साल्पासिलिछोका ३८ सामुदायिक विद्यालयमा इन्टरनेट सेवा

अर्थ राजनीति ~  भोजपुर जिल्लाकै दुर्गम मानिने साल्पासिलिछो गाउँपालिकाका ३८ सामुदायिक विद्यालयमा ‘ब्रोडब्याण्ड इन्टरनेट’ सामग्री वितरण थालिएको छ । सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिन इन्टरनेट सेवा विस्तार सुरुआत गरिएको हो । यहाँका ४४ विद्यालयमध्ये पहिलो चरणमा ३८ विद्यालयमा इन्टरनेट विस्तारको काम थालिएकोे गाउँपालिका शिक्षा शाखा प्रमुख थानेश्वर गुरागाईंले जानकारी दिनुभयो । यहाँका छ माध्यमिक […]

समाजवादी मोर्चाको बैठक सुरु

अर्थ राजनीति ~ चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक सुरु भएको छ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेर अघिदेखि सुरु भएको नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा सरकारको कामको समीक्षा, समसामयिक राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल भइरहेको छ । बैठकले मोर्चाका उद्देश्य जनतामाझ लैजान सातै प्रदेशमा […]

कर नबुझाउने १९ करदाताको बैंक खाता र सम्पति रोक्का

अर्थ राजनीति ~ आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साले लामो समयदेखि कर नबुझाउने १९ जना करदाताको बैंक खाता तथा सम्पत्ति रोक्का गरी बक्यौता उठाउने तयारी गरेको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने पर्सा वीरगञ्जस्थित खुसी जनरल स्टोर, सिद्धी विनायक ट्रेडर्स, माँ शक्ति ट्रेडर्स, दिनानाथ ट्रेडर्स, जगदिश एण्ड ब्रदर बडिमेकर, देवेन्द्र तेल उद्योग, डेल्टा […]

विचार : राजनीतिमा युवापुस्ताका पक्षपाती गिरि

अर्थ राजनीति ~ नेपाली राजनीतिमा निष्ठा, आदर्श र बौद्धिक व्यक्तिका रुपमा आफ्नो विशिष्ट छवि बनाउनुभएका प्रदीप गिरि राष्ट्रियरुपमा मात्र नभई अन्तर्राष्ट्रियरुपमा पनि चर्चित हुनुहुन्छ । स्वास्थ्य समस्याका कारण लामो समय अस्पतालमा उपचाररत उहाँको गत वर्ष आजकै दिन निधन भएको थियो । अहिलेको जटिल राजनीतिक परिस्थितिमा गिरिको अनुपस्थिति सबैलाई खट्किएको छ । उहाँको निधनले नेपाली समाजले […]

फरवार्ड माइक्रोफाइनान्सको ५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

अर्थ राजनीति ~ फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर बिक्रीमा ल्याएको हो । यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय दुहबी, सुनसरीमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र […]

अभियान लघुवित्तको नाफा ९६ प्रतिशतभन्दा बढीले घट्यो

अर्थ राजनीति   ~ अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ लाख २८ हजार रूपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद नाफा ९६ प्रतिशतभन्दा बढीले घटेको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले ८७ लाख ११ हजार रूपैयाँ खुद नाफा गरेको थियो । गत वर्ष कम्पनीको […]

प्रभु बैंकको १ लाख ९४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

अर्थ राजनीति ~ प्रभु बैंक लिमिटेडले संस्थापक तर्फको १ लाख ९४ हजार २४१ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि जारी गर्दा वितरण हुन नसकेको उक्त शेयर सर्वसाधारणले समेत खरीद गर्न सक्ने गरी जारी गरेको हो । इच्छुक खरीदकर्ताहरूले आगामी १५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा […]

प्रतिनिधिसभा बैठक बस्दै

अर्थ राजनीति ~ प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने बैठकका लागि संसद् सचिवालयले विभिन्न सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठकको सुरुमा राष्ट्रपति कार्यालयबाट प्राप्त विभिन्न जानकारीहरु दिने कार्यसूचि रहेको छ ।यस्तै, प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यहरुको नाम हेरफेर गर्ने पनि कार्यसूची छ । यसैगरी […]

लुम्बिनी सरकार अझै अपूर्ण, संसदीय समिति पनि नेतृत्वविहीन

अर्थ राजनीति ~ सत्ता साझेदार दलबीच मन्त्रालय भागबन्डामा कुरा नमिल्दा लुम्बिनी प्रदेश सरकारले तीन महिना बित्दा पनि पूर्णता पाउन सकेको छैन । गत वैशाख १४ गते लुम्बिनी प्रदेश सरकारको सत्ता सम्हालेका नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी हालको सात सदस्यीय मन्त्रिपरिषदलाई विस्तार गर्ने तयारीमा छन् । तर आफ्नै पार्टीभित्रका आकांक्षीहरु धेरै भएकाले उनले निर्णय लिन सकेका छैनन् […]

शरणार्थी प्रकरण अघि बढाउने उपत्यका प्रहरी प्रमुख चार महिनामै हटाइए

नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी०हरुको सरुवा भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख श्यामलाल ज्ञवालीसहितका एआईजीहरुलाई सरुवा गरेको हो । ज्ञवालीलाई सरुवा गर्न सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठ समक्ष दबाब दिएका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा उपत्यका अपराध अनुसन्धान […]