सभामुख चयनमा दुई अध्यक्ष सहमति नजिक, आज निर्णायक छलफल हुँदै

काठमाडौं । सभामुख चयनको विषयमा प्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिचको छलफल सकरात्मक बन्दै गएको छ। दुई अध्यक्षबिच आज शुक्रबार निर्णायक छलफल हुने नेताहरुको दावी छ । यद्धपि छलफलको समय भने तय भइसकेको छैन। दुई अध्यक्षबीच बिहीबार भएको छलफल सकरात्मक दिशामा गएको नेताहरुले बताएका छन् […]

कांग्रेस संसदीय दलको बैठक आज बस्दै, सभामुख चयनको अन्यौलताबारे छलफल हुने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । कांग्रेस संसदीय दलको कार्यालयमा दिउँसो साढे १ बजे बस्ने बैठकमा सभामुख चयनमा देखिएको अन्यौलताबारे छलफल हुने प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए । कांग्रेसले सभामुख चयनको विषयलाई लिएर सत्तारुढ नेकपाले संसदलाई बन्धक बनाएको भन्दै रोष प्रकट गर्दै आइरहेको छ । सत्तारुढ नेकपाले सभामुखको उम्मेदवार […]

अमेरिकी सिनेटमा ट्रम्पविरुद्धको महाभियोग प्रक्रिया औपचारिक रूपमा शुरू

एजेन्सी । अमेरिकी संसद्‌को माथिल्लो सदन सिनेटमा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगसम्बन्धी प्रक्रिया औपचारिक रूपमा शुरू भएको छ। ट्रम्प विरुद्धका आरोपहरू सिनेटमा पढेर सुनाइएको छ भने सुनुवाइ प्रक्रियामा सहभागी हुने सबै सय जना सिनेटरहरूलाई शपथ दिलाइएको छ। प्रमुख अभियोजनकर्ता एड्म स्किफले अहिलेसम्म कुनै पनि राष्ट्रपतिले महाभियोगसम्बन्धी छानबिनलाई प्रक्रियागत रूपमा अवरोध पुर्‍याउन नभनेको बताए। ट्रम्पमाथि आफ्ना राजनीतिक प्रतिद्वन्द्वी […]

संसद्को गतिरोध चाँडै हट्छ – अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षालयको रुपमा विकास गर्नुपर्ने बताएका छन् । पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा अवस्थित पशुपति माविको स्वर्ण महोत्सव समान समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले एक स्थानीय तह एक प्राविधिक शिक्षालय स्थापना गर्न आवश्यक रहेको बताए । अध्यक्ष तिमिल्सिनाले सङ्घीय संसद्मा देखिएको गतिरोध चाँडै हट्ने, दलीय सहमतिबाट टुङ्गिने सभामुखको चयन […]

राप्रपाको केन्द्रीय कार्य समिति बैठक माघ १७ गतेदेखि बस्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्य समितिको पूर्ण बैठक आगामी माघ १७ गतेदेखि काठमाडौंमा बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको भावी कार्यनीति र कार्यक्रम तय गरिनुका साथै आगामी जेठ महिनामा हुने पार्टीको केन्द्रीय महाधिवेशनको तयारी सम्बन्धमा घनिभूत छलफल हुने पार्टी कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रत्येक तीन […]

ज्योति विकास बैंकको प्रमुख भुक्तानी साझेदारमा जीएमई रेमिट नियुक्त !

काठमाडौं । ज्योति विकास बैंक अन्तर्गतको ज्योति रेमिटको प्रमुख भुक्तानी साझेदारको रुपमा जीएमई रेमिट नियुक्त भएको छ। रेमिट सेवालाई ग्राहकको लागि अझ सहज बनाउने हेतुको साथ ज्योति विकास बैंकले उक्त साझेदारी गरेको छ। सम्झौतापत्रमा ज्योति विकास बैंककातर्फबाट बैंकका नायब महाप्रबन्धक सुशीलकुमार शर्मा तथा जीएमई रेमिटकोतर्फबाट जीएमई रेमिटका सिओओ प्रमोदसिंह बस्नेतले हस्ताक्षर गरेका हुन् । यस […]

नबिल बैंकले खाेल्याे एकैसाथ २३ वटा नयाँ शाखा, कहाँ-कहाँ पुग्यो सेवा ?

काठमाडौं । नबिल बैंकले नेपालको विभिन्न २३ स्थानमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्दै जाने उद्देश्यले नेपालको विभिन्न ५ वटा प्रदेशमा उक्त संख्यामा शाखा खोली सञ्जाल बढाएको हो । बैंकले नेपालको प्रदेश १, प्रदेश २, प्रदेश ३, प्रदेश ४ र प्रदेश ५ मा गरी पाँच वटा प्रदेशको विभिन्न स्थानमा […]

सर्वोच्चले लगायो यस्ता चार किसिमका सूचनामाथि प्रतिबन्ध

काठमाडौं । सर्वोच्च अदालतले चार किसिमका सूचनामाथि प्रतिबन्ध लगाएको छ । न्यायपालिकाको सूचना तथा संचार नीति २०७६ जारी गर्दै चार किसिमको सूचना उलब्ध नगराउने नीति अख्तियार गरेको बताइएको छ । संवेदनशील सूचनाको वर्गीकरण गर्दै सूचना दिन बाध्य  नहुने व्यवस्थासहित सूचना तथा संचार नीति लागू गरिएको सर्वोच्च अदालतले जनाएको छ । यसका साथै समाचार संकलनका लागि […]

कुमारी बैंकमा देवः विकास बैंक गाभिने समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । कुमारी बैंक लिमिटेडले राष्ट्रियस्तरको ‘ख’ वर्गको देव विकास बैंक लिमिटेडलाई प्राप्ती गर्ने भएको छ । बुधबार नागपोखरीस्थित काठमाडौं मेरिओट होटेलमा सम्पन्न एक समारोहबीच उक्त प्राप्तीको (अक्विजिसन) औपचारिक हस्ताक्षर सम्पन्न भएकोे हो । उक्त प्राप्तिका लागि समझदारीपत्रमा (एमोयू) कुमारी बैंक लिमिटेड र देव विकास बैंक लिमिटेडका तर्फबाट बैंकका संचालक समितिका सदस्य एवं मर्जर समितिका संयोजकद्वय […]

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग लाग्ने पक्का

काठमाडौं । अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेनटेटिभ्सलबाट माथिल्लो सदन सिनेटमा महाअभियोग सम्बन्धी आरोप पठाउने प्रस्ताब पारीत गरे पछि राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध महाअभियोग लाग्ने पक्का भएको छ । महाअभियोग पत्रमा सभामुख न्यान्सी पेलोसीले हस्ताक्षर गरेको महाअभियोगपत्रमा सिनेटमा पठाउने प्रस्तावको पक्षमा दुई सय २८ मत खसेको थियो भने विपक्षमा एक सय ९३ मत परेको थियो […]