उपसभामुखबाट राजीनामा दिन अस्वीकार गरेकी शिवमाया बालुवाटार पुगिन

काठमाडौं । नेकपाका शीर्ष नेताले बोलाएपछि उपसभामुख शिवमाया तुम्बाहाङ्फे बालुवाटार पुगेकी छन् । शनिबारको नेकपा सचिवालय बैठकले उपसभामुखको पदबाट राजीनामा दिन लगाएपछि उनले अस्वीकार गरेकी थिइन् । त्यसपछि आइतबार बिहान नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा छलफल गरेका थिए । छलफलपछि उनलाई बालुवाटार बोलाइएको नेकपा स्रोतले जनाएको छ । उनी बालुवाटर पुग्दा […]

नेपाल बैंकको २५ प्रतिशत लाभांस पारित !

काठमाडौँ । नेपाल बैंक लिमिटेडको ६०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सभाले सञ्चालक समितिले प्रस्ताव गरेको २५ प्रतिशत बोनस पारित गरेको छ । बैंकको पुस २५ गते शुक्रबार सम्पन्न सभाले ९ अर्ब ८१ करोड रूपैयाँको १५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश अनुमोदन गरेको हो । सभाले […]

आज पृथ्वी जयन्ती, यी ठाउँमा छ सार्वजनिक विदा

काठमाडौं । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आज पृथ्वी जयन्ती मनाइँदै छ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा […]

उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा गराउने नेकपाको निर्णय

काठमाडौं ।सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेको राजीनामा माग्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको बैठकले उपसभामुख तुम्बाहाङ्फेको राजीनामा माग्ने निर्णय गरेका हुन् । सभामुख पदमा नेकपाबाट उम्मेदवारी दिनका लागि तुम्बाहाङफेको राजीनामा माग गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘नेकपाको तर्फबाट रिक्त सभामुख पदका लागि […]

सुचना प्रविधि विधेयक खारेज गर्न क्रान्तिकारी पत्रकार महासंघको माग

काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघले एक वक्तव्य जारी गरि डप्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी सुचना तथा प्रविधि विधेयक खारेज गर्न माग गरेको छ । महासंघका अध्यक्ष इन्द्र राउतले शनिबार एक वक्तव्य जारी सुचना तथा प्रविधि विधेयक खारेजीको माग गरेका हुन् । उनले जारी गरेको वक्तव्यमा भनिएको छ, “सुचना तथा प्रविधि विधेयकभित्रका अधिकांश दफा तथा प्रावधानहरुले प्रेस […]

कांग्रेसको आरोप – सरकारले सीजी कम्युनिकेसनमाथि प्रतिशोधपूर्ण व्यवहार गर्‍यो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीका सांसद विनोद चौधरीको सीजी कम्युनिकेसनमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाएको छ । सम्पूर्ण प्रक्रिया पूरा गरेको र कुनै वक्यौता नरहेको औद्योगिक घरानाप्रति सरकारले गरेको व्यवहारलाई पार्टीले दुःखद् रुपमा लिएको प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै उल्लेख गरेका छन् । ‘सरकारले नै गत वर्ष आयोजना गरेको लगानी […]

भोलि विप्लव पनि नेकपामा आउनुपर्छ – प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्र विक्रम चन्द विप्लवलाई पार्टी आउन ढिलाई नगर्न आग्रह गरेका छन् । विप्लव नेतृत्वको नेकपाका नेता मोहन कार्की जीवन्तलगायतलाई नेकपा प्रवेश गराउँदै उनले अरु नेताहरुलाई आउन आग्रह गरेका हुन् । ‘भोलि स्वयम विप्लव पनि आउनुपर्छ । आउन ढिला गर्नुभयो भने त्यसले उहाँलाई पनि फाइदा […]

प्रदेश नम्बर तीनको राजधानी र नामबारे निर्णय भएन, भोलि मतदान

हेटौंडा । प्रदेश नम्बर–३ को प्रदेश सभाले आजपनि प्रदेशको नाम र राजधानीबारे टुंगो लगाउन सकेन । शनिवार (आज) बसेको प्रदेश सभा बैठकमा प्रदेशको नाम र राजधानीका विषयमा छलफलपछि बैठक स्थगित भएको हो । बैठक आइतवार विहान ९ बजेका लागि बोलाइएको छ । आइतवारको बैठकमा प्रदेशको नाम र राजधानीका विषयमा मतदान हुनेछ । प्रदेश नं ३ को […]

अमेरिकी राष्ट्रपति ट्रम्पको शक्ति सीमित पार्ने प्रस्ताव अमेरिकी संसद्‌बाट स्वीकृत

काठमाडौं । इरानसँग तनाव चलिरहेका बेला राष्ट्रपति अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई आफ्नै देशमा ठुलो झट्का लागेको छ । अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टटिभ्सले राष्ट्रपति डोनल्ड ट्रम्पसँग भएको इरानसित युद्ध शुरु गर्ने अधिकार सीमित पारिदिने प्रतिकात्मक प्रस्ताव स्वीकृत गरेको छ । डेमोक्रयाटिक पार्टीको बहुमत भएको संसद्‌मा यो प्रस्ताव २२४–१९४ मतले पारित भएको हो । रिपब्लिकन […]

व्यवसायको नाममा अपराध गर्नेले छुट पाउदैन – अर्थमन्त्री खतिवडा

वीरगञ्ज । अर्थमन्त्री डा. युवराज खतिवडाले व्यवसायीलाई पक्राउ गरेर राजश्व उठ्ला र व्यवसाय सुध्रेला भन्नेमा सरकार नरहेको बताएका छन् । तर, व्यवसायको नाममा अपराध गर्नेले भने छुट नपाउने उनले बताए । वीरगञ्ज उद्योग वाणिज्य संघको ४४ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले व्यवसायीलाई विश्वासमा लिएर सरकार अघि बढ्न चाहेको बताए । अपराध गरेमा आफू पनि […]