किसानलाई दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन

Artharajniti  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दूग्ध विकास संस्थानले दूध खरिद गरेबापत् किसानहरूलाई दिनुपर्ने बक्यौता भुक्तानी तुरून्त दिने व्यवस्था मिलाउन  निर्देशन दिएका छन् । सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा. बेदुराम भुसाल र नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई बोलाएर दूग्ध किसानहरूको दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीले निर्देशन […]

ललिता निवासको जग्गा खाली नगराउन महानगरलाई उच्च अदालतको अन्तरिम आदेश

Artharajniti  ~  ललिता निवासको जग्गा खाली गराउने प्रक्रिया तत्काल अगाडि नबढ्ने भएको छ। काठमाडौं महानगरपालिकाले फागुन ९ गते सूचना निकालेर ७ दिनभित्र खाली गर्न भनेकामा उच्च अदालत पाटनले खाली नगराउन सोमबार अन्तरिम आदेश दिएको छ। महानगरपालिकाले खाली गर्न सूचना निकालेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आइतबार रिट दायर गराएको थियो। त्यो रिटमा सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तमप्रसाद […]

प्रभु बैंकका डेपुटी सीइओ मनोज न्यौपाने पक्राउ

Artharajniti  ~   प्रभु बैंकका डेपुटी सीइओ मनोज न्यौपाने पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले न्यौपानेलाई पक्राउ गरेको हो। सेञ्चुरी कमर्सियल बैंकमा रहँदा प्रवाह भएको ऋण हिनामिना गरेको भेटिएको भन्दै उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बिजमाण्डूलाई जानकारी दिएको छ।उनीसँगै कुल ११ जनालाई उक्त मुद्दामा प्रहरीले पक्राउ गरेको छ। थप एक जनालाई पक्राउ गर्ने […]

रुसले गरेको आक्रमणमा ३१ हजार युक्रेनी सैनिकको मृत्यु : जेलेन्स्की

Artharajniti  ~   भोलोदोमिर जेलेन्स्कीले रुसले गरेको आक्रमणमा ३१ हजार युक्रेनी सैनिक मारिएको बताएका छन् । युक्रेनी राष्ट्रपतिले रुसी सैन्य योजनालाई सहयोग पुग्ने भएकाले घाइतेको संख्या भने नदिने बताएका हुन् । सामान्यतया, युक्रेनी अधिकारीहरूले हताहतको तथ्याङ्क सार्वजनिक गर्दैनन् र अन्य अनुमानहरू धेरै उच्च छन्। रक्षा मन्त्रीले युक्रेनका लागि सबै पश्चिमी सहायताको आधा ढिलाइ भएको प्रतिक्रिया दिएपछि […]

मन्त्रीहरूको राजीनामालाई एजेण्डा बनाउँदै एमालेले आजको संसद् बैठक पनि अवरुद्ध गर्ने

Artharajniti  ~   प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्ने भएको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसङ्‌ख्यामन्त्री मोहन बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयनमन्त्री सुदन किरातीको राजीनामा मागेर एमालेले फागुन ६ गते यताका बैठक अवरुद्ध गर्दै आएको छ। फागुन ६ गते प्रधानमन्त्री पुष्पकमल […]

सरकारले मिटरब्याज पीडितलाई वार्तामा बोलायो

Artharajniti  ~  २३ दिनसम्म पैदल हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितलाई वार्तामा आउन आग्रह गर्दै गृह मन्त्रालयले पत्र पठाएको छ । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहालाई आइतबार पत्र पठाउँदै मन्त्रालयले वार्तामा बोलाएको हो । मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका शाखा अधिकृत चिरञ्जीवी जीएमले हस्ताक्षर गरेको पत्रमा कुशवाहाको नेतृत्वमा मिटरब्याज […]

संसदमा एमालेले आज पनि विवादित मन्त्रीहरुबारे सरकारसँग जवाफ माग्ने

Artharajniti  ~  नेकपा एमालेले आज पनि संसदमा विवादित मन्त्रीहरुबारे सरकारसँग जवाफ माग्ने भएको छ । ‘हामीले विवादित मन्त्रीहरुका सम्बन्धमा सरकारलाई जवाफ दिन आज वा भोलि जहिले समय रोजे पनि हुन्छ भनेका छौं । सरकारको तर्फबाट के हुन्छ त्यो आएको छैन । हामी आज पनि सरकारको जवाफ माग्छौं’ एमालेका सचेतक महेश बर्तौलाले भने । एमालेले भौतिक […]

प्रहरी कल्याणकोषको १२ अर्ब हिनामिना प्रकरण : पूर्व प्रहरीले गरे आन्दोलनको घोषणा

Artharajniti  ~  नेपाल प्रहरीले सञ्चालनमा ल्याएको प्रहरी कल्याण कोषलाई विगतका नेतृत्व मिलेर हिनामिना गरेको भन्दै नेपाल पूर्व प्रहरी संगठनले आन्दोलनको घोषणा गरेको छ । नेपाल प्रहरीको पूर्व नेतृत्वले कल्याण कोषको रकम चरम दुरुपयोग गरेको भन्दै संगठनले शनिबार राजधानीमा तीन बुँदे माग राखेर आन्दोलनको घोषणा गरेको हो ।२०४८ सालमा स्थापना भएको कल्याण कोषमा अहिले जम्माजम्मी ४ […]

प्रतिनिधिसभा बैठक आज बस्दै

Artharajniti  ~  प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक संसद् भवन नयाँबानेश्वरमा  बिहान ११ बजे बस्ने छ । बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । त्यस्तै, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले […]

शाहीको प्रश्न- ” गृहमन्त्री र भौतिक पूर्वाधारमन्त्रीलाई पक्राउ गरेर जेल किन नहालेको ?”

Artharajniti  ~  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई पक्राउ गरेर जेल किन नहालेको भन्ने प्रश्न गरेको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले ६ फागुनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनालाई हत्या भएको भनेर जानकारी गराएकाले मन्त्रीहरूलाई जेल हाल्नुपर्ने बताएका हुन् […]