कांग्रेस संसदीय दलको बैठक आज बस्दै, सभामुख चयनको अन्यौलताबारे छलफल हुने

Machchapuchchre

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । कांग्रेस संसदीय दलको कार्यालयमा दिउँसो साढे १ बजे बस्ने बैठकमा सभामुख चयनमा देखिएको अन्यौलताबारे छलफल हुने प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।

कांग्रेसले सभामुख चयनको विषयलाई लिएर सत्तारुढ नेकपाले संसदलाई बन्धक बनाएको भन्दै रोष प्रकट गर्दै आइरहेको छ । सत्तारुढ नेकपाले सभामुखको उम्मेदवार छनोट गर्न नसक्दा तीन पटक प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित भएको छ। यसबारेमा छलफल गर्नका लागि कांग्रेसले शुक्रबार संसदीय दलको बैठक आह्वान गरेको छ।

सभामुख चयनमा देखिएको विवादका कारण संसद बन्धक भएको बारे छलफल गर्न संसदीय दलको बैठक आह्वान गरिएको खाँणले बताए। संसद् चल्न नसक्दा जनप्रतिनिधिले जनताको आवाजलाई सदनमा राख्न नसकेको भन्दै उनले संसद यथाशीघ्र चाँडो सञ्चालन गर्नका लागि प्रतिपक्षको भूमिकाबारे छलफल गर्न बैठक बोलाएको उनले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्