडेर फलामको पाताको ‘बोल्डिङ’ नै गरिएको छ। कुर्सी उचाल्न र हल्लाउन नसक्ने बनाइएको छ। यसअघिका कुर्सी सार्न र उठाउन मिल्ने थिए। अबको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले […]

बेलायतका राजदूतमा रेग्मी नियुक्त

अर्थ राजनीति ~ राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि नेपाली राजदूतमा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा उनलाई नेपालका लागि आवासीय बेलायती राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमा जनाएका छन् ।

नेपालमा कोरोनाको नयाँ प्रकार भित्रियो

अर्थ राजनीति ~ कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रकारको भएको पाइएको हो । पुस पहिलो साता बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण भएको १३ पुसमा पुष्टि भएको थियो । तर जिन सिक्वेन्सिङ नभएका कारण नयाँ प्रकार भए/नभएको खुलेको थिएन । […]

पेट्रोल र डिजेलकाे भाउ बढ्याे

अर्थ राजनीति ~ नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटि्टतेलकाे भाउ बढाएकाे छ । साेमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य बढाइएकाे निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिए ।

‘यस्तो काल्पनिक कुरामा अदालत जान मिल्दैन । यो कुरामा श्रीमानले भन्ने होइन, हाउसले भन्ने हो।’ – भीमार्जुन आचार्य

अर्थ राजनीति ~  आइतबार प्रतिनिधिसभा विघटनविरूद्ध बहस गर्न उभिएका अधिवक्ता र न्यायाधीशबीच सवाल–जवाफ भएको छ । बहस गर्न उभिनु भएका बरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले संविधानले दुई अवस्थामा मात्र प्रतिनिधिसभा विघटन हुन सक्ने तर्क गर्नुभयो । पहिलो प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष पूरा भएको अवस्थामा र दोश्रो, संविधान अनुसार सरकार गठन हुन सक्ने अवस्था नभएको अवस्थामा । […]

आवेग र आक्रामक आन्दोलन गर्न युवा विद्यार्थीहरुलाई निर्देशन : प्रचण्ड

अर्थ राजनीति ~ नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवेग र आक्रामक आन्दोलन गर्न युवा विद्यार्थीहरुलाई निर्देशन दिएका छन् । आफू सम्वद्ध अनेरास्ववियूको भेलालाई सम्बोधन गर्दै प्रचण्डले केपी शर्मा ओली र उनका मानिसहरुले सेटिङ भइसकेको छ भन्दै हिँडेकाले गर्जिनुपर्ने बेला आएको बताए । ‘हाम्रो आन्दोलन आवेगमय हुनुपर्‍यो, आक्रामक हुनुपर्‍यो । बाघ–सिंह गर्जिए जस्तो गर्जिनुपर्‍यो […]

सर्वोच्च अदालतमा परेका रिटहरुमाथिको सुनुवाइ आज पनि हुँदै

अर्थ राजनीति ~ प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुमाथिको सुनुवाइ आज पनि हुँदै छ । रिटहरुको सुनुवाइ संवैधानिक इजलासमा गर्ने कि वृहत पूर्ण इजलासमा गर्ने भन्ने विषयमा विवाद कायमै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेर आगामी वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा गरेपछि सर्वोच्च अदालतमा १२ […]