राष्ट्रपतिलाई भेटेर उपराष्ट्रपति यादवले लिए स्वास्थ्य अवस्थाबारे जानकारी

अर्थ राजनीति  ~  उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। सोमबार बिहान राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति यादव त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका हुन्। पेट दुख्नेलगायत समस्या देखिएपछि राष्ट्रपति पौडेल  शनिबार अस्पताल भर्ना भएका थिए । यसअघि राष्ट्रपति पौडलेका स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवालगायतले अस्पतालमै […]

“चुनाव केही नेतालाई जसरी पनि सत्तामा पुर्‍याउने भर्‍याङ बन्दैछ ” : डा. भट्टराई

अर्थ राजनीति  ~  नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नेपालमा चुनाव र उपचुनाव नेताहरूलाई जसरी पनि सत्तामा पुर्‍याउने भर्‍याङ बन्न लागेको टिप्पणी गरेका छन्। अध्यक्ष भट्टराईले आज ट्वीट गर्दै चुनाव केही वर्ष र महिनामा अमूक पार्टी र नेतालाई सत्तामा पुर्‍याउने र राज्यदोहनको लाइसेन्स दिने कर्मकाण्ड नभएको बताए। उनले जनताद्वारा जनताका निम्ति जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने […]

कोरोना महामारीयताकै सर्वाधिक पर्यटक भित्रिए

अर्थ राजनीति  ~   सन् २०२३ को मार्चमा ९९ हजार ४२६ जना पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मार्चमा सन् २०२० मा सुरु भएको कोरोना महामारीयताकै सर्वाधिक पर्यटक नेपाल भित्रिएका हुन्। सन् २०२२ को यही महिनामा ४२ हजार छ जना पर्यटक आएका थिए भने सन् २०२१ को मार्चमा १५ हजार २५४ जना […]

तनहुँ, बारा र चितवनमा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी

अर्थ राजनीति  ~  आगामी वैशाख १० गते तनहुँ, बारा र चितवनमा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले तनहुँ–१, बारा–२ र चितवन–२ मा हुने उपनिर्वाचनका लागि सार्वजनिक गरेको कार्यक्रम अनुसार आज चैत २० गते उम्मेदवारी दर्ता गर्न लागिएको हो । निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने […]

सडक पेटीका व्यापारीलाई पनि क्युआर कोड सुविधा

अर्थ राजनीति  ~  आजदेखि भुक्तानीसम्बन्धी कार्य गर्ने स–साना संस्थाका लागि सरलीकृत ग्राहक पहिचान (केवाईसी) लागू भएको छ । एक लाख रुपैयाँसम्मको कारोबार गर्ने स–साना व्यवसायीलाई डिजिटल भुक्तानीमा आवद्ध गराउन राष्ट्र बैंकले नयाँ व्यवस्था ल्याएको हो ।राष्ट्र बैंकको नयाँ व्यवस्थाअनुसार, अब ठेलामा पोलेको मकै बिक्री गर्नेदेखि उखुको जुस बेच्ने जस्ता स–साना कारोबार गर्ने व्यवसायीलाई भुक्तानीसम्बन्धी कार्य […]

मन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्राल सम्हाल्ने

अर्थ राजनीति  ~  उपप्रधान तथा  भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ गृह मन्त्री हुने निश्चित भएको छ । भौतिक मन्त्रालय एकीकृत समाजवादीको भागमा परेपछि श्रेष्ठ उपप्रधानसहित गृह मन्त्री हुने टुङ्गो लागेको हो । गृह मन्त्रालय माओवादी केन्द्रको भागमा परेपछि श्रेष्ठ मन्त्री बन्ने निश्चित भएको श्रेष्ठ निकट एक नेताले बताए । पार्टीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ […]

” मिटरब्याजी पीडितको माग सरकारले पूरा गर्नुपर्छ ” : पूर्वप्रधानमन्त्री खनाल

अर्थ राजनीति  ~  नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याज पीडितको माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् । करिब दुई सातादेखि पैदलयात्रा गरी महोत्तरीबाट काठमाडौँ आएका मिटरब्याजी पीडितलाई भेटेर नेता खनालले उनीहरूको आन्दोलनमा समर्थन गर्दै ऐक्यबद्धता जनाएका छन् । मिटरब्याज पीडितमाथि अन्याय भएको उल्लेख गर्दै उनले मिटरब्याजका नाममा हुने शोषणको अन्त्य […]

” अहिले हाम्रो प्राथमिकता ऋण बिस्तार होइन, रिकभरी हो” : गभर्नर अधिकारी

अर्थ राजनीति  ~  अहिले सिद्धार्थ बैंक थप ऋण दिन नसक्ने अवस्थामा पुगेको छ। बैंकको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) नियामकले तोकेको ९० भन्दा निक्कै कम ८५ प्रतिशत हाराहारीमा छ। २५ प्रतिशतमाथि खुद तरल सम्पति रहेको सिद्धार्थले माग आउँदासमेत ऋण दिन नसक्नुको कारण- नियामकीय प्रावधान हो। सिद्धार्थ मात्र होइन माछापुच्छ्रे, एनआइसी एसियालगायत दर्जन बैंक ऋण बढाउन नसक्ने […]

सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रालय बाँडफाँटबारे छलफल हुने

अर्थ राजनीति  ~  सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । हिजो साँझ विनानिष्कर्ष टुंगिएको बैठक मन्त्रालयको भागबन्डा मिलाउन आज पुनः बस्न लागेको हो । बैठक बिहान ९ बजेका लागि बोलाइएको छ । मंगलबार साँझ बसेको बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल भए पनि कुनै सहमति हुन सकेको थिएन । मन्त्रिपरिषद् विस्तारको निर्णय गर्न बसेको बैठक दलहरूले […]

आज प्रतिनिधि सभा बैठक बस्दै

अर्थ राजनीति  ~  प्रतिनिधि सभा बैठक आज बस्दै छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बुधबार दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ। त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले अभिलेख संरक्षण (पहिलो संसोधन) विधेयक, २०७७ माथि […]