” गृहमन्त्रीउपर संसदीय छानबिन समिति गठन हुनैपर्छ ” : कांग्रेस सभापति देउवा

Artharajniti  ~  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर संसदीय छानबिन समिति गठन हुनै पर्ने बताएका छन् । आज बिहान नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकमा सभापति देउवाले लामिछानेविरुद्ध धेरै प्रमाण भएको भन्दै संसदीय छानबिन हुनुपर्ने बताएका हुन् । ‘रवि लामिछानेविरूद्ध यति धेरै प्रमाण छन् । […]

” देशलाई अहिलेको जटिलताबाट निकाल्नुपर्छ ” : अध्यक्ष ओली

Artharajniti   ~  एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अहिलेको जटिलताबाट निकाल्नुपर्ने बताएका छन् । त्यसका लागि एक भएर जानुको विकल्प नभएको उनको भनाइ छ । ओलीले गण्डकी प्रदेशमा गठबन्धनको सरकार बनाउन निर्णायक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरूसँग छलफल गरेका छन् । चैत २१ गते राप्रपा केन्द्रीय पदाधिकारीको बैठकले एमाले–माओवादीको गठबन्धनलाई समर्थन नगर्ने […]

” प्रचण्डले राजीनामा दिएर नयाँ चुनाव गर्नु उपयुक्त हुन्छ ” : अध्यक्ष भट्टराई

Artharajniti   ~  नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जितेको क्षेत्र गोरखा २ बाट राजीनामा दिनु उपयुक्त हुने टिप्पणी गरेका छन्। २०७९ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा प्रचण्ड गोरखा २ बाट निर्वाचित भएका थिए। त्यसबेला उनी तत्कालीन सत्ता गठबन्धनका दल नेपाली कांग्रेससहितबाट साझा […]

” नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम लागू गर्नुपर्छ ” : प्रधानमन्त्री दाहाल

Artharajniti  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम तयार गरेर लागू गर्नुपर्नेमा जोड दिएका छन्। मध्यपश्‍चिम विश्‍वविद्यालयको १४औँ सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले पाठ्यक्रम पुनःसंरचना, भौतिक एवं मानव संशाधन विकासमा विश्‍वविद्यालयको ध्यान जानुपर्ने बताएका हुन्।  विश्‍वविद्यालयको सम्पूर्ण शैक्षिक क्रियाकलापहरू पूर्वनिर्धारित शैक्षिक पात्रोअनुसार शैक्षिक गतिविधि सञ्‍चालन गर्ने नीति लिनु सुधारको पाटो भएको उल्लेख गर्दै प्रधानमन्त्री […]

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा राजीनामा

Artharajniti   ~  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार बिहान प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष राजीनामा बुझाएका हुन् । माओवादीका सांसदले समर्थन फिर्ता लिएसँगै पाण्डे गत फागुन २३ देखि अल्पमतमा थिए । केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि अल्पमतमा परेका उनले २२ चैतभित्र विश्वासको मत लिनुपर्ने थियो । तर, पाण्डेले विश्वासको मत नलिई राजीनामा […]

कांग्रेस : ” जीबी राई गृहमन्त्री लामिछानेको सम्पर्कमा छन् “

Artharajniti  ~  नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनका लागि सरकारलाई दिएको अल्टिमेटम सकिएको बताएको छ। बुधवार प्रतिनिधि सभाको बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अर्को संसद बैठकअघि गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न समिति नबने संसद चल्न नसक्ने बताए। ‘५० हजार भन्दा बढी सहकारी पीडित नागरिकका तर्फबाट पनि बोलिरहेको छु। आजबाट हाम्रो अल्टिमेटम सकिएको जानकारी गराउँछु,’ शर्माले […]

काठमाडौं महानगरभित्रका विद्यालयलाई बालेनको उर्दी

Artharajniti  ~  काठमाडौं महानगरपालिका भित्र सञ्चालनमा रहेका विद्यालयहरुलाई मेयर बालेन्द्र साहले नयाँ उर्दी जारी गरेका छन् । आज प्रकाशित सूचना अनुसार काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका विद्यालयको नाम नेपालीपन झल्कने राख्न पर्ने भनिएको छ । काठमाडौँ महानगरपालिकाले सात दिनभित्र नेपालीपन झल्कने गरी विद्यालयको नामकरण नगरे भर्ना प्रक्रिया रोक्ने चेतावनी दिएको छ । साथै विद्यालयको मौलिक नामकरणका लागि […]

दुर्गा प्रसाईंको हतियारबारे छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति

Artharajniti  ~  मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हातहतियार राख्ने इजाजत दिएको विषयमा छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति बनाएको छ। बिहीबार छानबिन समिति बनाएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सचिवालयले जानकारी दिएको छ। मन्त्रालयले सहसचिव राजेन्द्रदेव पाण्डेको नेतृत्वमा छानबिन समिति बनाएको छ। मन्त्रालयकै कानुनतर्फका उपसचिव ऋषि पौडेल, प्रहरी उपरीक्षक सन्तोष भट्टराई, गृह मन्त्रालयका उसपसचिव एकदेव अधिकारी […]

” गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो ” : प्रधानमन्त्री दाहाल

Artharajniti   ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दायित्व थपिँदै गएको बताएका छन्।नेपाल निर्माण व्यवसायी महासंघको २५ औं साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायीहरूले सम्झौताबमोजिम काम नगर्दा योजनाका काम समयमै सम्पन्न नभएको बताए।‘राज्यको सीमा र कमजोरीका कारण व्यवसायीले भोग्नुपरेका अप्ठ्यारा र कठिनाइहरूप्रति सरकार गम्भीर छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘तर निर्माण […]

प्रधानमन्त्री दाहालले बोलाए संवैधानिक परिषद्को बैठक

Artharajniti  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। संविधानको धारा २८३ अनुसार संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न बैठक बस्न लागेको हो। प्रधानमन्त्री परिषद्को अध्यक्ष हुने व्यवस्था छ। सदस्यमा प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका विपक्षी दलका नेता र प्रतिनिधि सभाको उपसभामुख रहन्छन्। परिषद्‌मा अध्यक्ष प्रचण्ड, सदस्यहरुमा प्रधानन्यायाधीश […]