सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रालय बाँडफाँटबारे छलफल हुने

Machchapuchchre

अर्थ राजनीति  ~  सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । हिजो साँझ विनानिष्कर्ष टुंगिएको बैठक मन्त्रालयको भागबन्डा मिलाउन आज पुनः बस्न लागेको हो । बैठक बिहान ९ बजेका लागि बोलाइएको छ । मंगलबार साँझ बसेको बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल भए पनि कुनै सहमति हुन सकेको थिएन । मन्त्रिपरिषद् विस्तारको निर्णय गर्न बसेको बैठक दलहरूले आफ्नो-आफ्नो दाबी नछोड्दा बिनानिष्कर्ष सकिएकाे थियो । हिजोको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेस गरेका थिए । उक्त मस्यौदामा आज छलफल हुने बैठकमा सहभागी नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए । न्यूनतम साझा कार्यक्रममाथि छलफल भएपछि मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने नेता लेखकले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्