” कर्जाको सही सदुपयोग नभएको विषयमा अध्ययन भइरहेको छ ” : गभर्नर अधिकारी

अर्थ राजनीति ~  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जाको सही सदुपयोग नभएको विषयहरूमा अध्ययन भइरहेको बताएका छन् । हिजो राष्ट्रिय वाणिज्य बैंकको ५८ औँ वार्षिकोत्सव समारोहमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।  नेपाल राष्ट्र बैंकले ल्याएको नीतिहरूको पालना तथा कार्यान्वयन गर्नका लागि राष्ट्रिय वाणिज्य बैंक अग्र स्थानमा रहेकोमा उनले प्रशंसा समेत गरे । […]

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै

अर्थ राजनीति ~  संघीय संसद अन्तर्गत मंगलबार दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ । प्रतिनिधि सभाको बैठकमा सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरुको नाम हेरफेर गर्ने, नवनिर्वाचित सभामुख र उपसभामुखलाई दलीय आधारमा बधाई एवं शुभकामना प्रदान गरिने कार्यक्रम […]

दुई विकास बैंकले छ महिनामा पारे निराश

अर्थ राजनीति  ~  हाल (माघ १० गते) सम्म १४ वटा विकास बैंकहरुले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । १४ विकास बैंकहरुमध्ये दुई वटा नोक्सानीमा जाँदा ६ वटा विकास बैंकको नाफा बढेको छ भने ६ विकास बैंकको नाफा घटेको छ । दोस्रो त्रैमाससम्ममा मुक्तिनाथ विकास बैंकले ६२ करोड ६२ लाख रुपैयाँ […]

“राष्ट्र बैंकमा हस्तक्षेप हुँदैन, बैंकको ब्याजदर घट्दै गएको छ ” : अर्थमन्त्री पौडेलले

अर्थ राजनीति  ~  उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पछिल्ला दिनहरुमा बैंकको ब्याजदर क्रमशः कम हुँदै जाने संकेतहरु देखिएको बताएका छन् । सोमबार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनलाई सम्बोधन गर्दै उनले बैंकहरुको ब्याजदर कम हुँदै गएकाले यसको तीव्रताका लागि आफूहरु लागेको बताए ।उनले महँगो ब्याजदरलाई सीमाभित्र राख्नुपर्छ […]

“कर्जा लिएर ब्याज तिर्नुको सट्टा आन्दोलन गर्नु गलत ” : गभर्नर अधिकारी

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुबाट कर्जा लिएर कर्जा वा ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अर्थबिहिन  रहेको बताएका छन् । कृषि विकास बैंकको ५६ औं वार्षिक साधरण सभामा गभर्नर अधिकारीले बैंकहरुबाट कर्जा लिने र कर्जा तिर्नुको सट्टा सडकमा उफ्रिएर नतिर्ने गरेको भन्दै संगठित रुपमा बैंकबाट कर्जा लिएर बैंकको कर्जा वा ब्याज […]

कांग्रेसकै कारण सर्वसम्मत राष्ट्रपति चयन हुन सकेनः नेता भट्टराई

अर्थ राजनीति  ~  नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले नेपाली कांग्रेसकै कारण वि.सं. २०७४ सालमा राष्ट्रपति सर्वसम्मत रुपमा हुन नसकेको बताएका छन्। बिहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले वि.सं. २०७२ सालमा संविधान बनेपछि सर्वसम्मत रुपमा राष्ट्रपति चयन हुनुपर्ने भए पनि काँग्रेसकै कारण सर्वसम्मत रूपमा राष्ट्रपति चयन हुन नसकेको बताएका हुन्। उनले कांग्रेस इतिहासमा हेर्ने हो भने […]

बैंकहरुले कारोबार र तरलताको विवरण अनिवार्यरुपमा एआईएस पोर्टलमा राख्नुपर्ने

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८’ संशोधन गरेको छ। एकीकृत निर्देशन संशोधन गर्दै राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाले आफ्नो दैनिक तरलताको अवस्था र अन्तर–बैंक कारोबारको विवरण अनिवार्यरुपमा ‘सुपरिवेक्षकीय सूचना प्रणाली’ (एआइएस) रिपोर्टिङ पोर्टलमा प्रविष्ट गर्न निर्देशन दिएको हो। केन्द्रीय बैंकले निर्देशन जारी गर्दै पुर्वाधार […]

आयल निगमले सरकारलाई बुझायो ८८ करोड फिर्ता

अर्थ राजनीति  ~  नेपाल आयल निगमले नेपाल सरकारलाई ८८ करोड रुपैयाँ बुझाएको छ । सरकारसँग लिएको ऋणको तिर्नुपर्ने पहिलो किस्ताबापत ७० करोड र पुससम्मको ब्याज १८ करोड रुपैयाँ सरकारलाई बुझाएको निगमले जनाएको छ ।२०७९ असार अन्तिम साता बसेको मन्त्रिपरिषद्को बैठकले ऋण तिर्ने सीमा ५ वर्ष राखेर निगमलाई ऋण दिने निर्णय गरेको थियो । वार्षिक ५ […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

अर्थ राजनीति  ~  पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १५ दिनमै त्यही विमानस्थलमा अवतरण गर्ने क्रममा आइतबार आन्तरिक हवाई उडानको सबैभन्दा ठुलो दुर्घटना भयो। ठुलो मानवीय क्षति हुने गरी भएको यो दुर्घटनाले अहिले मुलुक नै शोकमा छ। यती एयरलाइन्सको ९एन एएनसी कल साइनको एटिआर ७२–५०० सिरिजको विमान दुर्घटनामा मुलुकले ५७ जना नागरिक गुमायो भने १५ जना […]

राष्ट्र बैंकले ५ अर्ब २० करोड बराबरको ट्रेजरी बोलकबोल गर्ने

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले मंगलबार (आज) ५ अर्बरुपैयाँ भन्दाबढिको ट्रेजरी बोलकबोल गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको ५ अर्ब २० करोड  रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार ९२ दिन अवधिको ट्रेजरी  २०८० बैशाख ५ गते परिपक्व हुनेछ । ऋणपत्रको बोलकबोल अनलाइनमार्फत दिउँसो २ बजे खुला हुने […]