“चुनाव केही नेतालाई जसरी पनि सत्तामा पुर्‍याउने भर्‍याङ बन्दैछ ” : डा. भट्टराई

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नेपालमा चुनाव र उपचुनाव नेताहरूलाई जसरी पनि सत्तामा पुर्‍याउने भर्‍याङ बन्न लागेको टिप्पणी गरेका छन्। अध्यक्ष भट्टराईले आज ट्वीट गर्दै चुनाव केही वर्ष र महिनामा अमूक पार्टी र नेतालाई सत्तामा पुर्‍याउने र राज्यदोहनको लाइसेन्स दिने कर्मकाण्ड नभएको बताए। उनले जनताद्वारा जनताका निम्ति जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने पवित्र विधि र अवसर चुनाव भएपनि पछिल्लो समय केही नेतालाई जसरी पनि सत्तामा पुर्‍याउने भर्‍याङ बन्दै गइरहेको र यसलाई रोक्नुपर्ने बताए। आगामी बैशाख १० गते चितवन, तनहुँ र बारामा उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ। मंसिरमा सम्पन्न संघीय निर्वाचनमा पराजय व्यहोरेका अधिकांश व्यक्तिहरु नै उपनिर्वाचनमा पुनः उम्मेदवार बन्दैछन्। भट्टराईको अभिव्यक्ति चुनाव हारेको तीन चार महिनामै फेरि उम्मेदवार बन्न आएकाहरूप्रति लक्षित रहेको बुझ्न सकिन्छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्