गृहमन्त्रीद्वारा सुरक्षा प्रमुखहरूलाई निर्देशन

Machchapuchchre

अर्थ राजनीति  ~  गृहमन्त्री रामबहादुर थापाले सुरक्षा प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । पोखरामा भएको गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै थापाले आगामी राजनीतिक समीकरणका कारण शान्ति सुरक्षामा पर्ने असरप्रति सजग रहन उहाँले सुरक्षा प्रमुखहरूलाई निर्देशन दिनुभएको हो । गोष्ठीमा प्रदेशका ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित चारै सुरक्षा निकायका प्रमुखहरूको सहभागिता छ । उपस्थित प्रजिअहरूले सम्बन्धित जिल्लाको सुरक्षा स्थितिबारे जानकारी गराउँदै शान्ति सुरक्षा मजबुद रहेको जनाएका छन् । गृह मन्त्रालय र गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा आइतबारदेखि सुरु भएको गोष्ठी आगामी सुरक्षा रणनीतिबारे छलफल गर्दै सोमबार सकिनेछ । कार्यक्रममा झण्डै ८० जनाको सहभागिता छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्