उत्पादनमुलक उद्योगमा लगानी केन्द्रीत गर्न उद्योगीलाई अर्थमन्त्रीको आग्रह

अर्थ राजनीति  ~  अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्रले व्यापारमा भन्दा उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न जरुरी भएको बताउनुभएको छ । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले मुलुकको अर्थतन्त्र सुधार गर्नको लागि निजी क्षेत्रले व्यापारमा मात्रै नभइ उद्योग व्यवसायमा लगानी केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको हो । […]

५० लाखसम्मको कर्जामा अग्रिम भुक्तानी गरे शुल्क लिन नपाइने

अर्थ राजनीति  ~  बैंक तथा वित्तीय संस्थाले ५० लाख रुपैयाँसम्मको कुनै पनि कर्जामा अग्रिम भुक्तानी आएमा शुल्क लिन नपाउने भएको छ। यस्ता कर्जा अग्रिम भुक्तानीमा बैंक तथा वित्तीय संस्थाले कुनै शुल्क लिएमा वा लिने जानकारी दिएमा गुनासो दर्ता गर्न नेपाल राष्ट्र बैंक अन्तर्गत वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले आग्रह गरेको छ। सुरूमा बैंककै गुनासो […]

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले पार्टीलाई बुझाए स्पष्टीकरण

अर्थ राजनीति  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले पार्टीलाई स्पष्टीकरण बुझाएका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको विषयमा सांसद श्रेष्ठले पार्टीमा स्पष्टीकरण बुझाएका हुन् । रास्वपाले पार्टीका सांसद श्रेष्ठलाई हिजो २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो । रास्वपाका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले […]

राष्ट्र बैंकले लिएको नीतिमाथि शंका र प्रश्न

अर्थ राजनीति  ~  उच्च ब्याज दर, खस्किँदो लगानीकर्ताको मनोविज्ञान, सिथिल अर्थतन्त्रजस्ता समस्या गहिरिएपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मंगलबार पत्रकार सम्मेलन डाकेका छन्। राष्ट्र बैंकको चालु पुँजी कर्जादेखि ब्याज बढाउने नीतिसम्मले अर्थतन्त्र समस्यामा गएको र बैंकको खराब ऋण बढ्न थालेको आरोप गभर्नर अधिकारीमाथि छ। उनीमाथि आफूलाई नियुक्त गर्ने एमाले सरकारमा आउँदा उदार हुने र […]

सिंहदरबारमा फोहोरको डंगुर

अर्थ राजनीति  ~  मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरबाट तीन दिनयता फोहोर उठ्न सकेको छैन । दैनिक जम्मा हुने झन्डै पाँच टन (सात घनमिटर) फोहोर नउठ्दा त्यहाँ दुर्गन्ध बढ्न थालेको छ । फोहोरमैला व्यवस्थापन संघ नेपालका महासचिव तथा परिवर्तन सेवा प्रालिका अध्यक्ष मित्र घिमिरेका अनुसार महानगरका मेयर बालेन्द्र (बालेन) साहले शुक्रबार साँझ टेलिफोन गरेर शनिबारदेखि […]

सरकारी टोलीसँग मिटर ब्याज पीडितको आज पनि वार्ता हुदै

अर्थ राजनीति  ~  मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पुनः वार्ता हुने भएको छ । गृह मन्त्रालयका सह सचिव प्रदिप कोइरालाको नेतृत्वको सरकारी बार्ता टोली र मिटरब्याज विरुद्ध किसान–मजदुर संघर्ष समितिबीच सोमबार पनि वार्ता हुन लागेको हो । संघर्ष समितिले अघि सारेका मागका बारेमा आइतबार छलफल भए पनि सहमति नभए पछि सोमबार पुनः गर्न […]

“रास्वपा भ्रष्टहरुलाई राख्ने र जोगाउने पार्टी होइन ” : रवि लामिछाने

अर्थ राजनीति  ~  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी भ्रष्टहरुलाई राख्ने र जोगाउने पार्टी नभएको बताएका छन् । आइतबार राति सामाजिक सञ्जालमार्फत सभापति लामिछानेले आफ्नो पार्टीमा पैसाको लेनदेन हुनु त परको कुरा लेनदेनको कुरा मात्र गर्दा पनि आफुहरुले नसहने बताएका छन् । उनले भनेका छन् : ‘ढुक्क हुनुस् रास्वपा भ्रष्टलाई राख्ने, जोगाउने, पाल्ने […]

आज तोलामा ७ सय रुपैयाँले घट्यो सुनको मूल्य

अर्थ राजनीति  ~  सोमबार स्थानीय बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले सस्तिएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ७ सय रुपैयाँले घट्दै १ लाख ९ हजार ३ सय रुपैयाँमा झरेको हो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ७ सय रुपैयाँले नै घट्दै […]

मेयर शाह : बारम्बार गरिएको प्रयास माथिको वेवास्ता, गैरजिम्मेवारीपन र लापरवाहीको नतिजा

अर्थ राजनीति :  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संघीय सरकारले स्थानीय सरकारसँग समन्वय गर्न नचाहेको महसुश भएको बताएका छन्। आफूले ९ महिना कोसिस गर्दा पनि संघीय सरकार र स्थानीय सरकार (काठमाडौं महानगर) बीच समन्वय गर्न नसकेको उनको भनाइ छ। ‘संघीय सरकारले स्थानीय सरकारसँग समन्वय गर्न चाहेको पटक्कै महसुश हुन्न। पटक-पटकको कोसिसपछि ९ महिना पहल गर्दा […]

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

अर्थ राजनीति  ~  संघीय संसद अन्तर्गत सोमबार दुवै सदनको बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे तथा राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘महान्यायधिवक्ताको वार्षिक प्रतिवेदन, आ.व. २०७८/७९’ पेश गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । […]