लामिछानेको चेतावनी : “तुच्छ टिप्पणी गर्नेहरूलाई पार्टीबाट निकालिनेछ “

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्तिमा परेका नागरिकलाई होच्याउने अन्ध समर्थक नचाहिएको बताएका छन् । साथै उनले शोक र पीडामा परेका भुईमान्छेको पक्षमा उभिने र उनीहरूको आँसु पुछ्ने सदस्य चाहिएको बताए । बुधबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।  ‘नागरिकको आक्रोश र चित्कारलाई […]

रास्वपा सभापति रवि लामिछानेले प्रतिनिधिसभामा आज सम्बोधन गर्ने

Artharajniti  ~  प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् । रास्वपाका एक सांसदका अनुसार सभापति लामिछानेले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावितको खोजी, उद्धार, पुनर्स्थापना, राहत वितरण लगायतबारेमा सम्बोधन गर्ने छन् । संसद् बैठक बुधबार दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय […]

कांग्रेसको १५औं महाधिवेशन निर्धारित मितिमै

Artharajniti  ~  काठमाडौं। नेपाली कांग्रेसले १५औं महाधिवेशनका लागि हल बुकिङ गर्न पत्र लेखेको छ। संस्थापनइत्तर पक्षको समानान्तर गतिविधिका कारण कतिपयले महाधिवेशन सर्ने आशंका गरिरहेका बेला कांग्रेसले हल बुक गर्न पत्र लेखेको हो। कांग्रेसले राष्ट्रिय सभागृहलाई ६ दिनसम्म प्रदर्शनी हल, लबी, पार्किङस्थल र बगैंचा उपलब्ध गराइदिन मंगलबार पत्र लेखेको छ। कांग्रेसको महाधिवेशन असोज १६ देखि १९ […]

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा आज राष्ट्रिय शोक

Artharajniti  ~  रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा यही भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ १० गते  भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाको सम्झनामा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो। आज नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास […]

१२ खर्ब ९२ अर्ब केन्द्रीय बैंकमा, ३५ अर्ब थप खिच्दै

Artharajniti ~  वित्तीय प्रणालीमा अधिक तरलता हुँदा राष्ट्र बैंकमा १२ खर्ब  ९२ अर्ब थुप्रिएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको अधिक तरलतालाई निक्षेप संकलन, राष्ट्र बैंक ऋणपत्र तथा स्थायी निक्षेप सुविधा मार्फत खिचेको हो । केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता तथा अल्पकालीन ब्याजदरको अस्वभाविक उतारचढाव व्यवस्थापनका लागि वित्तीय प्रणालीको तरलता खिच्ने वा पठाउने […]

प्रतिनिधिसभा ६ दिनका लागि स्थगित

Artharajniti  ~ काठमाडौँ । प्रतिनिधिसभाको बैठक आगामी ६ दिनका लागि स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले बिहीबारको बैठकपछि सदनको आगामी बैठक भदौ २४ गतेसम्मका लागि स्थगित गरेका हुन् । बिहीबार सिंहदरबारस्थित भवनमा बसेको बैठकमा सांसदहरूले रसुवा, नुवाकोट र धादिङमा बाढीले पुर्‍याएको क्षति, उद्धारमा भएको ढिलासुस्ती, सुरुङमा फसेका श्रमिकहरूको अवस्था र ग्रिन आर्मीको वैधानिकता लगायतका […]

सभापति लामिछानेलाई अमेरिकी विदेशमन्त्री रुबिओको फोन

 Artharajniti  ~  काठमाडौं। अमेरिकी विदेशमन्त्री मार्को रुबिओले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग सोमबार बिहान टेलिफोन संवाद गरेका छन्। संवादका क्रममा रुबिओले भोटेकोशी बाढीमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल र नेपाली जनताप्रति ऐक्यबद्धता जनाएको रास्वपाले जानकारी दिएको छ। रास्वपाका अनुसार रुबिओले बाढी प्रभावितका लागि थप सहयोग गर्न अमेरिका तयार रहेको […]

रसुवा बाढीबारे संसद्‌मा प्रधानमन्त्रीले सम्बोधन गर्ने

Artharajniti  ~  प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । सो बैठकमा प्रधानमन्त्रीले रसुवा बाढीबारे ब्रिफिङ गर्ने तय भएको सभामुख डोलप्रसाद अर्यालको सचिवालयले जनाएको छ ।

नागढुंगामा सडक भासिएपछि खोलियो सुरुङमार्ग

Artharajniti  ~  काठमाडौं, काठमाडौंबाट मुग्लिनतर्फ बाहिरिने सवारी साधनमध्ये पेट्रोलियम पदार्थ बोकेका र दुई पाङ्ग्रे सवारी साधनबाहेक सबैलाई नागढुंगा सुरुङमार्ग खुला गरिएको छ । नागढुंगा पातले वनमा सडक भासिएपछि आवागमन प्रभावित भएको छ । अहिले पेट्रोलियम पदार्थ बोकेका सवारी र मोटरसाइकलहरूलाई भने सोही स्थानबाट एकतर्फी आवतजावतको व्यवस्था मिलाइएको सडक विभागले जनाएको छ । विभागका अनुसार सडक […]

सुनको मूल्य एकै दिनमा प्रति तोला ८ हजार ८०० रुपैयाँले घट्यो

Artharajniti  ~   काठमाडौं। सुनको मूल्य एकैदिन तोलामा ८ हजार ८ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार  सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९७ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ। मंगलबार सुन तोलामा ५ सय रुपैयाँ घटेर प्रति तोला ३ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबार […]