मुक्तिनाथ विकास बैंकको १३ औं वार्षिक उत्सव, डिजिटल माध्यमद्धारा १८ वटा शाखा उद्घाटन !

काठमाडौं । मुक्तिनाथ विकास बैंकले १३ औं वर्ष पार गरी १४ औं वर्षमा प्रवेश गरेको अवसरमा १८ वटा शाखा विस्तार गरेको छ । वार्षिक उत्सवको अवसरमा बैंकले डिजिटल माध्यमद्धारा एकैसाथ १८ वटा शाखाको केन्द्रीय कार्यालयबाटै उद्घाटन गरेको हो । काठमाडौंको बत्तिसपुतली, ललितपुरको भैंसेपाटी, नुवाकोटको बट्टार, कास्कीको नदीपुर र बेगनासताल, तनँहुको आँबुखैरेनी, लमजुङ्गको बेसीशहर, चितवनको टाँडी, […]

नबिल बैंक र आईसीआईसीआई बैंकबीच सम्झौता, व्यवसायिक सम्बन्ध थप बलियो हुने

काठमाडौं । नबिल बैंक र भारतीय निजी क्षेत्रको अग्रणी वित्तीय संस्था ‘आईसीआईसीआई बैंक’ बिच समझदारीपत्रमा हस्तारक्षर (एमओयू) भएको छ । नबिल बैंकका सिईओ अनिल केशरी शाह र आईसीआईसीआई बैंकका इन्टरनेशनल फाइनान्सियल इन्स्टिच्युशन ग्रुप प्रमुख रञ्जु सिगटियाले समझदारीपत्रमा हस्तारक्षर गरेका हुन् । यो सम्झौताले दुई संस्था बिच सहकार्य तथा व्यापार, विप्रेषण (रेमिट्यान्स), ट्रेजरी (कोष) लगायत विद्यमान […]

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको सम्मान तथा बिदाइ कार्यक्रम !

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कर्मचारी संघले स्थापना, विकास, विस्तार तथा गरिमा वृद्धिमा उच्च योगदान गर्ने बैंकको सेवाबाट निवृत्त भएका कर्मचारी संघका ६७ जना पूर्व पदाधिकारीहरुलाई दोसल्ला तथा सम्मानपत्र सहित सम्मान तथा बिदाइ गरेकोे हो । पेशागत महासंघ नेपालका अध्यक्ष एवं नेकपाका केन्द्रीय सदस्य विश्वनाथ प्याकुरेलको […]

सनराइज बैंकले भक्तपुरका घरेलु तथा साना उद्योगमा लगानी फोकस गर्ने

काठमाडौं । सनराइज बैंकले भक्तपुरका घरेलु तथा साना उद्योगमा कर्जा लगानी फोकस गर्ने भएको छ । त्यसका लागि बैंकले भक्तपुर घरेलु तथा साना उद्योग संघसँग सहकार्य गर्ने सम्झौता गरेको छ । बैंकले मुलुकभित्र नै रोजगार सृजना गरि आर्थिक उन्नति गर्ने नेपाल सरकारको नीति तथा केन्द्रीय बैंकको निर्देशन बमोजिम उक्त संघसँग सम्झौता गरेको हो । उक्त […]

नेपाल भ्रमण वर्षको उद्घाटन कार्यक्रममा सहभागी हुन पर्यटनमन्त्री भट्टराई अष्ट्रेलिया प्रस्थान

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रममा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई अष्ट्रेलिया प्रस्थान गरेका छन् । यही पुस २२ गते अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने भ्रमण वर्षको उद्घाटनका लागि पर्यटनमन्त्री गएराति त्यसतर्फ गएको पर्यटन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिए । पुस २२ तारिखका दिन विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको […]

राष्ट्रिय सभा निर्वाचन – नेकपा प्रवक्ता श्रेष्ठले गरे उम्मेदवारी दर्ता

पोखरा । राष्ट्रिय सभा निर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । गण्डकी प्रदेशको निर्वाचनका कार्यालय पोखरामा पुगेर प्रवक्ता श्रेष्ठले आइतबार मध्याह्न उम्मेदवारी दर्ता गरेका हुन् । उनले अन्यबाट उम्मेदवारी दर्ता गरेका हुन् । उनीसँगै महिला समूहबाट भगवती न्यौपानेले पनि उम्मेदवारी दर्ता गराएकी छन्। श्रेष्ठकाे प्रस्तावकमा नेकपा केन्द्रीय […]

सातै प्रदेशमा नेपाल बैंकले विभिन्न पदको लागि जागिर खुलायो, +2 देखि स्नाताक्सम्मले फारम भर्न मिल्ने

नेपाल बैंकले सातैवटा परदेशमा विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ। बैंकले +2 पास गरेको देखि स्नातक सम्मको शैक्षिक योग्यता भएकाले मात्र फारम भर्न मिल्ने गरी  विभिन्न पदमा दरखास्त आव्हान गरेको हो ।इच्छुक तथा योग्यता पुगेका आवेदकले  आवेदन दिन सक्ने बैंकले जनाएको छ।  

एटिम बाट अब दैनिक रु.१ लाख सम्म झिक्न पाइने

नेपाल राष्ट्र बैंकले एटीएम मेसिनबाट अब दैनिकी एक लाख रुपैयाँसम्म निकाल्न मिल्ने भएको जानकारी दिएको छ । अब ग्राहकले एटिमबाट एक दिनमा १ लाख र प्रतिकारोबार २५,०००/- रुपैया झिक्न पाउने भएका छन् । गएको भदौसम्म पनि एटीएमबाट दिनमा एक लाख रुपैयाँ ग्राहकले झिकी रहेका नै थिए । तर चिनियाँ नागरिकले एटिम ह्याक गरि र  नक्कली […]

गृहमन्त्री थापा चीन भ्रमणका लागि प्रस्थान

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा चीन भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । मित्रराष्ट्र चीनको निमन्त्रणामा ६ दिने भ्रमणका लागि बादल त्यसतर्फ प्रस्थान गरेका हुन् । सरकारले यसअघि प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको चीन भ्रमण अस्वीकृत गरेको थियो । नेपालमा अपराधिक गतिबिधिमा संलग्न रहेको आशंकामा ठूलो संख्यामा चिनियाँ नागरिक पक्राउ परेका बेला गृहमन्त्रीको चीन भ्रमणलाई महत्वका […]

सकियो नेकपाको सचिवालय बैठक, के-के भए निर्णय ?

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक सरेको छ । आइतबार बिहान बसेको नेकपा सचिवालय बैठकले पुस २३ का लागि तय केन्द्रीय समिति बैठक माघ १५ देखि बस्ने निर्णय गरेको हो । राष्ट्रियसभाको निर्वाचन तयारीमा जुट्नुपर्ने भएकाले केन्द्रीय समितिको बैठक केही दिन पछि सारिएको नेकपा केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले […]