इजरायलमा उद्धार आजबाटै, शव केही दिनपछि

Artharajniti  ~  इजरायलमा मारिएका १० जना नेपालीको शव ल्याउन केही ढिलाइ हुने भएको छ । शव छिटो ल्याउन नेपाल सरकारले इजरायल सरकारसँग सहकार्य गरिरहेको भए पनि शव हस्तान्तरणको प्रक्रिया पूरा नभएकाले ढिलाइ हुने भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।परराष्ट्र मन्त्रालयले बुधबार गरेको पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले इजरायल सरकारले शव हस्तान्तरण गरेपछि मात्रै सो […]

दसैंपछि सवा ७ अर्ब रुपैयाँको आईपीओ निष्कासनको स्वीकृति

Artharajniti   ~  दसैंपछि शंकर ग्रुपको जगदम्बा स्टिल्स लिमिटेडसहित कुल पाँचवटा कम्पनीले आईपीओ निष्कासन गर्ने भएका छन्। कम्पनीहरुले ७ अर्ब २५ करोड रुपैयाँको आईपीओ निष्कासनको स्वीकृति माग्दै धितोपत्र बोर्डमा गत साता अघि निवेदन दिएका छन्। जगदम्बा स्टिल्सले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा निवेदन दिएको हो। कम्पनीले ६ अर्ब रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति मागेको छ।  […]

ग्लोबल आइएमई बैंकले ३ अर्ब ३० करोड क्लाइमेट फन्डको ऋण लिँदै

Artharajniti  ~  ग्लोबल आइएमई बैंकले ग्लोबल क्लाइमेट पार्टनरशिप फन्ड (जिसिपिएफ), लक्जम्बर्गबाट ३ अर्ब ३० करोड रुपैयाँ (२५ मिलियन अमेरिकी डलर) ऋण लिने भएको छ। दुई पक्षबीच यससम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरी सम्झौता आदानप्रदान भइसकेको छ। उक्त ऋणले बैंकको कर्जा प्रवाह क्षमतालाई अभिवृद्धि गर्नुका साथै बैंकलाई ऊर्जा दक्षता प्रवर्द्धन गर्न तथा नवीकरणीय ऊर्जा परियोजनाहरूमा वित्तीय सहायता […]

इजिप्ट बोर्डरमा रहेका ७६ नेपाली विद्यार्थी उद्धारको पर्खाइमा

Artharajniti  ~  इजरायलमा प्यालेस्टाइनी हमास समूहको आक्रमणपछि जोखिम क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित स्थानमा सारिएका बेला थप ७६ नेपाली विद्यार्थी इजरायल र इजिप्टको बोर्डरमा उद्धारको प्रतीक्षामा रहेका छन् । नेपाल सरकारले धेरै नेपालीलाई सुरक्षित स्थानमा सारिएको भनिरहेका बेला आफूहरू भने इजरायल–इजिप्टको बोर्डरमा अलपत्र अवस्थामा रहेको सुरज भण्डारीले जानकारी दिए । ‘अहिले हामी करिब ७६ नेपाली विद्यार्थी […]

स्थानीय तहका कर्मचारी १० दिनदेखि आन्दोलनमा: सेवा प्रभावित, सरकार मौन

Artharajniti  ~  एकीकृत निजमती ऐन जारी गर्नुपर्नेलगायत माग राख्दै स्थानीय तहका कर्मचारी १० दिनदेखि आन्दोलनमा रहँदासमेत सरकारले बेवास्ता गर्दै आएको छ । काठमाडौंको माइतीघर मण्डलामा आन्दोलन गरिरहेका कर्मचारीको माग सम्बोधन नहुँदा स्थानीय तहको सेवा प्रभावित भएको छ । संघीयता विज्ञ खिमलाल देवकोटाले सरकारले आन्दोलनरत् कर्मचारीलाई बार्तामा बोलाई समाधान खोज्नुपर्ने बताए । उनले स्थानीय तहको माग […]

“दिगो विकासका लक्ष्यहरु पूरा गर्न सरकारले ऐन कानून सुधार गर्न आवश्यक छ “: अध्यक्ष ढकाल

Artharajniti  ~  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो विकासका लक्ष्यहरु पूरा गर्न सरकारले ऐन कानून र नीतिहरु सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ । मंगलवार महासंघ र राष्ट्रिय योजना आयोगको संयुक्त आयोजनामा भएको दिगो विकासका लक्ष्य कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा दिगो विकासका लक्ष्यहरु पूरा गर्ने निजी क्षेत्रको […]

आजको सुनचाँदीको मूल्य

Artharajniti ~  आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ८ हजार ९ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने ५ […]

कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने

Artharajniti  ~  नेपाली कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन पहल गर्ने भएको छ । आज बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने सहमति भएको हो । कांग्रेस सहमहामन्त्री महेन्द्र यादवका अनुसार कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने कुरा भएको छ ।

दश नेपालीको मृत्युमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

Artharajniti  ~  इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी १० नेपालीको मृत्यु भएपछि सरकारले आजका लागि राष्ट्रिय शोकको घोषणा गरेको छ । मन्त्रिपरिषद् बैठकले मंगलबार एक दिन राष्ट्रिय शोकको घोषणा गरेको हो । आज देशभरका सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सरकारको प्रवक्ता […]

जिल्ला अदालत काठमाडौंमा आजबाट पारिवारिक इजलास शुरु

Artharajniti  ~  जिल्ला अदालत काठमाडौंमा आजबाट पारिवारिक इजलास शुरु भएको छ । सोमवार बिहान पारिवारिक इजलासको शुभारम्भ गर्दै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले प्रधानन्यायाधीश बन्दै गर्दा गरेका वाचाहरु पूरा गरेकोमा खुशी लागेको बताउनुभएको हो । उहाँले पारिवारिक इजलासले महिलावादी मुद्दा, महिलावादी अंश मुद्दा, नाताका मुद्दा, घरेलु हिंसा सम्बन्धी मुद्दा र बालबालिकाका हीत, सरोकार र हेरचाह सम्बन्धी जोडिएका […]