संसद्को गतिरोध चाँडै हट्छ – अध्यक्ष तिमिल्सिना

Machchapuchchre

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षालयको रुपमा विकास गर्नुपर्ने बताएका छन् । पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा अवस्थित पशुपति माविको स्वर्ण महोत्सव समान समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले एक स्थानीय तह एक प्राविधिक शिक्षालय स्थापना गर्न आवश्यक रहेको बताए ।

अध्यक्ष तिमिल्सिनाले सङ्घीय संसद्मा देखिएको गतिरोध चाँडै हट्ने, दलीय सहमतिबाट टुङ्गिने सभामुखको चयन प्रक्रियाले चाँडै पूर्णता पाउने र रोकिएका विधेयक छिट्टै टुङ्गो लाग्ने बताए । नेकपाका केन्द्रीय सदस्य गुप्त हमालले मुलुक विकास र समृद्धिको दिशामा अघि बढेको बताउँदै अब ढुक्क भएर काम गर्नुपर्ने बेला आएको बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्