नेपाल बैंक निक्षेप संकलन र कर्जा प्रवाहमा पहिलो बैंक

अर्थ राजनीति  ~  नेपाल बैंक लिमिटेड निक्षेप संकलन तथा कर्जा बिस्तार बृद्घिमा सबैभन्दा अगाडि देखिएको छ । गत जेठ महिनासम्ममा नेपालका २७ वटा बाणिज्य बैंकहरुमध्य निक्षेप संकलन वृद्घिको आधारमा नेपाल बैंक प्रथम स्थानमा छ भने कर्जा विस्तार वृद्घिको आधारमापनि बैंक पहिलो स्थानमा रहेको छ । जेठ महिनासम्ममा नेपाल बैंकको निक्षेप २५.८५ प्रतिशतले बृद्घि भएको छ […]

बैंकिङ कसुर मुद्दाका फरार घिमिरे पक्राउ

अर्थ राजनीति  ~  बैंकिङ कसुर गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको हलेसी नगरपालिका–६ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३५ वर्षीय उपेन्द्र घिमिरे रहेका छन् । महानगरीय प्रहरी बृत्त जगातीको टोलीले मङ्गलबार घिमिरेलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए […]

आन्तरिक उडानको बन्द फिर्ता, मागबारे मध्याह्न पुनः वार्ता हुने

अर्थ राजनीति  ~  बुधबारदेखि आन्तरिक उडान बन्द हुने घोषणासँगै मंगलबार दिनभर तातेको उड्डयन क्षेत्र सहमतिमा अघि बढेको छ। सरकार र वायुसेवा सञ्चालक संघबीच मध्यरातमा भएको वार्तापछि आन्तरिक उडान नियमित हुने भएको प्रवक्ता योगराज कँडेल शर्माले जानकारी दिए। प्रधानमन्त्री कार्यालयको पहलमा सरकार र संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापासहितको वायुसेवा सञ्चालकहरूको टोलीबीच मंगलबार राति वार्ता भएको थियो। […]

बाहिर बेस भएका कम्पनीलाई काठमाडौंबाट उडान गर्न रोक

अर्थ राजनीति  ~  उपत्यका बाहिर बेस भएका हवाई जहाज र हेलिकोप्टरलाई काठमाडौंबाट उडान गर्न रोकेपछि वायुसेवा संचालकले बुधबारदेखि आन्तरिक उडान ठप्प पार्ने निर्णय गरेका छन्। बैठकमा पूर्व तयारीविना नै नेपाल नागरिक उड्डयन प्राधिकरणले धमाधम उडान रोक्न थालेपछि संघको आकस्मिक बैठकले यो निर्णय गरेको हो। संघका एक पदाधिकारीका अनुसार प्राधिकरणको निर्णयविरुद्ध बुधबारदेखि आन्तरिकतर्फका सबै उडान रोक्ने […]

कामना सेवा विकास बैंकको ८ वटा शाखा कार्यालयमा सार्वजनिक शौचालय

अर्थ राजनीति  ~  कामना सेवा विकास बैंकले काठमाडौँ महानगरपालिका भित्र रहेका ८ वटा शाखा कार्यालयहरूका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिने भएको छ ।  सोमबार बैंकले काठमाडौँ महानगरपालिकसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । नगर कार्यपालिकाको जेठ १६ को निर्णयानुसार सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्याउन गरेको काठमाडौँ महानगरको आह्वान अनुरुप बैंकले आफ्नो ऐक्यबद्धता जनाएको हो […]

माछापुच्छ्रे बैंकको साढे ६ वर्षमा डब्बल धमाका योजना

अर्थ राजनीति  ~  माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकभावहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे स्मार्ट मुद्धती खाता संचालनमा ल्याएको छ । उक्त खाता अन्र्तगत ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुईगुना रकम (डबल रकम) प्राप्त गर्न सक्नुहुनेछ । माछापुच्छ्रे स्मार्ट मुद्धती खाता न्यूनतम रु. ५०,००० मा नै खोल्न सकिनेछ । साथै बैंकले यस खातामा साँवा रकमको […]

ग्लोबल आईएमई र बीओके बिच मर्जरमा जाने सहमति

अर्थ राजनीति   ~  बिहीबार दुई वाणिज्य बैंकहरूले एकआपसमा मर्जरमा जाने सहमति गरे । नेपाल राष्ट्र बैंकले २०७४ मा ल्याएको नीतिअनुसार धेरै बैंकहरू बिग मर्जरमा जान केन्द्रित भए । तर, अहिलेसम्म कुनै पनि मर्जर सफल हुन नसकेको अवस्थामा ग्लोबल आईएमई बैंक र जनता बैंक बिग मर्जरमा जान सफल भए भने बिहीबार फेरि बैंक अफ काठमाण्डूसँग पनि […]

प्रि-ओपनिङमा नेप्से २.२७ अंकले बढेर १९८१.२१ बिन्दुमा

अर्थ राजनीति  ~  शुक्रबारको प्रि-ओपनिङ सेसनमा नेप्से सामान्य अंकले बढेको छ। आज नेप्से २.२७ अंकले बढेर १९८१.२१ बिन्दुमा पुगेको हो। कारोबारमा आएका कम्पनीमध्ये ११ वटाको सेयर मूल्य बढेपछि नेप्से पनि उकालो लागेको हो। आज साढे १० देखि पौने ११ बजेसम्मको १५ मिनेट समयावधिमा कारोबारमा आएका १२ कम्पनीमध्ये ११ को सेयर मूल्य बढेको छ भने एउटाको […]

नबिल र नेपाल बंगलादेश बैंकबीचको मर्जरलाई अर्को सातासम्म स्वीकृति मिल्ने

अर्थ राजनीति  ~ नबिल बैंक र नेपाल(बंगलादेश (एनबी) बैंकबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकले सम्भवतः अर्को सातासम्म स्वीकृति दिने तयारी गरेको छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार दुई बैंकको मर्जरलाई अन्तिम स्वीकृति दिनका लागि सो सम्बन्धी प्रस्ताव सञ्चालक समितिमा लगिने जानकारी दिए । केन्द्रीय बैंकस्थित एक उच्च स्रोतका अनुसार नबिलले नेपाल बंगलादेश बैंकलाई […]

पुरानो कर्जा तिर्न नयाँ ऋण, राष्ट्र बैंकको असन्तुष्टि

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले पुरानो कर्जा नतिरेका ऋणीलाई पनि कर्जा दिएको भन्दै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई सचेत गराएको छ । राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका सम्बन्धमा बैंकका सीईओहरूसँग गरेको अन्तर्क्रियामा राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले पुरानो ऋण नतिरेका ऋणीलाई नयाँ कर्जा […]