‘विद्यार्थीको स्वास्थ्य माथिको खेलवाड बन्द गर’- नेविसंघ

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल विद्यार्थी संघले विद्यार्थीको स्वास्थ्य माथिको खेलवाड बन्द गर्न सरकारसंग माग गरेको छ । संघका अध्यक्ष राजिब ढुंगानाले एक बिज्ञप्ति मार्फत सरकारको लाचारी प्रति रोष प्रकट गर्नुभएको छ । प्रत्येक दिन देशभर संक्रमित संख्या बढीरहँदा समेत सरकारको अकर्मण्यता र लाचारीपुर्ण व्यबहारले विद्यार्थीहरूको स्वास्थ्य र भविष्यमाथी ठुलो खेलवाड भैरहेको संघले जनाएको छ । संघका महामन्त्री बलदेव तिमल्सिनाले विद्यार्थीहरुको संक्रमणकै कारण मृत्युु भैसक्दा समेत सरकार गम्भीर नहुनुले यो सरकार रहुन्जेल सम्म नेपाली नागरिकको बाँच्ने हक सुरक्षित हुन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो’, यो सरकार जनतालाइ राहत होइन आहत दिन उद्यत छ भन्ने कुराको स्वयं सरकारको प्रत्येक गतिविधिले पुष्टि गरेको छ ।’ कोरोना संक्रमणको उच्च जोखिम दिन प्रतिदिन बढीरहेको सन्दर्भमा सबै विद्यालय, बिश्व बिद्यालय, क्याम्पस र शिक्षालय लगायतका शिक्षण संस्थाहरूमा स्वास्थ्य सावधानी र सतर्कताको तत्काल बिशेष ब्यवस्था गर्न नेविसंघले माग गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्