घनश्याम भुसाल भन्छन्– ओलीको तृष्णाले मुलुकमा जटिलता आयो

अर्थ राजनीति  ~  एमाले उपमहासचिव एवं पूर्वमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीको कुर्सीमा टाँस्सिरहने तृष्णाका कारण मुलुकको वर्तमान जटिलता सिर्जना भएको बताएका छन् । बहुमत भएको नेकपालाई विभाजनमा ल्याउने र वाम गठबन्धन भत्काउने अवस्था आउनुमा ओली नै जिम्मेवार भएको उनको भनाइ छ । प्रेस चौतारी नेपाल रुपन्देहीले बिहीबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा भुसालले प्रधानमन्त्री ओलीले […]

प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुर बीच भेटवार्ता

अर्थ राजनीति  ~  प्रधानमत्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन्। दुवै पक्षका कार्यदलका सदस्यको उपस्थितिमा भएको वार्ता सकारात्मक भए पनि सहमति केही भएको छैन। थप आन्तरिक छलफल र परामर्श गरेर पुनः वार्तमा बस्‍ने जानकारी ठाकुरले दिएका छन्। प्रधानमन्त्री ओली र ठाकूरबीचको वार्तापछि बालुवाटारमै कार्यदलको छलफल भएको छ। कार्यदलमा […]

काठमाडौं र ललितपुरका नेपाल- खनाल पक्षीय पदाधिकारीको शपथ ग्रहण आज

अर्थ राजनीति  ~  नेकपा एमाले माधव नेपाल – झलनाथ खनाल समूहको काठमाडौं र ललितपुर जिल्ला कमिटीका पदाधिकारीहरूको शपथ ग्रहण हुँदैछ ।​ बल्खुस्थित सिद्धि गणेश पार्टी भेन्युमा काठमाडौं जिल्ला कमिटी पदाधिकारीको  सपथ  ग्रहण कार्यक्रम रहेको बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले रातोपाटीलाई जानकारी दिइन् । उनका अनुसार शुक्रबार बिहान ११ बजेदेखि शपथ कार्यक्रम सुरु हुने छ । […]

‘विद्यार्थीको स्वास्थ्य माथिको खेलवाड बन्द गर’- नेविसंघ

अर्थ राजनीति  ~  नेपाल विद्यार्थी संघले विद्यार्थीको स्वास्थ्य माथिको खेलवाड बन्द गर्न सरकारसंग माग गरेको छ । संघका अध्यक्ष राजिब ढुंगानाले एक बिज्ञप्ति मार्फत सरकारको लाचारी प्रति रोष प्रकट गर्नुभएको छ । प्रत्येक दिन देशभर संक्रमित संख्या बढीरहँदा समेत सरकारको अकर्मण्यता र लाचारीपुर्ण व्यबहारले विद्यार्थीहरूको स्वास्थ्य र भविष्यमाथी ठुलो खेलवाड भैरहेको संघले जनाएको छ । […]

कोरोनाबारे मन्त्रिपरिषद्को नीति : तत्काल लकडाउन नगर्ने तर सतर्कता अपनाउने

अर्थ राजनीति  ~  प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठक कोभिड– १९ को बढ्दो जोखिमका विषयमा केन्द्रित भएको छ । क्याबिनेटले सीसीएमसीको सिफारिसमाथि छलफल गर्दै तत्काल लकडाउन नगर्ने र शैक्षिक संस्थाहरु पनि सुचारु राख्ने निर्णय गरेको छ  तर, संक्रमण फैलन नदिन सचेतना जगाउने र जनतालाई सजग गराउने मन्त्रिपरिषद्को निर्णय छ । एक मन्त्रीले  दिएको जानकारीअनुसार […]

४० देखि ५९ वर्ष उमेर समूहका सर्वसाधारणलाई ‘भेरोसेल’ खोप लगाइँदै

अर्थ राजनीति  ~  चिनियाँ कम्पनीको भेरोसेल कोरोना खोप ४० देखि ५९ वर्ष उमेर समूहका सर्वसाधारणलाई आज पुनः लगाइँदै छ। अत्यावश्यक सेवामा खटिएका बसका चालक र सहचालकसहित १८ देखि ६० वर्षका व्यक्तिलाई पनि खोप लगाउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार फार्मेसीका कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालकसहित अत्यावश्यक सेवामा खटिएका व्यक्तिलाई खोप लगाइनेछ। […]

देश राष्ट्रिय विकासको लक्ष्य हासिल गर्न सफल हुने : परराष्ट्र मन्त्री

अर्थ राजनीति  ~  परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालले केही ठूला प्राकृतिक विपत्ति र कोरोना महामारीको बावजुत पनि राष्ट्रिय विकासको लक्ष्य हासिल गर्न सफल हुने दाबी गर्नुभएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानको वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले विपत्ति, महामारीले चुनौती थपे पनि विकासको लक्ष्य भेट्ने बताउनुभयो । नेपालको विकासको सूचकको केही क्षेत्रमा अझै धेरै काम […]

दोस्रो चरणको कोरोना खोप लगाउने यि १९ स्थानहरु

अर्थ राजनीति  ~  सरकारले दोस्रो चरणको कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप बैसाख ७ गते देखि ११ गते सम्म लगाउने भएको छ । पहिलो चरणमा खोप लगाएकाहरुलाई सरकारले काठमाडौंका विभिन्न १९ स्थानबाट खोप लगाउने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । विहान १० बजे देखि दिउँसो ४ बजेसम्म खोप लगाउने भएकाले खोप कार्ड लिएर सम्पर्क गर्न […]

मध्यपुरथिमि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दियो

अर्थ राजनीति  ~  नयाँ वर्षको अवसरमा मध्यपुरथिमि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिएको छ । नयाँ वर्षमा यहाँ मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा स्थानीयवासीले आजदेखि भव्यरूपमा मनाउने भएपछि नगरपालिकाले पहिलोपटक चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिकाले विगतका वर्षहरुमा वैशाख १ गते नयाँ वर्षको अवसरमा मात्रै बिदा […]

गृहमन्त्रीद्वारा सुरक्षा प्रमुखहरूलाई निर्देशन

अर्थ राजनीति  ~  गृहमन्त्री रामबहादुर थापाले सुरक्षा प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । पोखरामा भएको गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै थापाले आगामी राजनीतिक समीकरणका कारण शान्ति सुरक्षामा पर्ने असरप्रति सजग रहन उहाँले सुरक्षा प्रमुखहरूलाई निर्देशन दिनुभएको हो । गोष्ठीमा प्रदेशका ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित चारै सुरक्षा निकायका प्रमुखहरूको सहभागिता छ । उपस्थित प्रजिअहरूले […]