डेढ अर्बको आइपिओ ल्याउन मध्य-भोटेकोसीले पायो अनुमति
अर्थ राजनीति ~ मध्यभोटेकोसी जलविद्युत आयोजनाले आइपिओ निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई डेढ अर्ब रुपैयाँ बराबरको आइपिओ निष्कासनका लागि अनुमति दिएको हो। कम्पनीले १ सय अंकित मूल्यमा सर्वसाधारणलाई १ करोड ५० लाख कित्ता आइपिओ निष्कासन गर्नेछ। कुल सेयरमा २५ प्रतिशत सर्वसाधारणलाई छुट्याइएको हो। सर्वसाधरणलाई १५ र प्रभावित जिल्लाबासीलाई १० प्रतिशत सेयर दिइनेछ। […]
