राप्रपाको केन्द्रीय कार्य समिति बैठक माघ १७ गतेदेखि बस्ने

Machchapuchchre

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्य समितिको पूर्ण बैठक आगामी माघ १७ गतेदेखि काठमाडौंमा बस्ने भएको छ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको भावी कार्यनीति र कार्यक्रम तय गरिनुका साथै आगामी जेठ महिनामा हुने पार्टीको केन्द्रीय महाधिवेशनको तयारी सम्बन्धमा घनिभूत छलफल हुने पार्टी कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रत्येक तीन महिनामा बस्ने केन्द्रीय समितिको बैठकमा अध्यक्ष कमल थापाले समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने विज्ञप्तिमा जनाइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्